Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संसद् अवरोधले लज्जाबोध भयो : गठबन्धन दल, सत्तापक्ष गम्भीर नभएको एमालेको आरोप
संसद् अवरोधले लज्जाबोध भयो : गठबन्धन दल, सत्तापक्ष गम्भीर नभएको एमालेको आरोप
नेपालकागज
नेपालकागज बुधबार, फागुन १८, २०७८

काठमाडौँ । लामो समयदेखि प्रतिनिधिसभा अवरुद्ध हुँदा लज्जाबोध भएको सत्ताघटक दलहरुले बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकपछि पत्रकारसँग कुरा गर्दै सत्तारूढ दलका नेताहरुले सर्वाेच्च अदालतमा विचाराधीन विषयमा संसद्मा कुरा उठाउन नपाइने कानुनी व्यवस्थालाई उल्लङ्घन गर्दै संसद् अवरुद्ध गर्नु नाजायज भएको बताउनुभएको छ । 

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिपक्ष दल नेकपा (एमाले) प्रति सङ्केत गर्दै संसद् खुलाउन सद्बुद्धि आउनुपर्ने बताउनुभयो । “यसले लोकतान्त्रिक प्रतिबद्धताप्रति नै प्रश्न खडा गरेको र स्वयं उक्त पार्टीको आफ्नो प्रतिष्ठा खस्किएको छ”, उहाँले भन्नुभयो, “यसको मूल्य आगामी निर्वाचनमा चुकाउनुपर्ने अवस्था आउन सक्छ ।” 

जनता समाजवादी पार्टी नेपाल (जसपा) सङ्घीय परिषद्का अध्यक्ष पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भन्नुभयो, “यसरी संसद् चलिरहनु र ६ महिनादेखि बन्धक हुनु दुःखद हो, मलाई लज्जाबोध भइरहेका छ, जनताका प्रतिनिधि हामी आउँछौँ, हस्ताक्षर गर्छौं, भत्ता बुझेर हिँड्छौँ, यो राम्रो काम होइन ।” उहाँले अवरोध खुलाउनसमेत प्रतिपक्षी दललाई आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका नेता कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले परिस्थितिलाई ख्याल गरेर अत्यावश्यक कारबाही चलिरहे पनि प्रतिपक्षी दलको एकतर्फी नाराबाजी उपयुक्त नभएको बताउनुभयो । संविधानको धारा, १०५ अनुसार अदालतको विचाराधीन हुँदाहुँदै संसद्मा उठाउनै नसकिने विषय उठिरहेकोमा उहाँले चिन्ता प्रकट गर्नुभयो । मन्त्री बडूले भन्नुभयो, “सभामुखले प्रमुख प्रतिपक्षी दललाई ध्यानाकर्षण गराइरहनुभएको छ, हामी चाहन्छौँ यो अवस्था अन्त्य होस्, सबैको सहभागितामा जनताको विषयहरुको सम्बोधन होस्, हाम्री आग्रह गरिरहेका छौँ ।”

नेकपा एमालेले प्रतिनिधिसभाका १४ सांसदलाई कारबाहीका लागि निर्णय गरेर पत्र पठाए पनि सभामुखले कारबाही नगरेको भन्दै संसद् अवरोध गर्दै आएको छ ।

सत्तापक्ष गम्भीर भएनः एमाले

नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्ष दल संसद्को ‘वेल’मा गएको विषय सत्तापक्षका लागि गम्भीर विषय नै नभएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “उहाँहरुले आनन्द मानिरहनुभएको छ, यो विषयमा सत्तापक्ष गम्भीर छैन, हामी बारम्बार भनिरहेका छौँ, हामीले उठाएका विषयमा गम्भीर हुनुप¥यो ।” उहाँले संसद्को अवरोध रहर नभई बाध्यता भएको पनि बताउनुभयो ।

संसद्को नेता भनेको सभामुख अग्निप्रसाद सापकोटा रेफ्री भए पनि उहाँले हाम्रै पोष्टभित्र गोल हानेकाले अप्ठेरो स्थिति सिर्जना भएको नेता नेम्वाङको भनाइ छ ।
 


प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १७:०८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्