Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्ति कोभिड–१९ को उच्च जोखिममा, फोक्सो र मुटुलाई बढी असर गर्ने
सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्ति कोभिड–१९ को उच्च जोखिममा, फोक्सो र मुटुलाई बढी असर गर्ने
नेपालकागज
नेपालकागज सोमबार, जेठ १७, २०७८

सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्ति कोभिड–१९ को उच्च जोखिममा, फोक्सो र मुटुलाई बढी असर गर्ने भएकाले जोखिम

शरद शर्मा । सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्ति कोभिड–१९ सङ्क्रमणको उच्च जोखिममा हुने गरेको छन् । सुर्तीजन्य पदार्थको सेवनले फोक्सो, मुटुमा असर गर्ने र सङ्क्रमणले पनि  फोक्सो र मुटुलाई बढी असर गर्ने भएकाले जोखिम रहेको हो । 

सङ्क्रमणको दोस्रो लहर देखिएपछि अधिकांश बिरामीमा फोक्सो र मुटमा गम्भीर असर पु¥याएको छ । अहिले सङ्क्रमितलाई धेरै जसो फोक्सोमा समस्या आई अक्सिजन दिनु परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र एक्शन नेपालले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ को सङ्क्रमणबाट बचाउन नागरिकलाई सुर्तीजन्य पदार्थ छुटाउ’ विषयक अन्तरक्रिया कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा राजेश पाण्डवले सुर्तीजन्य पदार्थ सेवन गर्नेको फोक्सोमा पहिले नै क्षति भइसकेको हुने र सङ्क्रमणले झनै असर गर्ने गरेको छ । 

उहाँले अहिले सङ्क्रमणले सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिलाई बढी गम्भीर बनाउने भएकाले सेवन छाड्नुपर्ने बताउनुभयो । उहाँका अनुसार धुम्रपान तथा सुर्तीजन्य पदार्थ त्याग गरेको २० मिनेटमा नै मुटुको धड्कनमा सुधार आउने बताउनुभयो । 

यस्तै धुम्रपान छाडेको १२ घण्टाभित्र रगतमा कार्बोनमोनोअक्साइडको मात्रा कम भई रक्तचाप सामान्य अवस्थामा आउने र दुई हप्तादेखि १२ हप्तामा फोक्सोमा सुधार आउने, एकदेखि नौ महिनासम्म खोक्ने र छिटोछिटो सास फेर्नमा सुधार आउँछ । यसैगरी १० वर्षभित्रमा फोक्सोको क्यान्सर तथा १५ वर्षभित्रमा मुटुसम्बन्धी रोग लाग्ने सम्भावनासमेत घट्छ ।  

 नेपाल कार्डियो सेन्टरका वरिष्ठ कार्डियोलोजिष्ट डा ओममुक्ति अनिलले अहिले कोभिड–१९ का कारणले सुर्तीजन्य पदार्थ सेवन घटेको बताउनुभयो । उहाँले अहिले घटिरहेको सुर्तीजन्य पदार्थको सेवनलाई निरुत्साहित गर्न उत्प्रेरणा दिने खालका कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले दिनमा एकदुईवटा चुरोट खाँदा पनि हृदयाघात, फोक्सोमा क्यान्सर जस्ता समस्या देखिएको जानकारी दिनुभयो । युवा अवस्थामा नै सुर्तीजन्य पदार्थको सेवन छाड्न सके स्वास्थ्यलाई फाइदा हुने उहाँको भनाइ छ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा राधिका थपलियाका अनुसार नेपालमा वर्षेनि २७ हजार १३७ व्यक्तिको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गरेको छ । त्यो नेपालमा मृत्युको करीब १५ प्रतिशत हो । सुर्तीजन्य पदार्थको सेवनले नसर्ने रोग क्यान्सर, मुटुरोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह रोग लाग्ने गरेको छ ।

विश्वमा करीब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने र १२ लाख व्यक्तिको सँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने गरेको छ । केन्द्रका निर्देशक डा थपलियाका अनुसार नेपालको तथ्याङ्कले हाल सुर्तीजन्य पदार्थ सेवन गर्ने २८.९ प्रतिशत रहेका देखाएको बताउनुभयो । तीमध्ये ४८.३ पुरुष र ११.६ प्रतिशत महिला छन् । यसैगरी पहिलोपटक धुम्रपान शुरु गर्दाको औषत उमेर १७.८ रहेको छ । 

दिनहुँ चुरोट खाने व्यक्तिले प्रत्येक दिन करीब ६.५ वटा चुरोट खाने गरेका छन् । नेपालमा वर्षेनि सुर्तीजन्य पदार्थको सेवनले उपचारार्थ खर्च, रोगीको उत्पादकत्वमा आएको ह्रास, अकाल मृत्यु र अशक्त हुँदा करीब रु ४७ अर्ब क्षति हुने गरेको छ । 

 सुर्तीजन्य पदार्थको करमा वृद्धि

सरकारले सुर्तीजन्य पदार्थको करमा वृद्धि गरेको छ । आव २०७८÷७९ मा अहिले भएको करमा २५ प्रतिशत वृद्धि गरेको छ । अहिले सुर्तीजन्य पदार्थमा ३० प्रतिशत कर रहेको थियो । विश्व स्वास्थ्य सङ्गठनले कम्तीमा ७५ प्रतिशत कर हुनुपर्ने उल्लेख गरेको छ । 

 कानून कार्यन्वयनमा जोड

पूर्वसांसद खगराज अधिकारी, रामकुमारी झाँक्री, कोमल वलीलगायतले  सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि बनाइएको कानून कार्यान्वयन नहुँदा सेवन गर्ने सङ्ख्या बढ्दो रहेको बताउनुभयो । “मानिस नखाएर बाँच्न नसक्ने अवस्था छ, त्यो अवस्थाबाट मानिसलाई निकाल्नु पर्दछ”, पूर्वसांसद वलीले भन्नुभयो, “धुम्रपानको विकल्प हामीले दिन सक्यो भने छुटाउन सक्दछौँ ।”

आज नेपालसहित विश्वभरि ‘सुर्तीजन्य कुलत छाड्ने प्रतिज्ञा गर्नुहोस् ः कुलत त्याग्नेहरु नै वास्तविक विजेता हुन्’ भन्ने नाराका साथ विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइँदैछ । 

 


प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १५:३२
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका बिहीबार, फागुन १७, २०८०
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ शनिबार, फागुन १२, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता शनिबार, कात्तिक २५, २०८०
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल शुक्रबार, कात्तिक २४, २०८०
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता'
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता' शुक्रबार, कात्तिक १७, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्