Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • सिकलसेल एनिमिया के हो ? थारु समुदायका व्यक्तिका लागि सिकलसेल चुनौती बन्दै...
सिकलसेल एनिमिया के हो ? थारु समुदायका व्यक्तिका लागि सिकलसेल चुनौती बन्दै...
नेपालकागज
नेपालकागज शुक्रबार, पुस ९, २०७८

कञ्चनपुर । पछिल्लो समय कैलाली र कञ्चनपुर जिल्लामा बसोवास गर्ने थारु समुदायका व्यक्तिका लागि सिकलसेल एनिमिया रोग  चुनौतीका रुपमा देखा पर्न थालेको छ ।

पाँच वर्षदेखि १५ वर्षमुनिका बालबालिका सो रोगबाट धेरै पीडित हुने गरेको जनाइएको छ । प्रौढ समेत सो रोगबाट ग्रस्त छन् । बिहीवार मात्र ४०१ को रगत परीक्षण गरिएको मध्ये १७ जनामा सिकलसेल एनिमियाको ट्रेट(बाहक) फेला परेको छ ।  

शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा स्वास्थ्य कार्यालय कञ्चनपुरले सिकलसेल एनिमिया पहिचान तथा निदानका लागि निःशुल्क रगत परीक्षण शिविर आयोजना गरेको थियो । 

कृष्णपुर नगरपालिका–४ मा दुई दिन अघि सिकलसेल एनिमियासम्बन्धी आयोजना गरिएको निःशुल्क शिविरमा ३६५ जनाको रगत परीक्षण गरिएका मध्ये ४२ जनामा ट्रेट (बाहक) फेला परेको थियो । कार्यालयका सिकलसेल एनियमियाका स्रोत व्यक्ति सिद्धराज भट्टका अनुसार बाहक फेला परेका व्यक्तिको रगतलाई पुनः परीक्षणका लागि कैलालीको सेती प्रादेशिक अस्पतालमा पठाइएको जानकारी दिनुभयो  । सिकलसेल एनिमिया भए नभएको बारे सात दिनभित्र परीक्षण नतिजा आउने उहाँले बताउनुभयो ।

थप परीक्षण पछि मात्रै बाहक मात्रै हो वा सिकलसेल एनिमिया हो भन्नेबारे जानकारी हुने बताइएको छ ।  “सिकलसेल एनिमियाको अर्ध दोषयुक्त जिनलाई हेटेरोगेस टे«ट भन्ने गरिन्छ”, उहाँले भन्नुभयो, “सिकलसेल एनियमयाको अर्ध दोषयुक्त गुण बोकेको व्यक्तिमा एनिमियाका लक्षण देखा पर्दैनन् ।” सिकलसेल एनिमिया रोग पहिचान नभएका रोगीहरुको सङ्ख्या गाउँ घरमा धेरै भएको अनुमान गरिए पनि यकिन विवरण भने कुनै निकायसँग छैन । सिकलसेल एनिमियाको उपचार पद्धति निकै खर्चिलो हुँदा सर्वसाधारणले यस रोगको उपचार गर्न निकै सास्ती बेहोर्नुपर्छ । कैलालीको सेती अस्पतालमा मात्रै रोग पहिचानको व्यवस्था मिलाइएको छ ।

सिकलसेल एनिमिया देखा परे बिरामीलाई उपचारका लागि सरकारका तर्फबाट रु एक लाख अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ । जीवनभर रोगीले औषधि खानुपर्ने भएकाले रु एक लाख अपर्याप्त भएको सिकलसेलबाट सङ्क्रमितको भनाइ रहेको छ । अनुदानबापत पाइने रु एक लाख बिरामीलाई नगद उपलब्ध गराउने नभई अस्पतालले त्यस मूल्य बराबरको औषधि रोगीलाई उपलब्ध गराउने गरेको छ ।

शुक्लाफाँटा नगरपालिकाको स्वास्थ्य शाखका प्रमुख परमानन्द भट्ट सिकलसेल एनिमिया रगतको रातो रक्तकोषमा हुने एक जैविक वंशाणुगत रोगका रुपमा रहेको बताउनुहुन्छ । यसले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको सङ्ख्या घटाउदै लैजान्छ । सिकलसेल भएका व्यक्तिमा शरीरका विभिन्न अङ्गमा अक्सिजन सहितको रातो रक्तकोष पर्याप्त मात्रामा पुग्न नसक्दा यसले फोक्सो, मिर्गौला, फियो तथा मस्तिष्कलगायतका अङ्गमा क्षति पु¥याउनुका साथै स्वास्थ्यमा गम्भीर असर पु¥याउने उहाँको भनाइ  छ । “आमाबाबु दुवैमा सिकलसेल एनिमिया भए सन्तानमा पनि सङ्क्रमित हुने धेरै सम्भावना रहन्छ”, उहाँले भन्नुभयो, “आमा वा बाबु कुनै एक जनामा मात्र छ भने सन्तानमा देखिने सम्भावना न्यून हुन्छ ।” 

रातो रक्तकोषको आकार परिवर्तन भई हँसियाको रूप  जस्तै घुमेको अर्ध चन्द्रकारमा रक्त कोषिका रहने गर्दछन् । सिकलसेल भएपछि रगतको कोषिकाले हँसियाको आकार लिन्छ यस्तो अवस्थामा फोक्सो बढ्नुका साथै इन्फेक्सन हुन्छ र मुख्यतः रगतको कमी हुन्छ । 

हँसिया आकारको रातो रक्तकोष धेरै कडा एवं एकापसमा टाँसिने हुन्छ । त्यस्ता बिरामीको रगतमा अक्सिजनको कमी भई भित्री अङ्गमा नोक्सानी हुनुका साथै मस्तिष्क स्ट्रोक हुन सक्छ । यसको दुखाइ एकदमै कडा हुन्छ । स्वस्थ व्यक्तिमा रगतको सेल गोलो आकारको हुन्छ भने सिकलसेल भएको व्यक्तिको हँसिया आकारको हुन्छ । यसकारण शरीरमा अक्सिजन र पोषण नपुग्दा मांसपेशी र जोर्नीमा धेरै पीडा हुने चिकित्सक बताउँदछन्  । 

सिकलसेल रोग वंशानुगत रोग भएकाले परिवारमा यस्तो रोगबाट पीडित व्यक्ति भएमा रगत परीक्षण गरेर मात्रै विवाह गर्ने उमेर पुगेका युवाले विवाह गर्दा उपयुक्त हुने जनाइएको छ  । सेती प्रादेशिक अस्पतालका सामाजिक सेवा एकाइका प्रमुख गौरीदत्त जोशीका अनुसार सिकलसेलबाट कैलाली र कञ्चनपुरका गरी ७०० बढी व्यक्ति पीडित छन् । 

“यो रोग विशेष गरी थारु समुदायमा चुनौतीमा रुपमा देखा परेको छ”, उहाँले भन्नुभयो, “रोग पहिचान र निदानका लागि हालसम्म भएका प्रयास पर्याप्त छैनन् । यसलाई विस्तार र सेवालाई बिरामीको पहुँचमा पु¥याउनु पर्छ ।” 


प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  १२:०४
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका बिहीबार, फागुन १७, २०८०
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ शनिबार, फागुन १२, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता शनिबार, कात्तिक २५, २०८०
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल शुक्रबार, कात्तिक २४, २०८०
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता'
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता' शुक्रबार, कात्तिक १७, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्