Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कम्युनिष्ट आन्दोलनको विरासतलाई जोगाउँदै जनताबाट आशा र विश्वास आर्जन गरिरहेका छौँ : अध्यक्ष नेपाल
कम्युनिष्ट आन्दोलनको विरासतलाई जोगाउँदै जनताबाट आशा र विश्वास आर्जन गरिरहेका छौँ : अध्यक्ष नेपाल
नेपालकागज
नेपालकागज बुधबार, फागुन २५, २०७८

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको विरासतलाई जोगाउँदै जनताको आशा, भरोसा र विश्वासको केन्द्रका रुपमा आफ्नो पार्टीलाई स्थापित गर्ने दृढता व्यक्त गर्नुभएको छ । 

पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकको आज यहाँ शुभारम्भ गर्दै उहाँले कम्युनिष्ट क्रान्तिकारीधारको विरासतलाई काँधमा बोकेर अघि बढ्ने सङ्कल्पका साथ एमालेबाट विद्रोह गर्न परेको घटना सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, सामाजिक न्याय, समानता र रुपान्तरणको सवालमा जनताबाट आशा र विश्वास आर्जन गरिरहेका छौँ ।” नेता तथा कार्यकर्ताको कार्यशैली, आचरण र व्यवहारलाई नितान्त जनअपेक्षाअनुरुप सुधार्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले कम्युनिष्ट पार्टीको इज्जत जोगाउने मात्र नभई लक्ष्य र योजनालाई साकार तुल्याउन दृढताका साथ अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, “जनतासँग एकाकार भएर अघि बढ्छौँ, जनतालाई सचेतना प्रदान गर्छाैं, कार्यकर्तालाई योग्य तुल्याउँछौँ, पार्टीका सम्पूर्ण ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ, योजना र शक्ति परिचालन निर्वाचनमुखी हुनेछ ।” 

गठबन्धन दलका घटकसँग निर्वाचनमा पनि मिलेर जान सकिने बताउँदै उहाँले भन्नुभयो, “आफ्नो शक्तिका बारेमा जानकारी लिएर सही मूल्याङ्कन र विश्लेषण हुन प¥यो, एमसिसीका नाममा गठबन्धन तोड्ने अनेकौँ प्रयास भए पनि गठबन्धनबीचको सहमति कायम रहने छ ।”

पार्टी महासचिव डा वेदुराम भुसालले पार्टीको राजनीतिक प्रतिवेदनमाथि नौ समूह बनाएर छलफल  गरिने जानकारी दिनुभयो । उहाँले  सचिवालय र पोलिटब्यूरोले गरेका निर्णय प्रस्तुत भई पारित गर्नेसमेत कार्यसूची रहेको जानकारी दिनुभयो ।

पार्टी प्रवक्ता जगनाथ खतिवडाले बैठकमा एमसिसीको विषयसमेत समेटिएको राजनीतिक प्रतिवेदन, आगामी कार्ययोजना, स्थानीय तह निर्वाचन तयारी, समसामयिक प्रस्ताव र सङ्गठन विस्तार योजनाका विषयमा विस्तृत र गहन छलफल हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रव्यापीरुपमा सिङ्गो देशको राजनीतिक शक्ति र नेपाली जनतालाई चुनावी माहौल बनाउनका निम्ति, निर्वाचनमा जानका निम्ति, प्रतिस्पर्धामा भाग लिएर अघि बढ्न आह्वान गर्छाैं, पार्टीका नेता तथा कार्यकतालाई चुनावमा श्रेष्ठता हासिल गरेर पार्टीको शिर उच्च राख्न आग्रह गर्छाैं ।”

बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, नेता राजेन्द्र पाण्डे, मेटमणि चौधरी, गङ्गालाल तुलाधरसहित केन्द्रीय कमिटीका ३३५ सदस्य सहभागी रहनुभएको जानकारी दिइयो । यसअघि उक्त पार्टीले पहिलो पूर्ण बैठक गत असोज र दोस्रो बैठक कात्तिकमा सम्पन्न भएको थियो ।


प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  १४:००
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्