Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमाले बर्दिया अधिवेशन: नेताहरुले भने, 'सर्वसम्मतिले जिल्ला कमिटी नेतृत्व चयन हुन्छ'
एमाले बर्दिया अधिवेशन: नेताहरुले भने, 'सर्वसम्मतिले जिल्ला कमिटी नेतृत्व चयन हुन्छ'
हरि गुरुङ
हरि गुरुङ बिहीबार, पुस २२, २०७८

एमाले बर्दिया अधिवेशन: नेताहरुले भने, 'सर्वसम्मतिले जिल्ला कमिटी नेतृत्व चयन हुन्छ'

हरी गुरुङ, सन्दिप नाथ योगी । नेकपा एमाले जिल्ला कमिटी बर्दियाले बिहीबार, पुस २२, गते पत्रकार सम्मेलन गर्दै आफ्नो नवौँ जिल्ला अधिवेशनको तयारी बारे जानकारी दिएको छ । उक्त पत्रकार सम्मेलन कार्यक्रममा नेताहरुले सकेसम्म सर्वसम्मतिले नेतृत्व चुनिने, त्यो हुननसके निर्वाचन प्रकृयामा जाने जानकारी दिए ।

एमाले नेता तथा बर्दिया जिल्ला कमिटी अध्यक्ष लाल बहादुर श्रेष्ठले जिल्ला अधिवेशनको पुर्वतयारी सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले राष्ट्रिय बिधान महाधिवेशन सर्वसम्मत रुपमा सम्पन्न भएको र बिचार, निती, सिद्धान्तको बिषयमा कुनैपनी पार्टीले गर्न नसकेको राष्ट्रिय बिधान महाधिवेशन हुँदै राष्ट्रिय महाधिवेशन एमालेले गरेको अवस्थामा जिल्लामापनी सर्वसहमतिका आधारमा जिल्ला अधिवेशन हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, "बर्दिया जिल्लाको ७५ वटा वडा र ८ वटै पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएकाले स्वत: सर्वसम्मत रुपमा जिल्ला कमिटी चुनिन्छ । प्रत्यक पालिका र वडामा सर्वसहमतीबाट नेत्रित्व चुन्न सहजिकरण गर्यौँ, प्रयास गर्यौँ, मेहेनत गर्यौँ भने अब हामी आफैले जिल्ला कमिटिको नेतृत्व चुन्न निर्वाचनमा जाँदा नैतिक दबाब पर्ने हुन्छ । त्यसैले हामी सर्वसहमतिका आधारमा जिल्ला कमिटिको नेतृत्व चयन गर्छौँ ।" 

त्यस्तै एमाले नेता तथा जिल्ला कमिटी उपाध्यक्ष शालिकराम अधिकारीले अब नेकपा एमाले एकताबद्ध रुपमा अगाडि बढ्ने बताउनुभयो । उहाँले नेकपा एमालेले राष्ट्रिय बिधान महाधिवेशन, राष्ट्रिय महाधिवेशन गरेर एमाले निती, बिचार र सिद्धान्तको आधारमा र जनताको आवाज बनेर अगाडि बढ्ने पार्टी रहेको सन्देश प्रवाह गर्न सफल भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, "नेकपा एमाले यस्तो पार्टी हो जस्ले बिचार, बिधी र सिद्धान्तको आधारमा छलफल चलाएर, त्यसबाट निती निर्धारण गरेर सिंगो पार्टीलाई अगाडी बढाएको छ । हाम्रा सदस्यहरु घटेका छैनन बढेका छन र आउने चुनावमा नेकपा एमाले जनाताको पहिलो पार्टी भएर उभिन्छ ।"

त्यस्तै एमालेका नेता, केन्द्रिय सदस्य तथा पत्रकार सम्मेलन कार्यक्रमका प्रमुख अतिथी लक्षमण ज्ञवालीले अब आउने निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी हुने बताउनुभयो । उहाँले नेकपाको निरन्तरता नै एमाले रहेको बताउनुभयो । उहाँले माओवादीका धेरै साथीहरु एमालेमानै रहेको र फर्कने क्रम जारी नै रहेको बताउनुभयो । उहाँले एकीकृत समाजवादी, नेता बामदेव गौतमसंग एकता अभियानमा लागेका सबै साथीहरु एमालेमा फर्किएकाले अब देशलाई नेतृत्व गर्ने पार्टी एमाले भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, "मधेशवादी दल र नेपाली कांग्रेसबाट समेत तल्लो तहमा नेता कार्यकर्ताहरु लामबद्ध भएर एमालेमा फर्किरहेका छन ।" उहाँले अगाडि भन्नुभयो, "नेकपा एमालेलाई बिभाजित गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ती लागेतापनी हामीहरु एक छौँ । हामी बर्दियाको बिकास र समृद्धिका निम्ती काम गर्छौँ । अब आउने निर्वाचनमा बर्दियाका सबै पालिकामा एमाले नेतृत्व आउँछ र बर्दियाको विकासमा सबै पार्टीसंग समन्वय र हातेमालो गरेर अगाडि बढ्छ ।"

कार्यक्रममा नेताहरुले शुक्रबार, पुस २३, २०७८ भोली बन्दसत्र हुने र सर्वसहमतिका आधारमा नेतृत्व चयन हुने जानकारी दिए । कथंकदाचित सर्वसहमती नभए निर्वाचन गरिने र निर्वाचनकालागी गर्नुपर्ने आवश्यक काम-कारबाही गरिसकिएको नेताहरुले जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्य, प्रेस चौतारी बर्दियाका अध्यक्ष डिलप्रकाश गौतम, जिल्लाका पत्रकारहरुको उपस्थिति रहेको थियो । आज भएको उक्त कार्यक्रममा एमाले नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  १९:०८
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्