Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  • आठ महिनामा नेपाललाई ११ खर्ब बढीको वैदेशिक व्यापार घाटा, भारतबाट मात्रै आठ खर्बको आयात
आठ महिनामा नेपाललाई ११ खर्ब बढीको वैदेशिक व्यापार घाटा, भारतबाट मात्रै आठ खर्बको आयात
नेपालकागज
नेपालकागज सोमबार, चैत ७, २०७८

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मुलुकको वैदेशिक व्यापार रु १४ खर्ब ५६ अर्ब ४८ करोड बराबरको पुगेको छ । गत आवको पहिलो आठ महिनामा रु १० खर्ब २४ अर्ब ७६ करोड रहेको वैदेशिक व्यापार चालु आवमा ४२ दशमलव १३ प्रतिशतले बढेको हो ।

वैदेशिक व्यापारमा वृद्धि भए पनि आयातमुखी व्यापारका कारण मुलुकको व्यापार घाटा चुलिँदो छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार मुलुकको व्यापार घाटा अघिल्लो आवको पहिलो आठ महिनाको तुलनामा चालु आवमा ३४ दशमलव ५० प्रतिशतले बढेर रु ११ खर्ब ६० अर्बभन्दा धेरै पुगेको छ । गत आवको फागुन मसान्तसम्म यस्तो घाटा रु आठ खर्ब ६३ अर्ब माथि थियो ।

विभागका अनुसार गत आवको पहिलो आठ महिनाका आधारमा मुलुकमा आयात ३८ दशमलव ६४ प्रतिशतले बढेको छ । गत आवको फागुन मसान्तसम्ममा रु नौ खर्ब ४३ अर्ब मूल्य बराबरको आयात भएकामा चालु आवको समीक्षा अवधिसम्म आयात रु १३ खर्ब आठ अर्ब पुगेको छ । 

त्यस्तै २०७७/७८को पहिलो आठ महिनाका तुलनामा चालु आवको निर्यात ८२ दशमलव ९० प्रतिशतले बढेको छ । गत आवको फागुन मसान्तसम्म रु ८० अर्ब ७७ करोड बराबरको निर्यात भएकामा चालु आवको समीक्षा अवधिमा रु एक खर्ब ४७ अर्ब बढीकोे निर्यात भएको छ ।

सार्वजनिक विवरणअनुसार गत आवको पहिलो आठ महिनासम्म कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ दशमलव १२ प्रतिशत रहेकामा यस्तो हिस्सा दुई दशमलव ४५ प्रतिशतले घटेर चालु आवमा ८९ दशमलव ८६ प्रतिशतमा आएको छ । 

त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा २८ दशमलव ६९ प्रतिशतले बढेको छ । गत आवको फागुन मसान्तसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा सात दशमलव ८८ प्रतिशत रहेकामा चालु आवमा १० दशमलव १४ प्रतिशत पुगेको छ ।

चालु आवको आठ महिनाका अवधिमा नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयात धेरै छ । यस आवको फागुन महिनासम्म मुलुकमा रु ८७ अर्ब ८३ करोड मूल्यभन्दा धेरैको डिजेल भित्रिएको छ । त्यस्तै एलपी ग्यास रु ४० अर्ब ६४ करोड बराबरको तथा पेट्रोल रु ३९ अर्ब ८५ करोड बढीको भित्रिएको विभागले जनाएको छ ।

त्यस्तै नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ । विभागको तथ्याङ्कअनुसार स्वदेशबाट रु ४१ अर्ब ४० करोड मूल्यभन्दा बढीकोे भटमासको तेल निर्यात भएको छ । 

व्यवसायीले भटमासको कच्चा पदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलको योगदान देखिन्छ । जसले मुलुकको वैदेशिक व्यापारमा निर्यातको हिस्सा बढाएको छ । 

त्यस्तै प्रकृतिको निर्यात हुने वस्तुमध्ये पाम तेल पनि एक हो । भटमासको तेल जस्तै पाम तेल पनि कच्चा पदार्थ आयात गरी प्रसोधनपश्चात निर्यात हुने गरेको छ । सार्वजनिक विवरणअनुसार चालु आवको पहिलो आठ महिनासम्म रु ३५ अर्ब ३३ करोड मूल्य बराबरको पाम तेल निर्यात भएको छ । 

त्यसैगरी रु नौ अर्ब ४९ करोड बराबरकोे गलैंँचा तथा टेक्सटायल, रु पाँच अर्ब ८९ करोड मूल्य बराबरका जुटका बुनिएका तथा अन्य कपडा निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

भारतबाट मात्रै झन्डै आठ खर्ब बढीको आयात 

सार्वजनिक तथ्याङ्कअनुसार चालु आवको फागुनसम्म नेपालले भारतबाट करिब रु सात खर्ब ९७ अर्ब मूल्य बराबरका वस्तु आयात भएको देखिन्छ भने रु एक खर्ब १८ अर्ब मूल्य बरोबरका वस्तु निर्यात भएको छ । 

जसअनुसार नेपालको व्यापार घाटा भारतसँग मात्रै छ खर्ब ७८ अर्बभन्दा धेरै छ । त्यस्तै नेपालले चीनबाट रु एक खर्ब ८६ अर्ब मूल्य बराबरका बस्तु आयात गरेकामा रु ५४ करोड ५८ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको देखिन्छ ।

विभागको विवरणअनुसार चालु आवको आठ महिनामा सबैभन्दा धेरै वीरगञ्ज नाकाबाट रु चार खर्ब ६३ अर्ब बढी मूल्य बराबरको वस्तु आयात भएको छ । त्यस्तै भैरहवा नाकाबाट रु दुई खर्ब छ अर्ब र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नाकाबाट रु एक खर्ब ५७ अर्ब बढी मूल्य बराबरका वस्तु आयात भएको तथ्याङ्क छ ।

नेपालले वीरगञ्ज भन्सारबाट रु ६६ अर्ब ३६ करोड, विराटनगर भन्सारबाट रु ४१ अर्ब ७७ करोड तथा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नाकाबाट रु २१ अर्ब २७ करोड बढी मूल्य बराबरका वस्तु विदेश निर्यात गरेको छ । 


प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १७:५१
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त 
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त  मंगलबार, असार १२, २०८१
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन्
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन् सोमबार, फागुन १४, २०८०
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार......
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार...... सोमबार, फागुन ७, २०८०
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता मंगलबार, फागुन १, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्