Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • बाँकेमा निर्वाचन सम्बन्धी सुरक्षा तयारी कस्तो छ ?
बाँकेमा निर्वाचन सम्बन्धी सुरक्षा तयारी कस्तो छ ?
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी सोमबार, चैत २८, २०७८

बाँके । निर्वाचन सुरक्षा व्यवस्थापनमा राज्यका चारवटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना परिचालन गरिनेगरी सरकारले तयारी गरेको छ । निर्वाचन सुरक्षामा मतदान स्थल सुरक्षाको पहिलो घेरामा प्रहरी, त्यसपछि म्यादी प्रहरी, सशस्त्र प्रहरी र सेनालाई राखिनेछ ।

विसं २०७४ को स्थानीय निर्वाचनमा बाँकेमा २ लाख ४६ हजार १०३ मतदाता रहेकोमा यस वर्ष कूल ३ लाख २९ हजार ४७३ मतदाता छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदाता सङ्ख्या बढेकाले ५२ मतदान केन्द्र थपिएको छ । हाल जिल्लामा मतदान केन्द्र ३७९ छन् । 
 

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बाँकेका विभिन्न ६ स्थानीय तहमा रहेका १३६ मतदानस्थल मध्ये १०१ मतदानस्थल अति संवेदनशीलका रुपमा वर्गीकरणमा परेका छन भने ३५ मतदानस्थल संवेदनशील मतदानस्थलको रुपमा वर्गीकरणमा परेका छन ।    

बाँके प्रहरीको निर्वाचन सुरक्षा रणनीति, व्यवस्थापन र तयारी तीब्र रुपमा अगाडि बढेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । स्थानीय तह निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले विभिन्न स्थानीय तहका मतदानस्थलको अनुगमन सुरु गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार सम्भावित खतराको बारेमा मूल्यांकन गर्न, पूर्व सूचना लिन, सुरक्षा सतर्कता बढाएर निर्वाचन भयरहित बनाउन तथा समयमै आवश्यक कारबाही गर्न बाँके प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेको छ । 

उहाँले भन्नुभयो, "आज देखी म्यादी प्रहरीको तालिम सुरुभएको छ । अन्य सुरक्षा निकायसँग समन्वय गरिरहेका छौँ । सम्भावित खतराको बारेमा मूल्यांकन गर्न, पूर्व सूचना लिन, सुरक्षा सतर्कता बढाएर निर्वाचन भयरहित बनाउन तथा समयमै आवश्यक कारबाही गर्न हामीले सादा पोशाकमा प्रहरी परिचालन गरेका छौँ । पछिल्लो समय साना हतियार सहित ब्यक्तिहरू पक्राउ गरेका छौँ ।"

यस अघि बाँके प्रहरीले ५ थान अटोमेटिक पेस्तोल सहितका साना हतियारहरू बरामद गरिसकेको अवस्था छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय बाँकेले इजाजत लिएका हतियार बुझाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरेको छ ।

केन्द्रीय सुरक्षा समितिको निर्देशन तथा जिल्ला सुरक्षा समितिको निर्णयानुसार स्थानीय तहको निर्वाचनमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गर्न हतियार चैत मसान्तभित्र बुझाउन प्रशासनले सूचना जारी गरिसकेको छ । 

निर्धारित समयभित्र हतियार नबुझाए खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

बाँकेमा ५५५ जनाले इजाजतप्राप्त हतियार राख्ने अनुमति लिएका छन जसमा बारबोर, बाइसबोर, एकनाले, दुईनाले भरुवा बन्दुक र केही पेस्तोल रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  ११:४४
#बाँके
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्