Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • न्याय सम्पादन : २३ वटा ऐनहरुमा अदालतको क्षेत्राधिकारसम्बन्धी विषयमा संशोधनको प्रस्ताव
न्याय सम्पादन : २३ वटा ऐनहरुमा अदालतको क्षेत्राधिकारसम्बन्धी विषयमा संशोधनको प्रस्ताव
नेपालकागज
नेपालकागज आइतबार, चैत २०, २०७८

काठमाडौँ । न्याय सम्पादन प्रक्रियालाई छिटोछरितो, मितव्ययी र सर्वसुलभ बनाउन विभिन्न नयाँ कानुन बनाउन तथा भएका कानुनको आवश्यक परिमार्जन र प्रभावकारी कार्यान्वयन गर्न सुझाव दिइएको छ ।

न्याय प्रशासनसँग सम्बन्धित प्रचलित कानुनमा गर्नुपर्ने आवश्यक सुधारको मस्यौदा पेस गर्न गठित अध्ययन समितिले सर्वोच्च अदालतको कार्यबोझ घटाउन अदालतको क्षेत्राधिकारमा सुधार गर्न सकिने क्षेत्रहरु पहिचान गरेको छ । 

यसैगरी समितिले सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठन भएको समितिको प्रतिवेदनले दिएका सुझाव कार्यान्वयनका लागि सुधार गर्नुपर्ने कानुनहरुको पहिचानसमेत गरेको छ ।

कानुनमा गरिनुपर्ने सुधारका क्षेत्रहरुको पहिचान गरी सोको सुझावसहितको मस्यौदा पेस गर्न गत फागुन २३ गते कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूको निर्णयबाट मन्त्रालयको सहसचिव सुशील कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिले आज मन्त्री बडूलाई सो प्रतिवेदन बुझाएको हो । 

सो अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बडूले न्याय सम्पादनको कार्यलाई छिटोछरितो, सर्वसुलभ, मितव्ययी बनाउँदा संविधानले सुनिश्चित गरेको न्यायसम्बन्धी हकको कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

न्याय प्रशासन र न्याय सम्पादनलाई चुस्त, दुरुस्त, पारदर्शी, समय तालिकासहित  अनुमानयोग्य र प्रभावकारी बनाउनका लागि विभिन्न क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यकता विभिन्न अध्ययन प्रतिवेदन तथा सर्वोच्च अदालतको वार्षिक प्रतिवेदनले औँल्याएका छन् । 

प्रतिवेदनमा विशिष्टीकृत अदालत र न्यायाधिकरणहरुको अधिकार क्षेत्रको पुनःविचार गरी सर्वोच्च अदालतमा मुद्दाको चाप कम गर्ने सम्बन्धमा आवश्यक सुझाव र उल्लिखित विषयलाई सम्बोधन गर्न सुधार गर्नुपर्ने कानुनहरु संशोधन मस्यौदा पेस गर्नुपर्ने समेत उल्लेख छ ।

हाल प्रचलनमा रहेका कूल ३४४ वटा ऐनहरुमध्ये अदालतको क्षेत्राधिकार सम्बन्धमा करीब ४८ वटा ऐनमा व्यवस्था गरिएको पाईन्छ । 

प्रतिवेदनमा उल्लेखित ऐनहरुमध्ये उद्देश्यअनुरुप उपयुक्तताका आधारमा न्याय प्रशासनसँग सम्बन्धित ऐन र अन्य प्रचलित ऐन गरी २३  वटा ऐनहरुमा अदालतको क्षेत्राधिकारसम्बन्धी विषयमा संशोधनको प्रस्ताव गरिएको छ ।

मन्त्री बडूले उल्लेखित ऐनमा संशोधनपछिको सर्वोच्च अदालतको कार्यबोझ घट्ने जसले गर्दा सर्वोच्च अदालतमा लामो समयदेखि विचाराधीन पुराना मुद्दाहरुको छिटो टुङ्गो लाग्ने बताउनुभयो । 

अतिरिक्त समय काम गरेर तथा प्रशासनिक प्रकृतिको काममा संलग्न हुनु नपरेपछि मुद्दा फछ्र्यौटमा पूरा समय केन्द्रित हुनेछ । जसले गर्दा हाल विचाराधीन मुद्दाहरु छिटो फछ्र्याैट हुने प्रतिवेदनमा उल्लेख छ । 

यस्तै अधिकांश मुद्दाहरु उच्च अदालतको तहबाटै अन्तिम हुनेछन् । जसले गर्दा मुद्दाको अन्तिम टुङ्गो लाग्न अत्यधिक समय नलाग्ने, राजश्व न्यायाधीकरण तथा विशिष्टीकृत अदालतबाट अपवाद बाहेकको अवस्थामा मुद्दाको अन्तिम टुङ्गो लाग्ने अवस्था भएपछि सर्वोच्च अदालतको कार्यबोझ उल्लेख्य रुपमा कम हुने अपेक्षा गरिएको छ ।

प्रतिवेदनका सुझाव कार्यान्वयन गरी वैकल्पिक उपचारको व्यवस्था भएका रिट निवेदन अदालतमा दर्ता हुने प्रवृत्ति निरुत्साहित हुने र अदालतको समय बचत हुने, दोहो¥याई पाऊँको निस्सा प्रदान गर्ने कार्य उच्च अदालतको तहबाटै किनारा लाग्ने तथा मुद्दा छिटो अन्तिम टुङ्गो लाग्ने हुँदा छिटोछरितो न्याय प्रदान गर्ने राज्यको उद्देश्य पूरा हुने र न्यायिक प्रक्रिया पूर्वानुमानयोग्य बन्ने मन्त्री बडूको भनाइ छ । 


प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १६:१२
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्