प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणाविरुद्ध प्रमुख प्रतिपक्षी दलहरु अदालत जाँदै
प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणाविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको असन्तुष्ट पक्षका १४९ सांसद हस्ताक्षरसहित आज अदालत जान लाग्नुभएको छ ।
नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच भएको छलफलमा राष्ट्रपति र प्रधानमन्त्रीको कदमलाई असंबैधानिक भन्दै काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार पक्षमा उभिएका बहुमत सांसदहरु अदालतमा मुद्दा दर्ता गर्न जानुहुने भएको हो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको असन्तुष्ट पक्षका १४९ सांसद हस्ताक्षरसहित आज अदालत जान लाग्नुभएको हो ।
राष्ट्रपतिले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाले प्रस्तुत गरेको दाबी विधिसम्मत नभएको भन्दै खारेज गर्नुभएको थियो । लगत्तै बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरिएको थियो ।