Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • बर्दियामा पत्रकारहरुसंग बाल अधिकार सम्बन्धि संवेदनशील रिपोर्टिङ कसरी गर्ने भन्ने बारे छलफल
बर्दियामा पत्रकारहरुसंग बाल अधिकार सम्बन्धि संवेदनशील रिपोर्टिङ कसरी गर्ने भन्ने बारे छलफल
नेपालकागज
नेपालकागज सोमबार, फागुन ९, २०७८

बर्दियामा पत्रकारहरुसंग बाल अधिकार सम्बन्धि संवेदनशील रिपोर्टिङ कसरी गर्ने भन्ने बारे गहन छलफल

बर्दिया । बाल अधिकार, लैंगिक समानता, परम्परागत हानिकारक रिपोर्टिङ अभ्यासहरु र बाल संवेदनशील रिपोर्टिङ प्रणालीबारे सरोकारवालाहरुले बर्दियाका संचारकर्मी पत्रकारहरुसंग छलफल/तालिम गोष्ठी गरेका छन । 

उक्त छलफल/तालिम कार्यक्रममा संचारकर्मी पत्रकारहरुले बालबालिका सम्बन्धी रिपोर्टिङ, सोधखोज र अनुसन्धान गरेर प्रकाशन प्रसारण गर्ने क्रममा विभिन्न समस्याहरु आउने गरेको सरोकारवालाहरुलाई जानकारी गराउनुभएको थियो ।

छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दिया जिल्ला अध्यक्ष यादव आचार्यले बर्दिया जिल्लामा रहेका सम्पुर्ण पत्रकारहरुले बालअधिकारको बारेमा आवाज उठाउन कुनै कसर नछाडेको बताउनुभयो ।

उहाँले भन्नुभयो, "बालबालिकाको हक अधिकार र लैंगिक समानताकोलागी बर्दिया जिल्लाका पत्रकारहरु दत्तचित्त भएर लाग्नुभएको छ तर ती घटनाहरुमा कतिपय अवस्थामा संचारकर्मीलाई नै कठिनाइ आउने भएकाले तालिमले सहज बनाउने विश्वास छ ।"

उहाँले बर्दिया जिल्लाका संचारकर्मीहरुले बाल अधिकार, लैंगिक समानताका बारेमा सशक्त रुपमा आवाज उठाइरहेको बताउनुभयो ।

त्यस्तै वरिष्ठ पत्रकार बालकृष्ण ओलीले अपांगता भएका, कमजोर आर्थिक अवस्था भएका तथा वृद्धबृद्धाहरुको क्यारिकेचर(नक्कल/अभिनय/हाँसोको पात्र बनाउने)गरेर विपन्न वर्गका नागरिकहरुको प्रतिबिम्ब स्वरुप टेलिसिरिएल तथा धाराबाहिकहरुमा हाँस्यको पात्र बनाएकोमा दुख ब्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, "बालबालिका, विपन्न वर्ग तथा लैंगिक समानताको विषयमा भेदभाव पुर्ण रुपमा धाराबाहिकहरुमा देखाएर उनिहरुलाई हास्यास्पद तरिकाले प्रस्तुत गरिएको छ । यो गम्भीर विषय हो ।"

त्यस्तै नेपाल प्रेस युनियनका सचिव दुर्गा आचार्यले टेलिभिजनकर्मीहरुलाई बालबालिकासंग सम्बन्धित रिपोर्टिङका क्रममा धेरै समस्यासंग जुध्नुपर्ने अवस्था रहेको बारे अवगत गराउनुभयो ।

त्यस्तै नेपाल कागजका सह-सम्पादक पत्रकार सन्दिप योगीले बालबालिकाको बारेमा रिपोर्टिङ गर्दै समाजलाई झकझक्याउँदै बालअधिकारका बारेमा बोध गराउनु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, "नेपाल पत्रकार महासंघ बर्दियाको समन्वयमा पत्रकारहरुलाई दिइएको तालिम र गरिएको छलफलले सकारात्मक उर्जा थपेको छ । नेपाल पत्रकार महासंघ, बर्दियाको अहम भुमिकामा  बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनल संस्थाले गहन छलफल गर्ने प्ल्याटफर्म उपलब्ध गराउँदै तालिम दिएकोमा धन्यबाद । बालबालिकाहरुको हक,हित अधिकार लगायत लैंगिक समानता र बाल संवेदनशील रिपोर्टिङ प्रणाली बारे गहन छलफल र तालिमले बर्दियाको पत्रकारिताको क्षेत्रमा थप नयाँ आयाम थपेको छ ।"

२०७८ फाल्गुन ९ देखि ११ सम्म उक्त कार्यक्रम बर्दियाको गुलरियामा चल्ने आयोजकहरुले जानकारी दिनुभएको छ । पत्रकारहरुलाई लैंगिक समानता, बाल अधिकार सम्बन्धी संबेदनशिल विषयमा लेख्दा प्रकाशन प्रशारण गर्दा अपनाउनुपर्ने साबधानी तथा ती सम्बन्धि कानुन तथा ऐन बारे नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रॠषि चौलागाईंले तालिम दिनुभएको थियो । उहाँले बाल अधिकार, लैंगिक समानताका बारे लेख्दा परम्परागत शैलीमा गरिने रिपोर्टिङमा परिवर्तन ल्याउनुपर्ने बारे तालिममा प्रकाश पार्नुभएको थियो ।

बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनल संस्थाको नेपाल पत्रकार महासंघ, बर्दियासंगको समन्वयमा भएको छलफल/तालिमको पहिलो दिनमा जिल्लाका क्रियाशिल पत्रकारहरु र सरोकारवालाहरुको बिचमा बाल अधिकार, लैंगिक समानता, परम्परागत हानिकारक अभ्यासहरु र बाल संवेदनशील रिपोर्टिङ प्रणाली बारे गहन छलफल भएको थियो ।

बालबालिकाहरुको बारेमा रिपोर्टिङ गर्दा पत्रकारले के कस्ता कुरामा ध्यान दिनु पर्ला भन्ने विषयको बारेमा समेत छलफल भएको थियो ।

बालबालिकाको तस्वीर प्रयोग गर्दा ब्लर गरेर वा अनुहार नदेखिने गरि प्रकाशन प्रशारण गर्न पत्रकारहरुलाई प्रशिक्षक तथा महासंघ लुम्बीनि प्रदेश उपाध्यक्ष चौलागाईंले ध्यानाकर्षण गराउनुभएको थियो ।

कार्यक्रममा बर्दियाका क्रियाशिल पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

 


प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  २२:४४
#चौथो अंग #बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्