Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  • उत्खननले टीकापुर जोखिममा: कर्णाली नदीमा नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का बन्द
उत्खननले टीकापुर जोखिममा: कर्णाली नदीमा नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का बन्द
नेपालकागज
नेपालकागज सोमबार, पुस १२, २०७८

भजनी । कर्णाली नदीमा भइरहेको उत्खननका कारण टीकापुर जोखिममा परेको भन्दै जनस्तरबाट गुनासो आउन थालेपछि टीकापुर नगरपालिकाले चालू आर्थिक वर्षमा कर्णाली नदीमा नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का बन्द गरेको छ ।

यसभन्दा पहिलेका वर्षमा नगरपालिकाले नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का प्रक्रियामार्फत नदीजन्य पदार्थको उत्खनन गराउँदै आएको भए पनि यसवर्ष बाढीका कारण टीकापुर क्षेत्रमा ठूलो क्षति भएकोले पनि नगरपालिकाले नदीको ढुङ्गा, गिट्टी तथा बालुवाको उत्खननका लागि ठेक्का नदिएको हो ।

नगरपालिकाले ठेक्का दिएपछि निर्माण व्यवसायीले मापदण्डअनुसार नदीजन्य पदार्थको उत्खनन गर्नुपर्ने भए पनि त्यसको अनुगमन हुन नसक्दा र सजिलो ठाउँबाट आवश्यकता भन्दा बढी दोहन गर्दा राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना नै खतरामा पर्न लागेको भन्दै गुनासो बढ्न थालेको थियो । त्यसपछि यसवर्ष नदीजन्य पदार्थको उत्खनन बन्द गरेको टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्रबहादुर रावलले बताउनुभएको छ ।

“उत्खननकै कारण कर्णाली नदीको जोखिम बढ्यो भन्ने कुरा आएपछि हामीले पनि त्यहीँ महसुस गरेर उत्खननको कामलाई बन्द गरेका हौं”, नगरप्रमुख रावलले भन्नुभयो,“तोकिएको अवधिमा ठेक्का नजाने र भनेको समयमा बन्द पनि गर्न पनि ठेकेदारले आनाकानी गर्ने भएका कारणले पनि केही समस्या ल्याएको थियो ।” यदी कुनै ठाउँबाट उत्खनन गर्नुपर्ने अवस्था आएमा आफ्नै स्रोतसाधनको प्रयोग गरेर काम गर्ने तयारी रहेको जनाइएको छ । नगर प्रमुख रावलले रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कर्णाली नदीमा गर्दै आएको तटबन्ध ७५ प्रतिशत फेल भइसकेको बताउनुभयो ।

उहाँले नदीको बहावलाई मध्यनजर गरेर निर्माण गरिएको भनिए पनि तटबन्धको कारण सुरक्षित भइन्छ भन्नु गलत सावित भइसकेको बताउनुभयो । उता जानकी गाउँपालिकाले भने चालू आर्थिक वर्षमा पनि नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का दिएको छ ।

गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले तत्कालीन जिल्ला विकास समितिले नै उत्खननको काम सुरु गरेको बताउँदै पालिकाले बन्द गरेपनि उत्खननको काम नरोकिने बताउनुभयो । “उत्खननले जोखिम बढाएको भन्नु गलत हुनसक्छ । तर अनियन्त्रित उत्खननले भने निकै जोखिम बढाएको छ”, गाउँपालिकाका अध्यक्ष चौधरीले भन्नुभयो, “नदीकाबीच भागमा भएका टापुलाई उत्खनन गर्न सकेको अवस्थामा भने धेरै राम्रो हुनसक्छ । ”

त्यस्ता टापु उत्खननका लागि ठेक्का दिएको उहाँको भनाइ थियो । । गाउँपालिकाले पाँच ठाउँबाट नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का दिएको छ । सामुदायिक वनसँग अधिकांश क्षेत्र जोडिएका कारणले पनि ठेक्का प्रक्रियामा नगए पनि चोरी निकासीबाट उत्खनन नरोकिने भएपछि बाध्य भएर ठेक्का दिनुपरेको अध्यक्ष चौधरी बताउनुहुन्छ । 

“हामीसँग टीकापुर नगरपालिकाको जस्तो आफ्नै स्रोतसाधन पनि छैन । आवश्यक परेको समयमा उत्खनन गरेर थुपार्न सक्ने”, अध्यक्ष चौधरीले भन्नुभयो, “विगतका वर्षभन्दा यसवर्ष कडाइका साथ अनुगमन पनि गरेका छौँ । मापदण्डअनुसार मात्रै नदी उत्खननको ठेक्का दिएका छौँ ।”

टीकापुर, लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाको क्षेत्र पर्ने कर्णाली नदीमा हुँदै आएको अस्वभाविक दोहनले राष्ट्रिय गौरवको आयोजना नै धरापमा पर्ने खतरा बढेकोमा सरोकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन् । उता लम्की चुहा नगरपालिकाले पनि उत्खननको ठेक्का दिँदै आएको छ ।
 


प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १६:४७
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त 
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त  मंगलबार, असार १२, २०८१
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन्
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन् सोमबार, फागुन १४, २०८०
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार......
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार...... सोमबार, फागुन ७, २०८०
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता मंगलबार, फागुन १, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्