काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुसी बिदामा बसेका १५ जना प्रहरी कर्मचारीहरुलाई तत्काल हाजिर हुन निर्देशन जारी गरेको छ।
प्रधान कार्यालय आज एक सूचना जारी गर्दै गैरजिम्मेवार रुपले आफूखुसी लामो समयदेखि कार्यालय नआएका प्रहरी हवल्दारदेखि परिचरसम्मका १५ जनालाई ७ दिनभित्र सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो।
प्रहरी प्रधान कार्यालयले भनेको छ-" सूचना जारी मितिको ७ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित सम्बन्धित कार्यालय हाजिर हुनु,अन्यथा सेवाबाट बर्खास्त गरिने छ।"
यी हुन् आफूखुसी बिदामा बसेका प्रहरी कर्मचारी-
प्र.ह.महेन्द्र भुज, प्र.ह.प्रकाश चौधरी, प्र.स.ह.भिम बहादुर खत्री,प्र.स.ह.जगदिश पन्त, प्रा.प्र.न.विर बहादुर तामाङ्ग,प्र.ज. पर्दिप चौधरी,प्र.ज.बिरेन्द्र चौधरी, प्र.ज.महेन्द्र सिजाली,प्र.ज.बसन्त राई,प्र.ज.मणिराज राई, प्र.ज.विन्जाविन लकान्द्री,प्र.ज.बोद प्रसाद चौलागाई, प्र.ज. सामेल थारु, प्र.ज.अविशेक घर्ती, प्र.का.स. प्रकाश गुरुङ ।
