Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • दाङमा आमाबुबाबाट अलग्गिएका बालबालिका निकृष्ट प्रकारको श्रम गर्न बाध्य
दाङमा आमाबुबाबाट अलग्गिएका बालबालिका निकृष्ट प्रकारको श्रम गर्न बाध्य
नेपालकागज
नेपालकागज आइतबार, पुस ११, २०७८

दाङ । तुलसीपुर उपमहानगरपालिका–६ की रेखा चौधरी १२ वर्षको पुगिन् । अहिले उनलाई आफू र आफ्नो १० वर्षीया बहिनी रेणुका चौधरीलाई  कसरी पालनपोषण तथा पढाइको खर्च जुटाउने भन्ने चिन्ताले पीरोलिरहेको बताउँछिन् ।
 
घरखर्च चलाउन र बहिनीलाई पढाउन उनले बिहानबेलुका अरुको घरमा भाँडा माझ्ने र दिउँसोको समयमा विद्यालयमा पढन जाने गरेको उनी बताउँछिन् । बाबुको घर दङगीशरण गाउँपालिकाको मिरौली गाउँमा छ भन्ने सुनेकी छु, तर बाबु कहाँ छन् के गर्छन् भन्ने थाहासमेत नभएको बताउने  उनी आमाले आफूहरु सानै छँदा दोस्रो विवाह गरी गएको भन्छिन् । उनले भनिन्, “आमालाई  बाबुले  हामी सानै हुँदा सँधै गाली गर्ने, कुपटपिट गर्ने, गरिबकी छोरी भन्दै हेला गर्न थालेपछि बाबुको यातना सहन नसकेर सम्बन्धविच्छेद गरी १० वर्ष पहिले दोस्रो बिहे गरी गएकी छिन् ।” 

आमाले दोस्रो विवाह गर्नुभयो, आफूहरुलाई केहीसमयसम्म सोही घरमासँगै राख्नुभयो तर कान्छो बुबाका आमा बाले अर्काका सन्तानलाई किन पाल्ने भन्दै आमा गीता चौधरीलाई सधैँ गाली गर्न थालेपछि आफू त्यहाँबाट निक्लेर आएको उनी बताउँछिन् । “केही दिनसम्म सडकका गल्लीमा रातदिन बितायौँ अनि काम खोज्दै गर्दा तुलसीपुर उपमहानरपालिका–६ को एक घरमा गयौँ । त्यही घरको आन्टीले खान बस्न दिनुभयो”, उनले भनिन्, “आमाले  त्यहाँ भएको जानकारी पाएपछि घरपरिवारलाई थाहा नदिएर भेट्न आउनुहुन्थ्यो । कहिले कपडा, कहिले  खाने कुरा ल्याईदिनुहुन्थ्यो ।”
 
दुई हप्तासम्म त्यही घरमा बस्यौं, घरबेटी आन्टीले तिमीहरु पढ्न जानुपर्छ, तिम्रो आफन्त कहाँ छन् भनि सोधीखोजी गरी मामाघरको हजुरआमालाई भेटाइ दिनुभयो । त्यसपछि हजुरआमालाई बोलाएर सम्झाएर हामीलाई जिम्मा लगाउनुभयो उनले भनिन् । हजुरआमा देशनी चौधरीले र मैले अहिले मजदूरी गरेर पैसा ल्याउँछौं, त्यसैबाट दाल, चामल नूनतेल किनेर खान्छौँ । 

हजुरआमा ७० वर्षकी हुनुहुन्छ । उहाँले दिनभरी अरुको घरमा मजदूरी गर्नुहुन्छ । मैले भने बिहानबेलुका अरुको घरमा भाँडा माझ्ने र दिउँसो पढन स्कुल जाने गरेकी छु उनले भनिन् । रेखाले तुलसीपुरमा रहेको एक सरकारी स्कुलमा कक्षा ४ मा पढ्छिन् भने बहिनी रेणुकाले पनि सोही विद्यालयमा कक्षा ३ मा अध्ययन गरिरहेकी छन् । उनकी हजुरआमा देशनी चौधरीले तुलसीपुर उपमहानरपालिका–१२ को भुतेडाँडा भन्ने ठाउँमा रहेको ऐलानी जग्गामा सानो कच्ची घर बनाएर बसेकी छन् । आफ्नो दुःखेसो पोख्दै देशनीले भनिन्, “मैले छोरीलाई  सानैमा बिहे गरिदिए, धन सम्पत्ति थिएन र पढन पनि पाइन, श्रीमान् र  घरपरिवारले त गरिबकी छोरी भन्दै दिनहुँ हेला गर्ने र खान नदिई कुटपिट गर्न थालेपछि छोरीले त्यो सहन नसकेर माइतीमा आएर बसी । अनि सम्बन्धविच्छेद गरी दोस्रो विवाह गरेर गई भनिन् ।
 
अहिले मलाई दुईवटी नातीलाई कसरी पढाउ र के खुवाउ भन्ने समस्या छ । त्यस्तै दुबै नातीनीको जन्मदर्ता नहुँदा समस्या भएको छ । स्कुलका सर मेडमले जन्मदर्ता नभएपछि नाम लेखाइ दिन्नौं भन्नुहुन्छ भन्दै उनले नातीनीहरुले घर आएर भन्छन्, त्यसले झन समस्या भएको जनाए । 

त्यसैगरी  रोल्पा जिल्लाकी १४ वर्षिया  कमला विक  पनि  तुलसीपुर बजारमा रहेको एक नास्ता पसमा काम गदै आएकी छन् ।  घरमा  खान  पुग्दैन, सानैमा बुबाको निधन भयो । घरखर्च चलाउनका लागि पैसा कमाउन भनि आमालाई जानकारी नै नदिएर साथीसँग आफू यहाँ आएको उनले बताइन् । कक्षा ५ मा अध्ययनरत कमला पढ्दापढ्दै छोडेर आएको बताउँछिन् । उनी भन्छिन्, “घरमा आमा, दुई बहिनी र एक भाइ छन् ।” 

अहिले रेखा र कमला मात्र होइन, गरिबी, अभाव र आवश्यक घरायसी वातावरणको अभावमा दाङका ग्रामीण क्षेत्रका थुप्रै बालबालिका आफ्ना बाबुआमाबाट अलग्गिएर निकृष्ट प्रकारको श्रम गर्न बाध्य छन् । घरमा बस्ने उचित वातावरण नभएपछि आफ्नो पढाइलाई अगाडि बढाउन बालश्रम गर्न बाध्य हुनुपरेको उनीहरूको भनाइ छ । सम्बन्धितले बालबालिकालाई काम गराउने, पढाइदिन्छु भनेर काममा लगाउँछन् तर व्यवहारमा सो कार्यान्वयन नगर्दा उनीहरूको पढ्ने सपना भने पूरा हुनसकेको पाइँदैन । 

गरिबीका कारण आफ्ना छोराछोरीलाई राम्रोसँग खानलाउन र उचित शिक्षादीक्षा दिन नसक्दा सन्तानको भविष्यलाई ध्यानमा राखेर आमाबाबुले नै आफ्ना नातेदार वा चिनेजानेका व्यक्तिका साथ लगाई पोखरा, चितवन, काठमाडौँलगायतका सहर बजारमा पठाउने गर्छन् । तुलसीपुर उपमहानरपालिका–६  लाई  तीन वर्ष पहिले बालश्रममुक्त वडा घोषणा गरिसकेको छ । तर अहिले पनि आर्थिक अभावका कारण धेरै बालबालिका अरुका घर तथा पसल तथा यातायातका साधनमा श्रम गर्न वाध्य भएका छन् । वडा सदस्य यमुना परियार भन्नुहुन्छ, “हामीले तीन वर्ष अघि वडालाई विभिन्न अभियान सञ्चालन गरी बालश्रममुक्त वडा घोषणा गरेका थियौं ।” त्यति बेला धेरै सुधार भएको थियो तर पछिल्लो समय कोरोनालगायत विभिन्न कारणले आर्थिक जोहो गर्नका लागि बालबालिका श्रम गर्न बाध्य भएको उहाँको भनाइ छ । 

केही बालबालिकाआर्थिक अभाव तथा अभिभावक विहीन हुँदा कामगरी खान बाध्य छन् । केही भने पढ्दापढ्दै साथीको लहैलहमा लागेर भागेर एक ठाउँबाट अर्को ठाउँमा जाने र त्यहाँ जोखिम मोलेर काम गर्छन् । त्यस्ता बालबालिकालाई भेटेमा सम्बन्धित अभिभावक तथा स्थानीय तहलाई जानकारी गराउन वडा सदस्य परियारले सबैसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “बालबालिकालाई काममा राख्ने गरेका होटेल, ग्यारेज, पसलमा निगरानी बढाउनुपर्ने र त्यस्ता बालबालिका भेटिएमा काममा लगाउनेलाई कानुन बमोजिम कारबाही गर्नुपर्छ ।”

सरकारी निकायबाट पनि निकृष्ट प्रकारको श्रम गर्नबाट रोक्नका लागि बालबालिका र अभिभावकका लागि जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै उहाँले बालबालिकालाई निकृष्ट प्रकारको श्रममा लगाउने कार्य सामाजिक अपराध भएकाले त्यस्तामाथि कडा कारबाही गर्नुपर्नेमा बताउनुभयो । 
 


प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १६:२९
#दाङ
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्