Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • दाङमा सडक दुर्घटनाका घटना बढ्दो क्रममा: जीर्ण सडक र मानवीय लापरबाहीले दुर्घटना धेरै
दाङमा सडक दुर्घटनाका घटना बढ्दो क्रममा: जीर्ण सडक र मानवीय लापरबाहीले दुर्घटना धेरै
नेपालकागज
नेपालकागज सोमबार, पुस १२, २०७८

दाङ (देउखुरी) । यही कात्तिक २१ गते सल्यानबाट दाङ आउँदै गरेको रा १ ख २५५२ नम्बरको यात्रु बोकेको बस कपुरकोट गाउँपालिका– ५ खारखोलामा दुर्घटनामा प¥यो । सो बसमा सवार १२ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए ।

घोराही १० नारायणपुरकी इन्दिरा अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो । इन्दिराका भाइ प्रमोद गौतम र उहाँकी बहिनी सख्त घाइते हुनुभयो । तिहारको टीका लगाएर दाङ फर्कंदै गर्दा उहाँँहरु सवार बस दुर्घटनामा परेको थियो । बस खसेपछि आफूले केही थाहा नपाएको र घटना भएको आधा घण्टापछि अर्ध होसको अवस्थामा घरमा श्रीमतीलाई फोन गरेर आफू चढेको बस दुर्घटना भएको जानकारी गराएको उहाँले बताउनुभयो । 

कोहलपुर अस्पतालमा १५ दिन सघन उपचार कक्षमा उपचार गरेर केही सुधार भएपछि नेपालगञ्जमा एक महिना थेरापी गरेपछि अहिले घरमा आराम गरिरहेको उहाँले बताउनुभयो । उहाँको घाँटी र छातीमा चोट लागेकाले निको हुन समय लाग्ने डाक्टरले बताएको उहाँले भन्नुभयो । प्रमोद र उहाँकी बहिनी गम्भीर घाइते हुनुभएको थियो  । 

घोराही तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका ६ हात्तीखौवा नजिकै यही कात्तिक ७ गते घोराहीबाट तुलसीपुर जाँदै गरेको ना ख ७६३३ नम्बरको  बस पल्टिँदा सोही बसका सहचालक घोराही १० का २८ वर्षीय प्रेम परियारको मृत्यु भएको थियो भने २१ जना घाइते भएका थिए । 

अचेल सडक दुर्घटनाका घटना दैनिक जसो हुने गरेका छन् । यस्तो घटनामा ठूलो मानवीय क्षति हुने गरेको छ ।नेपाल पत्रकार महासङ्घ दाङ शाखा र ग्लोबल नेप्लिज न्यूज नेटवर्क युकेको आयोजनामा आइतबार ‘सडक दुर्घटना न्यूनीकरणमा कसको जिम्मेवारी’ विषयक अनलाइन अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव शिवहरि सापकोटाले सडक सुरक्षामा सरकारले गरेका प्रयासको बारेमा जानकारी गराउनुभएको थियो । 

उहाँले यातायात व्यवस्था विभागबाट सञ्चालन गरिने सचेतनामूलक विभिन्न कार्यक्रम, सडक सूचना बोर्ड र सडक सङ्केत चिन्ह तथा राष्ट्रिय सडक सुरक्षा कार्ययोजना २०२१ देखि २०३०को बारेमा जानकारी गराउनुभएको थियो । काठमाडौँ मेडिकल कलेजका कम्युनिटी मेडिसिनका विभागीय प्रमुख डा सुनीलकुमार जोशीले जीर्ण सडक र पुराना गाडीका कारण सडक दुर्घटना दिनप्रतिदिन वृद्धि भएको बताउनुभयो । 

डा पुष्पराज पन्तले दुर्घटना न्यूनीकरणमा गर्न सकिने उपायमा हेलमेट लगाएर मात्र सवारी चलाउने, मादकपदार्थ सेवन गरी सवारी नहाक्ने, तीव्रगतिमा सवारी नहाक्ने, सवारी चलाउदा मोबाइल फोन प्रयोग नगर्ने, सडक सङ्केत चिन्हको पालना गर्ने र पैदलयात्रुलाई पहिलो प्राथमिकता दिने हो भने सडक दुर्घटनाले भइरहेको क्षति, दुर्घटना कम गर्न सकिने बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी योगेन्द्रसिंह थापाले दुर्घटना न्यूनीकरणका लागि सवारीसाधन जाँच, कारबाही र सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । कच्ची सडक जस्ताको तस्तै हुनु, सवारीको चाप वृद्धि हुँदै गएको र मानवीय लापरबाहीका कारण सडक दुर्घटना हुने गरेको उहाँले बताउनुभयो ।  

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवं सडक दुर्घटना र चोटपटकसम्बन्धी अनुसन्धानकर्ता भगवती सेढाइँले कार्यक्रमको निष्कर्ष प्रस्तुत गर्नुभएको थियो  । नेपाल सरकारले सडकलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो । ट्राफिक प्रहरीको सक्रियता, सडकको अवस्था सुधार, सवारी चालक अनुमतिपत्र वितरणमा गम्भीरता जस्ता विषयमा सरोकारवालाले ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो ।  पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले सडक दुर्घटना न्यूनीकरणमा मिडियाले खेल्न सक्ने भूमिकाबारे प्रकाश पार्नुभएको थियो । 


प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १५:३०
#दाङ
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्