Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संसद् अवरुद्ध गरेर एमालेले प्रतिगामी कदमलाई निरन्तरता दिइरहेको छ : अध्यक्ष दाहाल
संसद् अवरुद्ध गरेर एमालेले प्रतिगामी कदमलाई निरन्तरता दिइरहेको छ : अध्यक्ष दाहाल
नेपालकागज
नेपालकागज सोमबार, पुस ५, २०७८

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी नेकपा (एमाले) ले निरन्तर संसद् बैठक अवरुद्ध गरेर प्रतिगामी कदमलाई निरन्तरता दिइराखेको टिप्पणी गर्नुभएको छ । 

समाजवादी प्रेस सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा उहाँले संसद्को कामकारबाहीलाई प्रभावित पार्ने गरी एमालेले देखाएको क्रियाकलाप प्रतिगमनकै निरन्तरता भएको जिकिर गर्नुभयो ।
 
“उहाँहरू अहिले पनि प्रतिगमनकै बाटोमा हुनुहुन्छ, आजभोलि सदनभित्र जे देखेर, भोगिरहेका छौँ, त्यो उहाँका तर्फबाट प्रतिगमनको निरन्तरता हो”, अध्यक्ष दाहालले भन्नुभयो, “संविधान मिच्ने, लोकतान्त्रिक विधि परम्परालाई मिच्ने र प्रतिगमनको निम्ति वातावरण तयार पार्ने षडयन्त्रमा उहाँ अहिले पनि लागि राख्नुभएकै छ ।”
 
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते अर्थात् आजकै दिन पहिलो पटक प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गर्नुभएको थियो । सर्वोच्च अदालतले संसद् विघटन असंवैधानिक रहेको ठहर गर्दै प्रतिनिधिसभा पुनःस्थापित गरेको थियो ।
 
पुनःस्थापित प्रतिनिधिसभालाई ओलीले गत जेठ ७ गते पुनःविघटन गर्नुभएको थियो । दोस्रो पटकको विघटनलाई पनि असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।
 
प्रमुख प्रतिपक्षी एमालेले पुनःस्थापित प्रतिनिधिसभाको बैठक लगातार अवरुद्ध गर्दै आएको छ । एमालेको अवरोधका कारण संसद्को कामकारबाही प्रभावित भएको छ । सरकारले संसद्को गतिरोध अन्त्यका लागि पटकपटक आह्वान गरे पनि एमालेले संसद् अवरोधको गतिविधिलाई निरन्तरता दिँदै आएको छ ।
 
“सर्वोच्च अदालबाट ह्वीप लाग्दैन भन्ने फैसला छ, सभामुखले १३ दिनभित्रै निर्णय लिनुभएको छ, कहीकतै संविधानको मर्म र भावनाको उल्लङ्घन छैन”, अध्यक्ष दाहालले प्रश्न गर्नुभयो, “तर अहिले पनि ओली माधवकुमार नेपाल देखिएपछि उपस्थित नहुने भनिराख्नुभएको छ, यो भन्दा अराजनीतिक र अलोकतान्त्रिक चरित्र अरु के हुन्छ ?”
 
नेकपा (एकीकृत समाजवादी) लाई निर्वाचन आयोगले मान्यता दिएको, संसद्ले स्वीकार गरेको र पाँच दलीय गठबन्धनका आधारमा सरकार बनेको उल्लेख गर्दै उहाँले एकीकृत समाजवादीलाई अस्वीकार गर्ने प्रवृत्ति गलत भएको जिकिर गर्नुभयो । पाँच दलीय सत्ता गठबन्धन भत्काउन विभिन्न चलखेल भइरहेको भन्दै उहाँले गणतन्त्र, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई अझ बलियो बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  
 
“गठबन्धन टुटाउने हो भने कांग्रेसलाई एकलौटी सरकार सञ्चालन गर्न दिने र एमसिसी परियोजना पारित गर्न दिने भनी एमाले अध्यक्ष ओलीले दिएको यो लोकतान्त्रिक तर्क हो ?”, अध्यक्ष दाहालले भन्नुभयो, “उहाँ (ओली)को प्रयासले नयाँ ढङ्गले सतर्क हुन मद्धत गरेकै छ, उहाँ प्रतिगामी तरिकाले अगाडि जान चाहानुहुन्छ भने हामी संविधान, गणतन्त्र, लोकतन्त्र, राष्ट्रियताको रक्षाका निम्ति गठबन्धनलाई अझ बलियो बनाएर, अन्य शक्तिलाई पनि गोलबन्द बनाएर प्रतिगमनलाई पररास्त गर्ने गरी प्रस्तुत हुन्छौँ ।”
 
गठबन्धनलाई कुनै हालतमा कमजोर हुन नदिने विषयमा आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग पटकपटक छलफल गरेको जानकारी दिँदै उहाँले प्रधानमन्त्री स्वयम्ले ‘गठबन्धन टुटाउ, समर्थन गर्छु’ भन्ने प्रवृत्तिलाई सफल हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको बताउनुभयो ।


प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  १७:१७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्