Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • विसं २०७८ लाई फर्केर हेर्दा : कोरोना रोकथामका लागि खोप उपलब्धतामा नेपालको उत्साहजनक प्रगति
विसं २०७८ लाई फर्केर हेर्दा : कोरोना रोकथामका लागि खोप उपलब्धतामा नेपालको उत्साहजनक प्रगति
नेपालकागज
नेपालकागज शुक्रबार, वैशाख २, २०७९

काठमाडौँ । खोप र भौतिक पूर्वाधारका दृष्टिकोणले २०७८ साल उत्साहजनक रह्यो । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि खोप उपलब्धतामा नेपालले उत्साहजनक प्रगति हासिल गरेको हो । 

कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका बीचमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप र सङ्क्रमण न्यूनीकरणका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति गरेको देखिन्छ । विसं २०७८ मा नै कोरोना भाइरस सङ्क्रमणको दोस्रो र तेस्रो लहर व्यहोर्नुप¥यो । 

कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि चुनौती थपिए पनि स्वास्थ्यकर्मीको अथक प्रयासले ठूलो क्षति हुन पाएन । दोस्रो लहरका बेला बनेका स्वास्थ्य संरचना र स्वास्थ्यकर्मीको सहयोगले तेस्रो लहरलाई सजिलै पराजित गर्न सफल भएको बताइएको छ । 

स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले २०७८ साल मन्त्रालयका लागि चुनौती र अवसरको वर्षका रुपमा रहेको बताउनुभयो । “महामारीको दोस्रो र तेस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि हामीले ठूलो चुनौतीको सामना गर्नुपरेको थियो”, उहाँले भन्नुभयो, “तर हामीले हाम्रा स्वास्थ्यकर्मीको अथक प्रयासले दुवै लहरलाई नियन्त्रणमा लियौँ ।” उहाँले कोभिड–१९ को खोप प्रायः सबै नागरिकलाई लगायौँ र स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधारको विकासमा उल्लेखनीय प्रगति भएको बताउनुभयो । 

विसं २०७८ वैशाख १ गते कोरोना भाइरस सङ्क्रमण विरुद्धको खोप १८ लाख ७३ हजार ३७७ मात्रा लगाएको थियो भने २०७९ वैशाख १ गते चार करोड पाँच लाख १६ हजार २७९ मात्रा खोप लगाइएको मन्त्रालयले जनाएको छ । 

विसं २०७८ मा मात्र तीन करोड ८६ लाख ४२ हजार ९०२ मात्रा खोप लगाइएको छ भने २०७८ सालमा पाँच करोड एक लाख ३३ हजार ५७० मात्रा खोप प्राप्त भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार, विसं २०७७ माघ १२ गतेदेखि नेपालमा कोरोना भाइरस सङ्क्रमण विरुद्धको खोप लगाउन थालिएको हो । अहिलेसम्म नेपालमा पाँच करोड ३३ लाख ८१ हजार ५७० मात्रा खोप आएको छ । नेपालमा कोभ्याक्स सुविधा, अनुदान र खरिद गरी खोप ल्याइएको छ । नेपालमा १२ वर्षदेखि माथिका सबैलाई खोप अभियान सञ्चालन गरिएको छ । 

अहिलेसम्म लक्षित जनसङ्ख्या (१८ वर्षभन्दामाथि) को ९४ प्रतिशतले पहिलो मात्रा र ८३.१ प्रतिशतले पूर्ण मात्रा खोप तथा कूल जनसङ्ख्याको ७५.९ प्रतिशतले पहिलो मात्रा र ६६.३ प्रतिशतले पूर्ण मात्राको खोप लगाएको छ । वैशाख महिनाभित्र लक्षित सबै नागरिकलाई खोप लगाइ सक्ने मन्त्रालयले जनाएको छ । 

यस्तै १२ वर्षदेखि १७ वर्ष उमेर समूहका ९२ प्रतिशतले पहिलो मात्रा र ७५ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले २०७८ साल स्वास्थ्य क्षेत्रमा देखिएको चुनौतीलाई अवसरमा बदल्ने काम भएको बताउनुभयो । 

उहाँले २०७८ जस्तो भौतिक प्रगति कहिल्यै नै नभएको बताउनुभयो । “महामारीले स्वास्थ्य क्षेत्रको विकासमा ठूलो परिवर्तन ल्यायो”, उहाँले भन्नुभयो, “आधारभूत अस्पताल निर्माणदेखि श्यया, अक्सिजन प्लाट निर्माण गर्ने अवसर प्राप्त भयो ।”

कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि सरकारले नै स्थानीय तहमा पाँच, १० र १५ श्ययाका अस्पताल निर्माणको सुरुआत गरिएको छ । मन्त्रालयले अस्पताल नभएका स्थानीय तहमा निर्माण सुरु गरेको हो । 

विसं २०७८ मा २५९ अस्पतालको निर्माण सुरु भएको छ । तीमध्ये ६६ वटा अस्पताल निर्माणका लागि बजेटसमेत निकास भइसकेको सहप्रवक्ता डा अधिकारीको भनाइ छ । यस्तै १६० अस्पताल प्रक्रियामा आएको, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) प्रक्रियामा रहेका १२२, डिपिआर तयार भएको ९० अस्पताल छन् । 

विसं २०७७ मा निर्माण सुरु गरिएका ३९६ अस्पतालमध्ये ३०० को सम्झौता भई निर्माण सुरु भएको छ । तीमध्ये २७८ अस्पतालको रकमसमेत निकासा गरिएको बताइएको छ । कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका बीचमा मन्त्रालयले आइसोलेसन, साधारण श्यया, सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटरको क्षमता विस्तार गरेको छ । 

सहप्रवक्ता डा अधिकारीले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नै तीन हजार २३४ हाई डिपेडेन्सी युनिट (एचडियु) बनाइएको जानकारी दिनुभयो । यसअघि एचडियु कक्ष निर्माण गरिएको थिएन । 

विसं २०७८ मा आइसियु ५२२ श्यया, भेन्टिलेटर १२२ र आइसोलेशन एक हजार ६६१ थपिएका छन् । सबैभन्दा बढी संरचना दोस्रो लहरपछि नै थपिएको उहाँको भनाइ छ । विसं २०७७ भदौमा ५२४ आइसियु श्यया रहेकामा अहिले दुई हजार ९४४ श्यया पुगेको छ । 

यस्तै २२२ भेन्टिलेटरबाट एक हजार ३६ र एचडियु तीन हजार २३४ पुगेको छ । यसैगरी मुलुकमा १०७ अस्पतलामा अक्सिजन प्लान्ट निर्माण र २५ मा अक्सिजन टङ्याक, ६९३ अक्सिजन कन्सन्ट्रेटर र १३ हजार ९३९ अक्सिजन सिलिण्डर रहेको मन्त्रालयले जनाएको छ । 

विसं २०७८ लाई फर्केर हेर्दा स्वास्थ्य क्षेत्रमा अहिलेसम्म नभएको भौतिक प्रगति सो वर्ष भएको पाइएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले स्वास्थ्य पूर्वाधारमा ठूलो लगानी गरेको छ । 


प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १६:२३
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका बिहीबार, फागुन १७, २०८०
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ शनिबार, फागुन १२, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता शनिबार, कात्तिक २५, २०८०
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल शुक्रबार, कात्तिक २४, २०८०
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता'
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता' शुक्रबार, कात्तिक १७, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्