Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • तीनै तहका निर्वाचन एकै पटक सम्भव कि असम्भव
तीनै तहका निर्वाचन एकै पटक सम्भव कि असम्भव
नेपालकागज
नेपालकागज बिहीबार, मंसिर २३, २०७८

काठमाडौँ  । निर्वाचन खर्च घटाउन प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकैचोटि गर्नुपर्छ भन्ने विषय उठे पनि कानूनी, व्यवहारिक, व्यवस्थापन तथा प्राविधिक पाटोसमेतका आधारमा सम्भव नहुने सङ्केत देखिएको छ ।
 
निर्वाचनका नाममा राज्यकोषबाट अधिक खर्च हुने गरेकाले त्यसलाई घटाउन तीन तहकै निर्वाचन एकै चरणमा गर्नुपर्छ भन्ने कोणबाट केही राजनीतिक दलका नेताले मन्तव्य दिए पनि स्वच्छ, स्वतन्त्र, व्यवस्थित र भयरहित वातावरणमा एकै चरणमा निर्वाचन गर्न कानूनलगायत अनेकौ बाधा अड्चन रहने तर्क गरिएको छ ।

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले तीन तहको निर्वाचन एकै पटक गर्ने भनी आयोगसँग राजनीतिक दलले औपचारिकरुपमा हालसम्म परामर्श नभएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “आर्थिक, व्यवस्थापन, कानून र प्राविधिक हिसाबले समेत तीन तहकै चुनाव एकै पटक हुन सक्दैन, सँगसँगै निर्वाचन कुनै पनि हालतमा गर्न सकिन्न, सम्भव छैन भन्ने सोच आयोगले बनाएको छ, सस्तो पनि पर्दैन ।” 

यसअघि विसं २०७४ मा स्थानीय तहको तीन चरणमा वैशाख ३१, असार १४ र असोज २ गते तथा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतदान सोही वर्षको मङ्सिर १० र २१ गते भएको थियो । संविधानमा स्थानीय तहको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्ष हुने र त्यस्तो कार्यकाल समाप्त भएको छ महिनाभित्र अर्काे निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने व्यवस्था छ । अर्काेतर्फ स्थानीय निर्वाचन ऐनमा भने कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि नै हुनेछ भन्ने प्रावधान छ । 

स्थानीय तहको कार्यकाल २०७९ जेठ ५ गते सकिने भएकाले त्यसको दुई महिनाअघि अर्थात् आगामी चैत ५ गतेभित्रै स्थानीय तहको चुनाव गर्नुपर्ने हुन्छ । प्रतिनिधिसभाको कार्यकाल भने निर्वाचन सम्पन्न भई आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाएको मिति २०७४ फागुन २ गतेबाट पाँच वर्षको हुनेछ । त्यस हिसाबले प्रतिनिधिसभाकोे कार्यकाल आगामी २०७९ फागुन २ गतेसम्म हुनेछ ।

संसद्को कार्यकालसँग जोडेर सर्वाेच्च अदालतबाट भएको पछिल्लो फैसलासमेतका आधारमा कानूनी पाटोबाट तीन तहको निर्वाचन एकै चरणमा गर्न नमिल्ने आयोग पदाधिकारीको बुझाईछ । मुलुकको भौगोलिक अवस्था तथा हाल तोकिएका मतदान स्थल र केन्द्रमा ११ मत पेटिका तथा सोहीअनुसारको जनशक्ति व्यवस्थापन गर्न कठिन रहेकाले एकै चरणमा निर्वाचन गर्न नसकिने आयोग स्रोेतको भनाइ छ ।

स्थानीय तहको मतपत्रमा सात, प्रदेश सदस्यको दुई तथा प्रतितिनिसभाका लागि दुई ठाउँमा मत सङ्केत गर्नुपर्ने भएकाले एकै पटक यसरी धेरै चुनाव चिह्नमा मतदान गर्न पर्दा मतदाता अलमलिन गई मत बदर हुनसक्ने पक्षमा पनि आयोग सजग रहेको देखिएको छ । हाल अभ्यास गरिएको मतदान केन्द्रमा बिहान ७ देखि अपराह्न ५ बजेसम्म सरदर एक हजार मतदाताले मतदान गर्ने आकलन गरिँदै आएकामा तीन तहकै एकै पटक चुनाव गरिएमा ११ ठाउँमा मत सङ्केत गरी खसाल्न १८ मिनेटसम्म लाग्ने पूर्वअनुमान गरी समयका हिसाबले पनि अव्यवहारिक हुने आयोग पदाधिकारीको तर्क छ ।

हाल कायम रहेका मतदान केन्द्रमा एकै पटक निर्वाचन भएमा समयका हिसाबले तीन दिन लाग्ने हुँदा अहिलेका निर्वाचन केन्द्रलाई चार गुनाले विस्तार गर्नुपर्ने आयोगको सुझाव छ । सुरक्षा संवेदनशीलता र जनशक्ति परिचालनमा पनि विगतभन्दा तीन गुणा बढाउन पर्ने भएकाले खर्चको पाटोबाट पनि मितव्ययी बन्न नसक्ने आयोगको बुझाइ छ ।

राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले तीन तहकै निर्वाचन एकै पटक गर्न कानूनी अप्ठेरो भए पनि राजनीतिक दलको सहमतिमा स्थानीय तहको निर्वाचन केही पर धकेल्न सकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “एकै पटक निर्वाचन हुँदा स्थानीय तहमा जनप्रतिनिधि केही समय खाली हुनपुग्छन्, एउटै मतदाताले धेरै ठाउमा मत हाल्नुपर्छ, अलमल हुन सक्छ, अर्काेतर्फ एउटै खर्चले कम हुन्छ, विकास बजेट जोगिन्छ, तर जे होस् संविधानले व्यवस्था गरेअनुरुप काम गर्दा नै उचित हुनेछ ।”

निर्वाचनका समयमा राजनीतिक दल र उम्मेदवारले गर्ने खर्च पनि राज्यकै भएकाले प्रचारप्रसारका बेला हुने भोज, भतेर, पोस्टर, ¥याली, शक्ति प्रदर्शन र मतदातालाई प्रभाव पार्ने अरु गतिविधि रोक्न सकिएको खण्डमा आयोगले गर्ने खर्चले मात्र निर्वाचनलाई महँगो नतुल्याउने आम निर्वाचन विज्ञको बुझाइ छ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केही दिनअघि निर्वाचनलाई मितव्ययी तुल्याउन तीन तहको निर्वाचन एकैचोटि गर्न दलहरुबीच साझा सहमति कायम गरेर अघि बढ्न सकिने बताउनुभएको थियो । प्रमुख ठूला राजनीतिक दल नेकपा (एमाले) र नेपाली कांग्रेसको भने अघिल्लो निर्वाचनजस्तै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको एकै पटक तथा स्थानीय तहको बेग्लै चुनाव गर्नुपर्छ भन्ने मत छ ।
 


प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  ०९:२६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्