Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  • ऊर्जा सहकार्य हुने, थप बिजुली लैजान भारत सहमत: ऊर्जामन्त्रीको पहलले सार्थकता पाएको चर्चा
ऊर्जा सहकार्य हुने, थप बिजुली लैजान भारत सहमत: ऊर्जामन्त्रीको पहलले सार्थकता पाएको चर्चा
नेपालकागज
नेपालकागज मंगलबार, चैत २२, २०७८

काठमाडौँ । निरन्तरको कूटनीतिक प्रयासका कारण वर्षायाममा खेर जाने बिजुली खरिद गर्न भारत तयार भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लगातार सरोकारवाला निकायसँग गर्नुभएको छलफल, मन्त्रालय तहमा भएको द्विपक्षीय एवं बहुपक्षीय संवाद तथा कूटनीतिक पहलले सार्थकता पाएको ऊर्जा क्षेत्रमा चर्चा भइरहेको छ ।

नेपालको विद्युत् इतिहासमा नै पहिलोपटक औपचारिकरूपमा नेपालको बिजुली भारतको बजारमा प्रवेश पाएको थियो । गत कात्तिकदेखि भारतीय अनुदानमा निर्माण भएको नै सही, ३९ मेगावाट बिजुली बिक्रीको मार्गप्रशस्त भएको थियो ।

पछिल्लोपटक प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भएको सहमतिअनुसार आगामी मनसुनको समयमा झण्डै ३६० मेगावाट बिजुली भारतीय बजारमा प्रवेश गर्ने मार्गप्रशस्त भएको छ । यसबाट वर्षाको समयमा खेर जाने बिजुलीले भारतीय बजारमा प्रवेश पाउनेछ भने त्यसबाट नेपाली लगानीकर्तालाई समेत बजारको खोजी र विस्तारमा थप सहयोग प्रदान गर्नेछ ।

सरकारले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीलाई बिजुलीको व्यापारका लागि अनुमति दिइसकेको छ । निजी क्षेत्रले पनि क्षेत्रीय बजारमा बिजुली पु¥याउनका लागि अनुमति माग गरिरहेको अवस्था छ ।

स्वतन्त्र ऊर्जा उद्यमीहरूको संस्था नेपाल (इपान)को तर्फबाट पनि नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स) स्थापना गरी बिजुली बिक्रीको तयारी गरिरहेको छ । यद्यपि, सो कम्पनीले हालसम्म सरकारबाट अनुमति पाएको छैन । सोमबार आयोजित एक कार्यक्रममा मन्त्री भुसालले अध्यादेशमार्फत भए पनि नयाँ विद्युत् ऐन जारी गर्ने र बिजुली बिक्रीका लागि मार्गप्रशस्त गर्ने सङ्केत गरिसक्नुभएको छ ।

प्राधिकरणको विवरणअनुसार गत मनसुनमा मात्रै झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गएको थियो । त्यसको बजार मूल्य झण्डै रु पाँच अर्ब बराबर थियो । पछिल्लो भ्रमणका क्रममा भारतीय पक्षले नेपालमा जगेडा हुने बिजुलीको उपयोग एवं खरिदका लागि आफूहरू तयार रहेको बताएको छ । भारतीय बजारमा नेपालको बिजुलीले प्रवेश पाउँदा त्यसले पार्ने प्रभाव रणनीतिक हुने सरकारको बुझाइ छ ।

खासगरी बिजुलीलाई कमोडिटीको रूपमा लिइँदै त्यसलाई बजारमा लैजाने र विस्तार गर्ने विषयले नेपालभित्र निर्माण हुने अन्य धेरै आयोजनाको भाग्य र भविष्यको समेत फैसला गर्दछ । नेपालको ऊर्जा क्षेत्रको विकासका लागि भारतको तर्फबाट उपलब्ध सहयोग आफैँमा महत्वपूर्ण रहेको छ । त्यसमाथि पनि नेपालले लामो समयदेखि उठाउँदै आएको विषयमा समेत यसपटक महत्वपूर्ण सहमति भएको छ ।

इपानका उपाध्यक्ष एवं प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी इपानका उपाध्यक्ष गणेश कार्कीका अनुसार यसपटक भारतीय पक्षले जुन स्तरमा सहमति जनाएको छ, त्यसले नेपालको ऊर्जा क्षेत्रमा सुनौला दिनहरू आउन लागेको आभाष भएको छ ।

ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगको वृद्धि समानताका आधारमा गर्ने, संयुक्तरूपमा जलविद्युत् आयोजनाको विकास गर्ने, सीमापार प्रसारण लाइनको विकास गर्ने विषय समावेश हुनु अर्को महत्वपूर्ण पक्षका रूपमा रहेको छ । नेपालले झण्डै ८०० मेगावाट बराबरको बिजुलीको निर्यात गर्न दिन माग राख्दै आएको थियो । आन्तरिकरूपमा खपत पनि बढाउने र निर्यात गर्दा पनि क्रमशः विस्तारित हुँदै जाने सोचअनुसार ३६० मेगावाटसम्म निर्यातका लागि मार्गप्रशस्त हुनु आफैँमा उपलब्धिका रूपमा रहेको ऊर्जा मन्त्रालयको भनाइ छ ।

यसअघि दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को फ्रेमवर्क र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को घोषणाअनुसार नेपालले निर्वाध बजार पाउनुपर्ने भए पनि भारतले सहमति जनाएको थिएन । बरु विद्युत् व्यापार सम्झौता नभएका देशको लगानी भएका आयोजनाको बिजुली लिँदैनौँ भन्ने अडान राख्दै आएको थियो । नेपालले माथिल्लो तामाकोसी, भोटेकोसीलगायत आयोजनाको बिजुली बिक्रीका  लागि अनुमति माग्दासमेत पाएको थिएन । मनसुनको समयमा नेपालका बढी मात्रामा बिजुली उत्पादन हुने र भारतमा अत्यधिक माग हुने भएकाले पनि अवस्था सहज रहेको थियो । विगतको प्रतिबद्धताभन्दा पनि माथि उठेर भारतले नेपालको बिजुली व्यापारका लागि मार्गप्रशस्त गरेको छ ।

राजनीतिक तहमा व्यक्त भएको यो प्रतिबद्धतालाई व्यवहारिक रूप दिन विशेषगरी कर्मचारी प्रशासन तहमा र सरोकार भएका निकायको बीचमा अब साझा प्रयास जरुरी देखिएको छ । विगतमा पनि प्रतिबद्धता जनाउने र कार्यान्वयन नगर्ने प्रवृत्तिका बीचमा यतिबेला फलाम तातेको बेला हानी हाल्नुपर्ने र आकार दिइहाल्नुपर्ने अवस्था छ ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा ‘भारत–नेपाल  संयुक्त भिजन’ जारी गर्दै ऊर्जा क्षेत्रमा एकापसमा सहयोग अभिवृद्धि गर्न दुवै देश सहमत हुनु आफैँमा महत्वपूर्ण विषय हो । यसबाट नेपालको क्षेत्रीय बजारमा प्रवेश गर्ने लामो समयदेखिको चाहनाले अब मूर्तरूप पाउने भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त भिजनलाई ऊर्जा क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो उपलब्धिका रूपमा अथ्र्याउनु र त्यसमा सहमति जनाउनुले बढी भएको बिजुली सहजैरूपमा भारत र बङ्गलादेशमा निर्यात गर्ने मार्गप्रशस्त भएको ऊर्जा उद्यमीहरूको भनाइ छ । विद्युतको बढ्दो मागलाई सम्बोधन गर्न तथा खेर जाने पानीलाई विद्युत्मा रुपान्तरण गरेर क्षेत्रीय बजारमा बिक्री गर्न सरकारले दरिलो पहल थालेको छ । निजी क्षेत्रलाई साथमा लिएर वैदेशिक लगानी पनि भित्र्याएर जलविद्युत् उत्पादन तथा व्यापार विस्तार गर्ने योजनाअनुसार नै निरन्तर प्रयास भइरहेको ऊर्जामन्त्री भुसालले बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको हालै सम्पन्न भारत भ्रमणबाट भारतमा नेपालका बिजुली बिक्री गर्नका लागि सम्झौता भएको जानकारी दिँदै उहाँले बङ्गलादेश, भुटान, भारत र नेपाल (बिबिआइएन) सम्मिलित उपक्षेत्रीय संयन्त्रमार्फत बङ्गलादेशमा पनि विद्युत् व्यापार सहज तुल्याउने सहमति भएको बताउनुभयो । “नेपालमा खपत भएर बढी भएको बिजुली भारतमा बिक्री गर्ने अवसर प्राप्त भएको छ”, मन्त्री भुसालले भन्नुभयो, “भारतको बजार खुलिसकेको छ, अब बङ्गलादेशको बजार पनि खुला हुँदैछ ।”

संयुक्त भिजन नाम दिइएको दुई देशको सहमतिमा नेपालका केही ठूला आयोजना नेपाल र भारतको संयुक्त लगानीमा विकास गर्ने, अन्तरदेशीय प्रसारण लाइनको निर्माण गर्ने, बजारको मागका आधारमा उपयुक्त पहुँच दिनेजस्ता विषय पहिलोपटक समेटिएको छ ।

भारतको पछिल्लो सहमतिले नेपालमा बढी भएको बिजुली खेर नजाने सुनिश्चितता बढेको छ । अब नेपालको बिजुली बङ्गलादेशको बजारसम्म पुग्छ भन्ने सुनिश्चितता भएको र त्यहाँको बजार खुल्ने मन्त्री भुसालको भनाइ छ । भारतीय प्रधानमन्त्रीले हामी नेपालको बिजुली खरिद गर्छौँ भनेर सार्वजनिकरूपमा नै प्रतिबद्धता जनाउनु पनि अर्को महत्वपूर्ण उपलब्धिका रूपमा लिन सकिन्छ ।

प्रधानमन्त्री देउवाको प्रतिनिधिमण्डलमा सहभागी मन्त्री भुसाल र उहाँका भारतीय समकक्षी राजकुमार सिंहबीच भएको साइडलाइन वार्ताले पनि नेपालको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुन सफल भएको हो । भारतको पछिल्लो सहमतिले नेपालले एक्सचेन्ज मार्केटमा जान राखेको मागको समेत सम्बोधन भएको छ ।

नेपालको बिजुली खरिद गर्छौँ र बिबिआइएनमा आबद्ध देशमा समेत पहुँच दिन्छौँ भन्ने भारतीय प्रधानमन्त्रीको घोषणाले आफूलाई हर्षित तुल्याएको इपानका उपाध्यक्ष मोहन डाँगीको भनाइ छ । उहाँका अनुसार नेपालले लामो समयदेखि गर्दै आएको बिजुली निर्यातको प्रयासले सार्थकता पाएको उहाँको टिप्पणी छ । नेपालका निजी क्षेत्रले पनि अन्तर्राष्ट्रियरूपमा बिजुुली बिक्रीका लागि प्रयास गर्दै आएको छ ।

नेपेक्समार्फत बिजुली बिक्रीका लागि प्रयास गरिरहेको छ । भारतको पछिल्लो स्वीकार्यता तथा उच्च राजनीतिक नेतृत्वको प्रतिबद्धताले लामो समयदेखि बन्द भएको विद्युत् खरिद सम्झौता (पिपिए)का लागिसमेत बाटो खुल्ने इपानको भनाइ छ । प्राधिकरणले विगत तीन वर्षदेखि पिपिए गरिरहेको छैन । यद्यपि अर्धजलाशय र जलाशयुक्त आयोजनाको पिपिए भने रोकिएको थिएन ।

बङ्गलादेशले नेपालबाट सन् २०४०  सम्म नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ । विसं २०७५ भदौमा तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले गर्नुभएको बङ्गलादेश भ्रमणका क्रममा नेपालको बिजुली आफूहरूका लागि आवश्यक रहेको बङ्गलादेशी अधिकारीको भनाइ थियो । बङ्गलादेशी राष्ट्रपति, प्रधानमन्त्री तथा ऊर्जा राज्यमन्त्रीको नेपाल भ्रमणको क्रममा समेत संयुक्त लगानीमा आयोजना निर्माण गर्न सकिनेसमेत प्रतिबद्धता व्यक्त भएको थियो ।

यस्तै २०७५ असोज २७ र २८ गते भारतको बैङ्गलोरमा सम्पन्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकमा समेत बङ्गलादेशसँग संयुक्तरूपमा छलफल गर्ने निर्णय भएको थियो । नेपालको कूल क्षमता ८३ हजार मेगावाट बराबर भए पनि आर्थिक र सम्भाव्य मानिएको ४३ हजार मेगावाट बिजुली उत्पादन गर्दा त्यसको बजार खोज्न अब भौँतारिनु पर्दैन भन्ने सन्देश प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा सन्देश प्रवाह भएको छ । 

प्रसारण संयन्त्र निर्माण भएका चालु आवमा नै नेपालको प्रणालीमा एक हजार ३०० मेगावाट बराबर बिजुली थप हुन जान्छ । हाल प्रणालीमा दुई हजार १५० मेगावाट बराबर बिजुली उपलब्ध छ ।

भारतले पहिलोपटक नेपालसँगको जलस्रोत र ऊर्जाका विषयमा वार्ता गर्दा आपसी समानता र सम्मानका आधारमा गर्ने विषय उल्लेख गरेको छ । यस्तै भुटान, बङ्गलादेश, भारत र नेपालमा आपसी सहकार्यको संरचना तयार पार्ने र विस्तार गर्ने उल्लेख गरेको छ । यसबाट नेपालको बिजुली बङ्गलादेशमा बिक्रीका लागि मार्गप्रशस्त भएको अर्थमा लिन सकिन्छ । भारतले आफ्नो प्रसारण प्रणाली प्रयोग गर्न सहमति नदिँदा नेपालको बिजुली बङ्गलादेश लैजाने मार्गप्रशस्त हुन सकेको थिएन । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको ५०० मेगावाट बिजुली बङ्गलादेश लैजाने सहमति यसअघि नै भइसकेको छ ।

पछिल्लो सहमतिअनुसार एक–अर्का देशको प्रसारण प्रणालीमा एकरुपता ल्याउने, सीमापार अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने, दुवैतर्फबाट बिजुलीको आयात तथा निर्यात गर्ने विषय समेटिएको छ । यसबाट असाध्यै ठूलो एवं सकारात्मक प्रभाव पर्ने ऊर्जा उद्यमीहरूको विश्वास छ ।

दुवै देशले संयुक्तरूपमा जारी गरेको छ बुँदामा समेटिएको ‘भिजन स्टेटमेन्ट’ मा समानता, आपसी सम्मानका आधारमा एक देशले अर्को  देशलार्ई विद्युत् क्षेत्रमा पारस्परिक सहयोग गर्ने उल्लेख छ । यो पनि अर्को महत्वपूर्ण विषय भएको जानकारहरूको भनाइ छ । 

पछिल्लो सहमतिले सीमापार अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि समेत मार्गप्रशस्त भएको छ । हालै मात्र सरकारले दोस्रो अन्तरदेशीय प्रसारण लाइन न्यू बुटवल गोखरपुर निर्माणका लागि प्राधिकरणलाई रु एक अर्ब बराबर लगानीका लागि स्वीकृति दिएको छ । कूल ४०० केभी क्षमताको सो प्रसारण लाइन १४० किलोमिटर लामो छ । नेपालतर्फ २० र भारततर्फ १२० किलोमिटर लामो सो प्रसारण लाइनसमेत निकट भविष्यमा नै निर्माण सुरु हुनेछ ।


प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  ०९:१७
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त 
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त  मंगलबार, असार १२, २०८१
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन्
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन् सोमबार, फागुन १४, २०८०
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार......
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार...... सोमबार, फागुन ७, २०८०
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता मंगलबार, फागुन १, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्