Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • दाङमा ‘ड्रागन फल’को खेती : ड्रागनखेतीमा बित्दै पूर्वमन्त्री लोकेन्द्र विष्टका दिन
दाङमा ‘ड्रागन फल’को खेती : ड्रागनखेतीमा बित्दै पूर्वमन्त्री लोकेन्द्र विष्टका दिन
नेपालकागज
नेपालकागज शुक्रबार, फागुन २७, २०७८

तुलसीपुर । पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तीका किसान हुनुहुन्छ । आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त हुनुहुन्छ । नेपालमा ‘ड्रागन फल’को व्यावसायिक खेती भित्र्याउनेमध्येका एक हुनुहुन्छ विष्ट । हाल उहाँ तेस्रो चरणको ड्रागन फलको पर्खाइमा हुनुहुन्छ । दुई चरणको ड्रागनको फल भित्र्याएर उहाँले आम्दानी लिइसक्नुभएको छ ।

विष्टले दाङमा आएर ड्रागन खेती गरेसँगै नयाँ अनुभव लिनुभएको छ । मन्त्री हुँदा जति उत्साह थियो, अहिले खेती–किसानी गर्दा पनि उत्तिकै रहेको उहाँ बताउनुहुन्छ । विष्ट भन्नुहुन्छ, “म खेतमा काम गरिरहेको अवस्थामा कसैले देखेमा, भेट्न बोलाइ हाल्नुहुन्छ ।” मन्त्री हुँदा जसरी मान्छे भेट्न आउँथे, अहिले खेती गर्दा पनि उत्तिकै भेट्न आउने गर्छन् । 

दाङको तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीस्थित घोराही–तुलसीपुर सडक छेऊमा कुनै समय बाँझो रहेको जग्गालाई विष्टले हराभरा बनाउनुभएको छ । ड्राग्रन खेतीका लागि त्यो भूमि त्यत्ति उपयुक्त होइन, किनकि त्यसका लागि बलौटे माटो चाहिन्छ । तर पनि मेहेनत गर्दा भने त्यसले राम्रै आम्दानी दिनेरहेछ भन्ने एउटा उदाहरण विष्टले प्रस्तुत गर्नुभएको छ ।

यसअघि उहाँले दुईपटक फल बिक्री गरिसक्नुभएको छ । अब तेस्रो पटकको पर्खाइमा हुनुहुन्छ । “अहिले हामीले जति मेहेनत यो जग्गामा गरेका छौँ, त्यति मेहेनत बलौटे माटोमा गरेको भए झनै धेरै आम्दानी गर्न सकिन्थ्यो”, उहाँले भन्नुभयो, “तर यसमै पनि निकै मेहेनत हामीले ग¥यौँ, त्यसैले आम्दानी राम्रै दिने गरेको छ ।”

ड्रागन फल जेठदेखि असोज–कात्तिकसम्म फल्छ । यो प्रायः रातिमा फल्ने भएकाले पनि ‘रातकी रानी’ भनेर पनि नाम दिइएको छ । यो फल मात्रै होइन, बिरुवाबाट पनि विष्टले आम्दानी गर्दै आउनुभएको छ । अहिलेसम्म उहाँले दुईपटकमा गरेर सरदर रु २०–२० लाख आम्दानी गरेको बताउनुहुन्छ । 

एक सिजनमा २८–३० क्विन्टल उत्पादन हुने गरेको छ । बिरुवाबाट त्यस्तै रु पाँच लाख जति आम्दानी भएको उहाँ बताउनुहुन्छ । अहिले उहाँले उत्पादन गरेका बिरुवा दाङमात्रै होइन, अन्य जिल्लामा पनि उत्तिकै बिक्री हुन्छ । फल्दै गरेको ड्रागन बेच्दै गर्दा भाइरल बनेका विष्टलाई उत्पादन भएको फल बेच्न त्यति कठिनाइ भएन भने बिरुवा बेच्न पनि सहज भयो ।

उहाँपछि सबैले यो खेतीका बारेमा चासो राखे । सबैले यो घरघरमै  खेती गर्न चाहे । स्वास्थ्यका हिसाबले बहुउपयोगी मानिने यो फल सबैले घरमा लगाए । दुईपटक अधिक बिक्री भएको ड्रागन फलले तेस्रो पटकमा कत्तिको बजार पाउँछ, त्यो भने विष्टले पर्खिरहनुभएको छ । 

उहाँ भन्नुहुन्छ, “बजार राम्रो छ, यहाँबाट काठमाडौँलगायत पनि पुग्ने गर्छ, बजारीकरणका लागि समस्या छैन ।” करिब रु एक करोड लगानी गरेर विष्टसहित तीन जनाले व्यावसायिक ड्रागन खेती गर्नुभएको छ । उहाँले तीन जनाको सहकार्यमा उक्त खेती सुरु गरेको बताउनुभयो ।

यसअघि पनि उहाँ कालो धानको खेती गरेर चर्चामा आउनुभएको थियो । भकुन्डेमा कालो धानखेती गरेर चर्चामा आउनुभएका उहाँ दाङमा ड्रागन खेती गरेर उत्तिकै चर्चामा हुनुहुन्छ । दाङमा पनि केही क्षेत्रफलमा धानखेती गरेको उहाँ बताउनुहुन्छ । 

उहाँले पछिल्ला युवालाई पनि नेपालमै बसेर पसिना बगाए मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन सफल भएकोसमेत बताउनुभयो । “अहिले पनि युवा जमात रोजगारीका नाममा विदेश गइरहेको देखिन्छ”, उहाँले भन्नुभयो, “तर हाम्रै वरपर खेर गइरहेको जग्गामा पनि मेहेनत गरे मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिन सफल भएको छु, धेरै युवाले अहिले यही ड्रागन खेती पनि गर्नुभएको छ ।” आफूले दाङमा यो खेती सुरु गरेपछि धेरैले यो खेतीमा चासो देखाएको समेत बताउनुभयो ।

छुटेन ‘लत’

राजनीतिबाट पूर्णरूपमा ‘रिटायर्ड’ भए पनि विष्टले राजनीतिक लत भने छाड्नुभएको छैन । उहाँ राजनीतिलाई नजिकबाट नियालिरहनुहुन्छ । यसको एउटा प्रमाण सामाजिक सञ्जालमा उहाँले दिने अभिव्यक्तिले पनि प्रष्ट हुन्छ । समसामयिक राजनीतिका विषयमा प्रत्येक दिन केही न केही स्टाटस आइरहेका हुन्छन् । 

यद्यपी उहाँ भन्नुहुन्छ, “अब म राजनीतिमा सक्रिय भएर लाग्दिनँ, अब मेरो पेशा भनेको कृषि नै हो ।” कृषिलाई राजनीति अडिने घरका रूपमा वर्णन गर्नुहुन्छ बिष्ट । उहाँले राजनीति भनेको कृषिको धुरी भएको प्रतिक्रिया दिनुभयो । “अर्थतन्त्र भनेको राजनीतिको जग हो, कृषि भनेको हाम्रो जग हो”, उहाँले भन्नुभयो, “जब हामी कृषिलाई परित्याग गरेर राजनीति गर्छौँ, त्यो राजनीति हुँदैन, त्यो त लाजनीति हुन्छ ।”

भाषणमा समाजवादका कुरा गर्ने तर श्रम गरेर खाने वर्गलाई हेप्ने प्रवृत्ति छ, यो सर्वहारा वर्गका प्रतिध्रुवीय वर्गले अँगाल्ने चिन्तन रहेको उहाँ बताउनुहुन्छ । राजनीतिबिनाको कृषि र कृषिबिनाको राजनीति सम्भव नहुने उहाँ बताउनुहुन्छ । “म अब सक्रिय राजनीतिमा आउँदिनँ”, उहाँ भन्नुहुन्छ, “मेरो पार्टी भनेको यही कृषि पार्टी हो ।” सत्ता सञ्चालनको विधि राजनीति भएको भन्दै उहाँले अन्य विकसित मुलुकले पनि राजनीति गर्ने तर कृषि पेशालाई नछाडेको अवस्था छ”, तर नेपालमा उल्टो भएको बताउनुहुन्छ । 

‘राजनीति सेवा हो’

आजीवन राजनीति गर्ने प्रवृत्तिको उहाँ विरोधी हुनुहन्छ । राजनीति भनेको आजीवनको पेशा नभई यो आवधिक हुने बताउनुहुन्छ । भन्नुहुन्छ, “राजनीति भनेको आजीवनको पेशा, व्यवसाय, कसैको ठेक्कापट्टा, रोजगारी होइन, यो त आवधिक समाजसेवा हो ।” राजनीति भनेको निःशुल्क, निःशर्त, निःशुल्क हुने बताउनुहुन्छ । तर अहिले त आफूबिना राजनीति नै नचल्नेजस्तो प्रवृत्ति रहेको भन्दै यसको आफू निकै विरोधी रहेको समेत बताउनुभयो । 

विष्ट दुईपटक मन्त्री भइसकेका व्यक्ति हुनुहुन्छ । पहिलोपटक स्वास्थ्यमन्त्री हुनुभएका उहाँ दोस्रोपटक पर्यटनमन्त्री हुनुभएको थियो । माओवादीको १० वर्षे जनयुद्ध सुरुआत गर्ने १९ केन्द्रीय सदस्यमध्ये एक हुनुहुन्छ उहाँ । जतिबेला उहाँलाई ‘अभ्यास’ उपनामले चिनिन्थ्यो । 

आफू ५५ वर्ष हुँदासम्म राजनीति गरेको र अब बाँकी जीवन कृषिलाई समर्पित गर्ने उहाँले बताउनुहुन्छ । “मैले राजनीतिमा ५५ वर्ष बिताएँ, अब बढी बाँचे २०/२२ वर्ष बाँचुला”, उहाँले भन्नुभयो, “अब मैले सचेत ढङ्गले राजनीति छाड्नुपर्छ, भनेर नै यो पेशा अँगालेको हुँ, अब राजनीतिमा नयाँ मान्छे आउनुपर्छ, नेतृत्व विकास गर्नुपर्छ भन्ने मेरो बुझाइ हो ।”

कम्युनिष्ट सदस्य हुने रहर

राजनीति छाडेको भनेपनि अझै पनि पार्टीको सदस्यता बन्ने रहर भने मेटिएको छैन । अलि बढी क्रान्तिकारी र इमान्दारिता देखिएको कम्युनिष्ट पार्टीको सदस्यता भने लिने अझै पनि इच्छा छ विष्टको । “मर्ने बेलामा साथीले यो हाम्रो सदस्य हो भनेर झण्डा ओडाइदेलान नि !”, उहाँले भन्नुभयो, “त्यही झण्डाका लागि जिन्दगी राजनीतिमै समर्पण गरियो, अब मर्ने बेला झण्डा किन छाड्ने, त्यसैले तुलनात्मकरूपमा अलि क्रान्तिकारीजस्तो देखिने एउटा कम्युनिष्ट पार्टीको सदस्यता लिएर मर्ने रहर छ ।” उहाँ राजनीतिप्रति भने वितृष्ण पैदा भएको बताउनुहुन्छ । उहाँले राजनीति समाजसेवाभन्दा पनि कमिशनखोरी भएको बताउनुभयो ।

त्यत्तिमात्रै होइन, राजनीतिमा षड्यन्त्रमय, रहस्यमय हुने गरेको उहाँको अनुभव छ । विष्ट भन्नुुहुन्छ, “पार्टीका शीर्ष नेतृत्वभित्रका मान्छेले मात्रै बुझ्ने र अरुले नतमस्तक भएर ताली पिट्नुपर्ने अवस्था छ, सर्वहारा वर्गको पार्टीमा यस्तो हुनु एकदम गलत हो ।” उहाँले राजनीति र अपराधबीचमा कुनै भिन्नता नभएको, सर्वहारा, श्रमजीवी वर्गको विरोधीजस्तो देखिएको बताउनुभयो ।

अहिले पनि आफूलाई राजनीतिमा आउनुपर्छ, भनी धेरैले आग्रह गर्ने गरेको बताउनुभयो । तर उहाँलाई सक्रिय राजनीतिमा आउन इच्छा छैन । त्यसरी इच्छा मर्नुमा अहिलेको निर्वाचन प्रणाली पनि रहेको उहाँ बताउनुहुन्छ । “निर्वाचन नै लड्दा रु चार/पाँच करोड खर्च हुन्छ, अझ त्यत्तिले पनि पुग्दैन”, उहाँले भन्नुभयो, “हामीले जनयुद्ध सुरु गर्दा मकै, भटमास खाएर त्यतिबेलाको राप्तीसहित जाजरकोट, डोल्पा, कालीकोटमा सङ्गठन निर्माण गरेका थियौँ, तर अब त्यस्तो राजनीति रहेन, अब त्यो कल्पना पनि गर्न सकिने अवस्था छैन ।”


प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  ११:१५
#दाङ
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्