Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  • नेपालमा अब उच्चस्तरको इन्टरनेट सेवा सुरु; स्पिड कम हुने समस्याको समाधान हुने
नेपालमा अब उच्चस्तरको इन्टरनेट सेवा सुरु; स्पिड कम हुने समस्याको समाधान हुने
नेपालकागज
नेपालकागज बिहीबार, पुस १, २०७८

काठमाडौँ । नेपालमा पनि अब विश्वका अन्य मुलुकहरुको भन्दा पनि उच्चस्तरको इन्टरनेट सेवा उपलब्ध हुने भएको छ । नेपालको ठूलो इन्टरनेट सेवा प्रदायक वल्डलिंकले पहिलोपटक ६०० एमबिपिएस गतिको इन्टरनेट भित्र्याएपछि इन्टरनेटका क्षेत्रमा नेमालले ठूलो फड्को मार्न सक्ने बताइएको छ । 

विश्वमा हाल औसत इन्टरनेटको स्पिड ८० एमबिपीएस हाराहारीमा रहेको छ भने नेपालमा औसत स्पिड २२ एमबिपीएस छ । वल्डलिंकले नयाँ योजना सार्वजनिक गरेसँगै नेपालको औसत स्पिड पनि ८० एमबिपीएस पुग्ने अपेक्षा गरिएको छ । 

उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वल्डलिंकले जनाएको छ । यसमा नोकिया बेकन ३.० राउटर प्रयोग हुने वल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले जानकारी दिनुभयो ।  यो सँगै वल्डलिंकको इन्टरनेट स्पिड अब कम्तिमा पनि १५० एमबिपीएस गतिको हुने उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘‘उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तिमा पनि १५० एमबिपीएस गतिको इन्टरनेटको अनुभव गर्न पाउने छन् ।’’ 

वल्डलिंक सधैं उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा दिन प्रयाशरत रहेको उल्लेख गर्दै वल्डलिंकका निर्देशक मनोज अग्रवालले नेपालको इन्टरनेट स्पिडलाई विश्वमै प्रतिस्पर्धी योजना बनाउने अनुरुप नयाँ योजना सार्वजनिक गरेको बताउनुभयो । 

घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४०० अर्थात मासिक एक हजार २०० मा १५० एमबिपीएस गतिको इन्टरनेट उपभोग गर्न पाउने छन् । एक सय ५० एमबिपीएससहित २२५ र ३०० एमबिपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ ।

उच्च गतिको इन्टरनेट स्पिडले उपभोक्तालाई घरमै बसेर कार्यालयको काम गर्न, भिडियो हेर्न, अनलाइनको कक्षामा संलग्न हुनुका साथै विभिन्न गेम खेल्नका लागि पनि निकै सहज हुने निर्देशक अग्रवाल बताउनुहुन्छ । वल्डलिंकका हालका प्रयोगकर्ताले नयाँ योजनामा सहजै सहभागी हुनसक्ने तर यसका लागि डुअल व्याण्ड भएको राउटर आवश्यक पर्नेछ । 

यो योजनाले इन्टरनेट सेवाग्राहीको वाई फाई कभरेज, स्पिड कम हुने समस्या समाधान गर्ने कम्पनीको विश्वास रहेको छ । उपभोक्तालाई गुणस्तरीय सेवाको प्रत्याभूति गर्न वल्डलिंकले मर्मत सेवालाई प्रभावकारी बनाउँदै लगेको प्रमुख कार्यकारी अधिकृत नेपालले बताउनुभयो । हाल पाँच लाख ६५ हजार परिवारलाई इन्टरनेटसँग जोडेको वल्डलिंकले तीन वर्षभित्र देशभरका पालिकाका ९५ प्रतिशत वडास्तरमा पुग्ने लक्ष्य रहेको बताउँदै सरकारले विपन्न गरिबको पहिचान हुने परिचय पत्र प्रदान गरेको अवस्थामा उनीहरुसम्म इन्टरनेट पहुँच पु¥याउन कम्पनी तयार रहेको छ भन्नुभयो । उहाँका अनुसार हाल देशका ७५ जिल्लामा वल्डलिंकमार्फत इन्टरनेट सेवा पुगेको र कर्णालीका प्रत्येक गाउँपालिकामा सेवा विस्तार गरिएको छ । देशका विभिन्न १५ हजार स्थानमा निःशुल्क ‘फ्री वाई–फाई’ सेवा सञ्चालन गरिएको बताउँदै उहाँँले यसलाई ग्रामीण क्षेत्रमा विस्तार गरी विपन्न समुदायमा इन्टरनेटको पहुँच विस्तार गर्न लागिएको जानकारी दिनुभयो । 

सरकारको डिजिटल नेपालको अवधारणालाई सफल तुल्याउन पनि गुणस्तरीय इन्टरनेट सेवालाई देशभर विस्तार गर्नु आवश्यक रहेको  निर्देशक अग्रवालले बताउनुभयो । उहाँले भन्नुभयो । ‘‘हाल धेरै इन्टरनेट सेवा प्रदायकहरुले घरघरमा फाइबर जडान गरेका छन् तथा ठूला शहरहरुमा मात्र फिक्ड ब्रोडब्यान्ड सेवाहरु सीमित रहेको अवस्थामा हामीहरु गाउँगाउँमा पुगेर सेवा विस्तार गरिरहेका छौँ ।’’ 


प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  ११:४३
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त 
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त  मंगलबार, असार १२, २०८१
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन्
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन् सोमबार, फागुन १४, २०८०
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार......
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार...... सोमबार, फागुन ७, २०८०
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता मंगलबार, फागुन १, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्