Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  • सरकारी कार्यालय र कम्पनी नै पालना गर्दैनन् सरकारी मापदण्ड
सरकारी कार्यालय र कम्पनी नै पालना गर्दैनन् सरकारी मापदण्ड
नेपालकागज
नेपालकागज सोमबार, माघ १०, २०७८

तस्वीर: मापदण्ड विपरित बनाउँदै गरेका पर्खाल । 
काठमाडौँ सिंहदरबार अगाडि पुतली सडक, सिंह दरबारको पश्चिम भाग थापाथली हुँदै बग्ने टुकुचा खोलाको माइती घर भद्रकाली बीच भागमा मापदण्ड विपरित फनल्याण्ड ईन्टरटेनमेन्ट प्रालिले बनाउँदै गरेका पर्खाल । 

काठमाडौँ । सरकारले तोकेको मापदण्डविपरीत सरकारी कार्यालय र कम्पनीले नै इच्छुमती (टुकुचा) खोला दायाँबायाँ जग्गा नछाडी संरचना निर्माण गरिरहेका छन् । 

मन्त्रिपरिषद्ले विसं २०६५ मङ्सिर १ गते काठमाडौँ उपत्यकाभित्रका नगरपालिका र नगरोन्मुख गाविसहरुमा गरिने निर्माणसम्बन्धी मापदण्ड २०६४ मा संशोधन गरेको थियो । संशोधनअनुसार खोला किनारमा निर्माण गर्दा वाग्मती, विष्णुमती र मनोहरा खोलाको दायाँबायाँ २०÷२० मिटर, रुद्रमती (धोबीखोला) का हकमा धोबीखोला आयोजनाले तोकेको दूरी र आयोजना नभएको स्थानमा नौ मिटरको मापदण्ड तोकिएको थियो । 

यसैगरी नख्खु खोलाको दायाँबायाँ १२÷१२ मिटर, बल्खु, कर्मनासा, कोड्कु, साङ्ले र महादेव खोलामा १० मिटर, करखुसी खोलामा छ मिटर मापदण्ड मन्त्रिपरिषद्ले तोकेको थियो । टुकुचा, सामाखुसी र काठमाडौँ उपत्यकामा बग्ने अन्य खोलामा चार मिटर छाडेरमात्र निर्माण गर्न पाइने मापदण्ड खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पालना नगरेको भेटिएको छ । संरचना निर्माण गर्दा राजकुलो छोप्न नपाइने मापदण्ड पनि मन्त्रिपरिषद्ले पारित गरेको थियो ।

काठमाडौँ महानगरपालिका–११ भद्रकालीप्लाजास्थित कम्पनीका नाममा रहेको कित्ता नं. २३९५ को सात रोपनी जग्गा भाडामा दिँदा मन्त्रिपरिषद्को मापदण्ड मिचेको भेटिएको हो । कम्पनीले विसं २०७४ मा कम्पनीको जग्गा भाडामा लगाउन सार्वजनिक सूचना प्रकाशन गरेको थियो । बीसभन्दा बढी कम्पनीले बोलपत्र हालेकामा सबैभन्दा बढी भाडा कबोल गर्ने फनल्याण्ड इन्टरटेनमेन्ट प्रालिलाई मासिक रु १० लाख ५१ हजारमा दिने सम्झौता विसं २०७४ असार ७ गते गरिएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले राससलाई जानकारी दिनुभयो । 

कम्पनीले मनोरञ्जनात्मक कामका लागि सात रोपनी जग्गा भाडामा दिँदा कानुन बमोजिम गर्ने भनी दोस्रो पक्षसँग सम्झौता गरेको उहाँले बताउनुभयो । कम्पनीले कानुनबमोजिम गर्ने भनी सम्झौता गरेको दाबी गरिए पनि फनल्याण्ड इन्टरटेनमेन्ट प्रालिले भने नदीको दायाँबायाँ छाड्नुपर्ने मन्त्रिपरिषद्को मापदण्ड पालना गरेको छैन । 


काठमाडौँ उपत्यका विकास प्राधिकरणका सहप्रवक्ता दीनेशकृष्ण पोते टुकुचा किनारमा मापदण्ड लागू भएको वर्ष विसं २०६५ पछि निर्माण हुने संरचनाले यो नियम पालना गर्नुपर्ने बताउनुहुन्छ । मापदण्ड मिचेर बनेका संरचनालाई जतिबेला पनि सरकारले भत्काउन सक्ने प्राधिकरणले जनाएको छ । टुकुचाको तलदेखि माथिसम्म धेरै स्थानमा सरकारी कार्यालयले मापदण्ड पालना गरेका छैनन् । 
    
सो प्रालिलाई भाडामा दिनुअघि कम्पनीले मनोज ड्राइभिङ सेन्टर प्रालिलाई सात रोपनी जग्गा भाडामा दिएको थियो । त्यसबेला मासिक रु ३० हजार मात्र भाडामा दिइएको भन्दै विरोध भएपछि सम्झौता तोडेर नयाँ कम्पनीलाई भाडामा दिइएको हो । ड्राइभिङ सेन्टरलाई भाडामा दिँदा पनि मापदण्डअनुसार जग्गा छाडिएको थिएन । 

माइतीघर–भद्रकाली सडकमा खाद्य कम्पनीको १६ रोपनी चार आना जग्गा माइतीघर–भद्रकाली सडक खुल्दा कम्पनीकै नाममा रहेको धेरै जग्गा बाटोमा परेको सूचना अधिकारी सुवेदीले सुनाउनुभयो । यो सडकमा कम्पनीको १६ रोपनी चार आना दुई पैसा तीन दाम जग्गा परेको छ । त्यसको अहिले पनि कम्पनीले सरकारसँग मुआब्जा माग गरिरहेको छ । यसको मुआब्जा मालपोत कार्यालयले तोकेको न्यूनतम रु ८३ करोड ४७ लाख २६ हजार माग गरिएको हो । 
माइतीघर–भद्रकाली सडक खुलेपछि टुकुचा किनारको दायाँबायाँ मापदण्ड अनुसारको जग्गा खाली गरी सडक निर्माण गरे राजधानीको भित्री भागमा हुने जाम कम गर्न सहयोग पुग्ने भए पनि सरोकार भएका सरकारी निकायको यसतर्फ ध्यान जान सकेको छैन । सरकारी निकायले नै सरकारले तोकेको मापदण्डअनुसारको नदी दायाँबायाँको भाग नछाडेपछि निजीलाई भन्न सक्ने अवस्था छैन ।

टुकुचा किनार दायाँबायाँको सडक खोल्न सके भद्रकालीप्लाजामा रहेका नेपाल टेलिकम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, राष्ट्रिय महिला आयोग, राष्ट्रिय समाचार समिति (रासस), नेपाल स्टक एक्सचेञ्ज (नेप्से), नेपाल टेलिभिजन व्यापार महाशाखा, नेपाल कृषि अनुसन्धान परिषद (नार्क), राष्ट्रिय वाणिज्य बैङ्कलगायत सरकारी निकायमा कार्यरत कर्मचारी र अन्यलाई समेत सवारी ओहोरदोहोर गराउन सहज हुनेछ । 

व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द भने टुकुचा खोला नभई नाली भएकाले यसमा कुनै मापदण्ड नहुने दाबी गर्नुहुन्छ । “टुकुचाको माथिदेखि नै यस्तै छ, सम्झौता भइसकेपछि म कम्पनीमा आएकाले यस विषयमा थप जानकारी कम्पनीको सम्पत्ति व्यवस्थापन महाशाखाबाट लिनुस्”, उहाँले भन्नुभयो । महाशाखा प्रमुख माधव अर्याललाई यस विषयमा पटकपटक सम्पर्क गर्दा उहाँले फोन उठाउनुभएन ।


प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १७:०४
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त 
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त  मंगलबार, असार १२, २०८१
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन्
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन् सोमबार, फागुन १४, २०८०
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार......
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार...... सोमबार, फागुन ७, २०८०
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता मंगलबार, फागुन १, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्