Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • तीन महिना देखि पुर्णता पाउन नसेकोको सरकार: केन्द्रको निर्णय कुर्दै कर्णालीका सत्तागठबन्धन दल
तीन महिना देखि पुर्णता पाउन नसेकोको सरकार: केन्द्रको निर्णय कुर्दै कर्णालीका सत्तागठबन्धन दल
नेपालकागज
नेपालकागज मंगलबार, माघ ११, २०७८

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको सरकार गठन भएको तीन महिना पुग्न थालेको छ । 

गत वैशाख ३ गते सत्ता गठबन्धन दलभित्र भएको सहमतिअनुसार निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गतकात्तिक १५ गते पदबाट राजीनामा दिएपछि नेपाली काँग्रेसका  जीवनबहादुर कात्तिक १६ मा मुख्यमन्त्री बन्नुभएको थियो । 

सत्ता गठबन्धन दलभित्रै सहमति हुन नसकेपछि उहाँको नेतृत्वको सरकारले तीन महिनादेखि पूर्णता पाउन सकेको छैन । 

लामो समयसम्म मन्त्रालय मन्त्रीविहीन हुँदा काममा प्रभावित हुन थालेको जनाइएको छ । सङ्घीय व्यवस्था कार्यान्वयनको प्रारम्भदेखि राजनीतिक उतारचढावको सुरुआत कर्णालीबाट हुने तर त्यसको अधिकतम टुङ्गो केन्द्रले लगाउनुपर्ने निरन्तरताको क्रम भङ्ग यस पटक पनि हुन सकेन । 

सरकारको पूर्णताका लागि सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बीच पटकपटक छलफल भयो  तर उचित निकास निस्केन । 

सत्तारुढ दल माओवादी केन्द्रले चार, कांग्रेसले मुख्यमन्त्रीसहित तीन र एकीकृत समाजवादी पार्टीले तीन मन्त्री पाउनुपर्ने अडानबाट पछि नहट्दा गठबन्धन सरकारले पूर्णता नपाएको  जनाइएको छ  ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका हिसाबले माओवादी केन्द्रका १२, कांग्रेसका छ र समाजवादीका तीन  सदस्य छन् । 

ठूलो दल, राजनीतिक इमान्दारिता, आपसी सहमतिका आधारले सबैले आफ्नो माग पूरा हुनुपर्ने माग राख्दा १० मन्त्री बनाउनुपर्ने हुन्छ तर प्रदेशसभाको कूल सदस्य सङ्ख्याको २० प्रतिशत मन्त्री बन्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् मात्र बन्दछ । यसको अर्को विकल्प छैन । 

संवैधानिक प्रावधानबारे अवगत र मन्त्रालय टुक्र्याउने मामिलामा विकल्पविहीन हुँदा पनि गठबन्धन दलभित्रको अडान कायम रहेपछि सरकारको पूर्णता ढिलो भएको जनाइएको छ   । धेरै पटकको प्रयासबाट सरकार पूर्णतामा सत्ता गठबन्धनभित्र सहमति हुन नसकेका कारण अन्तिम टुङ्गो लगाउन केन्द्रलाई दिइएको मुख्यमन्त्री जीवनबहादुले जानकारी दिनुभयो ।

“सरकारलाई पूर्णता दिने सवालमा सत्ता गठबन्धन दलभित्र ठूलो छलफल भयो, “उहाँले भन्नुभयो, “तर परिपक्व निर्णय हुन सकेन । आखिरी समयसम्म पनि सहमति जुट्न नसकेपछि यसको अन्तिम टुङ्गो लगाउने केन्द्रलाई जिम्मा दियौँ ।” राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्नपछि दुई÷तीन दिनभित्र केन्द्रको निर्णय आउने र सरकारले पूर्णता पाउने उहाँले जानकारीदिनुभयो । 

निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुरले सरकारको नेतृत्व गर्नुभएका मुख्यमन्त्री जीवनबहादुरले यसको सहि निकास दिन नसकेको टिप्पणी गर्नुभयो । “गत वैशाखमा हामी गठबन्धनबीच भएको सहमतिअनुसार मैले सरकारको नेतृत्व गर्दा तत्कालीन नेकपा एमाले ९हालको समाजवादी० र कांग्रेसलाई मिलाएकै थिए”, उहाँले भन्नुभयो, “त्यो अग्रसरता हालका मुख्यमन्त्रीले लिनुपथ्र्यो ।” 

सत्ता गठबन्धन मिलाउन आफूले त्यतिबेला कांग्रेसको मागलाई पूर्ति गर्दै समाजवादी पार्टीलाई पनि विशेष स्थान दिएर सरकार सञ्चालन गरेको निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुरले बताउनुभयो । केन्द्रमा पठाए पनि माओवादीले चार मन्त्री नछोड्ने जनाउँदै उहाँले सरकारको नेतृत्व गर्नुभएका मुख्यमन्त्री जीवनबहादुरले केही त्याग गरेको भए केन्द्रको निर्णय कुर्नुपर्ने अवस्था नआउने राससलाई जनाउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक देवी ओलीले सङ्घीयता संरचनामा आए पनि मानसिकता नआउँदा हरेक निर्णय केन्द्रकै भरमा बस्नुपर्ने अवस्था आएको बताउनुभयो । गत वैशाख ३ गते ‘फ्लो क्रस’ गर्दाको सहमति कार्यान्वयनमा नआएका कारण सरकारले पूर्णता पाउन नसकेको उहाँले प्रतिक्रिया दिनुभयो ।  

उहाँले भन्नुभयो, “समस्या पर्दा प्रयोग गर्ने तर समाधान भइसकेपछि बिर्सने प्रवृत्तिले कर्णालीमा यो अवस्था आयो । गठबन्धन दलभित्र भएको सहमति अहिले ‘खोलो त¥यो लौरो बिस्र्यो’ भने जस्तै भएको छ ।” पछिल्लो समयमा नेपाली राजनीतिमा इमान्दारिता, विश्वसनीयताको खडेरी हुँदै जाँदा जनताका पक्षमा अपेक्षित काम हुन नसकेको उहाँको भनाइ थियो ।

केन्द्रको निर्णय कुर्दै बसेको गठबन्धन दलका लागि कर्णाली सरकार पूर्णताको अन्तिम टुङ्गो प्रधानमन्त्री एव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एव  पूर्वप्रधानमन्त्री माधव नेपालले लगाउनुहुने जनाइएको छ । 


प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  १६:१५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्