Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • माओवादी बागमती प्रदेश अध्यक्षमा सहयात्री निर्वाचित
माओवादी बागमती प्रदेश अध्यक्षमा सहयात्री निर्वाचित
नेपालकागज
नेपालकागज मंगलबार, पुस ६, २०७८

काठमाडौँ । लामो रस्साकस्सीबीच नेकपा (माओवादी केन्द्र)ले निर्वाचनको माध्यमबाट बागमती प्रदेश समितिको पदाधिकारी टुङ्गो लगाएको छ । गए राति सम्पन्न निर्वाचनबाट माओवादीको बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित हुनुभएको छ । उहाँले १६२ मत ल्याउनुभयो । पौडेलको प्रतिस्पर्धी दीनानाथ गौतमले ८६ मत ल्याउनुभएको बागमती प्रदेश निर्वाचन समितिले जनाएको छ ।

यस्तै प्रदेश समितिको उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुङ्गाना र प्रेमबहादुर पुलामी, सचिवमा इन्द्रबहादुर थिङ, सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ तथा कोषाध्यक्षमा सङ्गीता भट्टराई निर्वाचित हुनुभएको निर्वाचन प्रमुख सुन्दरराज रेग्मीले जानकारी दिनुभयो ।

प्रदेश समितिमा नौ सदस्यीय पदाधिकारी रहने पार्टीको विधानमा व्यवस्था रहेको छ । प्रदेश समितिका सदस्यमध्येबाट पदाधिकारी छनोट हुने व्यवस्था विधानमा छ । यसअघि माओवादीको दुई भौगोलिक र दुई गैरभौगोलिक प्रदेशको नेतृत्व चयन भइसकेको छ । गण्डकी प्रदेशको अध्यक्षमा गायत्री गुरुङ र कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी तथा उपत्यका विशेष प्रदेशको अध्यक्षमा जगत सिंखडा र सम्पर्क समन्वय प्रदेशको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन हुनुभएको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।प्रदेशको नेतृत्वका आकांक्षी बढी हुँदा नेतृत्व चयनमा ढिलाइ हुँदै आएको थियो । माओवादीले गत मङ्सिर २५ गते एकसाथ सात भौगोलिक र दुई गैरभौगोलिक प्रदेशको सम्मेलन सम्पन्न गरेको थियो । 

पाँच प्रदेशमा नेतृत्व चयन बाँकी

प्रदेश सम्मेलन सम्पन्न भएको १० दिन बितिसक्दा पनि माओवादीले अझै पाँच प्रदेशको नेृतत्व टुङ्गो लगाउन सकेको छैन । प्रदेश नं १, प्रदेश नं २, लुम्बिनी, सुदूरपश्चिम र प्रवास समिति नेतृत्वविहीन बनेका छन् । सकेसम्म सहमति नभए निर्वाचनको माध्यमबाट जतिसक्दो छिटो प्रदेश पदाधिकारीको टुङ्गो लगाउन पार्टी हेटक्वार्टरले निर्देशन दिएको मुख्यसचिव ढकालले जानकारी दिनुभयो । 

सेल, टोल, वडा, शाखा, महाशाखा, पालिका तथा प्रदेश सम्मेलन सम्पन्न गरेको माओवादीले यही पुस ११ देखि १३ सम्म राजधानीमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ । सम्मेलनले पार्टीका क्रान्तिकारी कार्यदिशा तय गर्ने बताइएको छ । 


प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  ०९:२५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्