Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • दाङमा लोकप्रिय बन्दै ‘मट्का चिया’
दाङमा लोकप्रिय बन्दै ‘मट्का चिया’
नेपालकागज
नेपालकागज सोमबार, मंसिर २०, २०७८

दाङ (तुलसीपुर) । हातमा मट्का चिया हुन्छ । नजर नाचतिर  त्यो पनि म्युजिकसहितको हुन्छ । मट्काको स्वाद र टिकटक बनाउनेको नाचले त्यसै पनि मनोरञ्ज थप्ने गरेको हुन्छ, मट्का चिया घरमा । ‘ओपन रेष्टुरेन्ट’ र ‘नेचुरल’ हावाको आनन्द लिँदै टिकटक बनाउनेको नाच हेर्नेले उत्तिकै मनोरञ्जन लिने गर्छन्, त्यसैले छोटो समयमै चर्चित बन्यो ‘मट्का चिया घर’ । 

दाङ–सुर्खेत सडकखण्डको केही उत्तरतर्फ । तुलसीपुर– ९ बेलुवामा रहेको उक्त मट्का घर नामले नै चर्चा छ । त्यसमा पनि मट्का चियाको सेवाले पनि उत्तिकै चर्चा पाउँछ । त्यहाँको मट्का चिया, मट्का विरियानी, कटिया, मट्का मासुको स्वादसँगै टिकटकमा रमाउनेको भीड हुन्छ । ओभरहेड लाइट, टिनर लाइट, भिल्ला, लभ र पिङमा सेल्फी हान्ने पनि उत्तिकै हुन्छन् ।

दिनभर कामको थकान मेटाउन त्यहाँ जाने धेरै हुन्छन् । “दिनभर कामको थकान हुन्छ”, मट्का चियामा पुगेका नारायणपुरका विक्रम बुढाथोकीले भन्नुभयो, “मट्कामा जाँदा मट्काको स्वाद र त्यहाँको झिलिमिली हेर्दा थकान मेटिन्छ ।”

कोही टिकटक बनाउनकै लागि पनि आउने गर्छन्, भने कोही मट्का चियाको स्वाद लिन आउने गर्छन् । “मलाई मट्का चिया भन्नेवित्तिकै मनपर्छ”, तुलसीपुर– ६ निवासी रतिराम नेपालीले भन्नुभयो, “त्यसैले मट्का चियाको स्वाद लिन आउने गर्छु ।”

मट्का चिया टिकटकमा पनि त्यत्तिकै छाउने गरेको छ । “मैले टिकटकमा देखेँ, त्यसैले यहाँ टिकटक बनाउनकै लागि आएँ”, घोराही भरतपुरकी दिक्षा अधिकारीले भन्नुभयो, “यहाँ आउँदा यहाँको सजावट राम्रो लाग्यो ।”

मट्का चिया र विरियानी नै धेरै बिक्ने गरेको सञ्चालक सन्दीप भुसालले बताउनुभयो ।  त्यसबाहेक मट्का मासु, कटिया, दही, लस्सी, आइस्क्रिम, पिज्जाको पनि उत्तिकै माग हुने गरेको उहाँको भनाइ छ । अहिले टिकटक बनाउनकै लागि पनि आउने धेरै रहने गरेको उहाँ बताउनुहुन्छ । “प्रायः शनिबार र अपराह्नका समयमा निकै भीडभाड हुन्छ, कहिल्यै थेग्नै नसकिने भीड पनि हुन्छ”, उहाँले भन्नुभयो “टिकटक बनाउनकै लागि आउने पनि उत्तिकै हुन्छन्, मट्काका लागि पनि उत्तिकै आउछन् ।”  

यहाँको ‘आइडिया’ हेर्नकै लागि धनगढीबाट आउने गर्छन् । पोखरा, काठमाडौँलगायत बाहिरी जिल्लाबाट आएका पनि मट्काको स्वाद नचाखी फर्किदैनन् । टिकटकबाटै हेरेका कारण पनि त्यसको अवलोकन गर्न मान्छे पुग्ने गरेका भुसाल बताउनुहुन्छ ।

अब लगतकै त्यहाँ चिल्ड्रेन पार्क पनि सञ्चालनमा ल्याउने तयारी रहेको उहाँ बताउनुहुन्छ । मासिक रु १४ हजारमा करिब सात कट्ठा जग्गा भाडामा लिएर व्यवसाय सुरु गरेको उहाँले बताउनुभयो । पाँच युवाले मिलेर उक्त मट्का घर सञ्चालनमा ल्याएका हुन् । भुसालसँगै आकास सिंह, दीपेन्द्र भट्टराई, रवि क्षेत्री र मनिष धितालको लगानी छ ।

त्यतिमात्रै होइन, धेरै राम्रा होटेल तथा लजको अवलोकनपछि त्यसलाई प्रेरणाका रुपमा लिएर सञ्चालन गरेको उहाँ बताउनुहुन्छ । “हामीले विभिन्न ठाउँमा गरेका होटेल तथा लजको अवलोकन ग¥यौँ, त्यसको सिको हामीले यहाँ ग¥यौँ”,  भुसाल भन्नुहुन्छ ।

फालिएका टायरलाई समेत प्रयोग गरी रोपिएका फूलहरुले पनि उत्तिकै सुन्दरता बढाएको छ  । जिल्लामा ओपन रेष्टुरेन्ट विरलै छन् । त्यसले पनि लोकप्रियता बढाएको भुसालको भनाइ छ । मान्छे ‘नेचुरल’ हावामा रमाउन चहाने भन्दै ‘ओपन रेष्टुरेन्ट’ आवश्यक रहेको उहाँ बताउनुहुन्छ । मट्का चिया धेरै भए पनि मट्का विरियानी जिल्लामा नभएकाले नै सञ्चालन भएको पाँच महिनामै निकै लोकप्रिय बनेको उहाँको भनाइ छ । “हामीले असार ३ गते उद्घाटन गरेका हौँ, त्यसपछि नियमित ग्राहाकको घुइँचो लाग्ने गर्छ”, उहाँले भन्नुभयो, “दैनिक दुई÷तीन जन्मदिन मनाउने र २५० भन्दा बढीलाई सेवा दिन पाइएको छ ।” अबको केही समयमा मट्का तन्दुरी बनाउने तयारी रहेको उहाँले बताउनुभयो । 

“अहिले मट्काको क्रेज पनि धेरै छ, स्वाद पनि राम्रो हुन्छ”, उहाँले भन्नुभयो, “त्यसैले मट्कामा बनेको खानेकुराप्रति धेरै मान्छे प्रभावित हुने गरेका छन् ।” करिब रु ६० लाख लगानीमा उक्त मट्का घर सञ्चालनमा ल्याइएको हो ।

माटाका भाँडाको माग

मट्का चियाको माग बढेपछि माटाका भाँडाको पनि उत्तिकै माग बढेको छ । अहिले मट्का चिया तुलसीपुरमा मात्रै दैनिक १०० भन्दा बढी मट्का चिया मात्रै बिक्री हुन्छ, भने ४० भन्दाबढी विरियानी बिक्री हुने गरेको छ । यसले माटाका भाँडाको माग बढाएको भए पनि तुलसीपुरबाट त्यो आपूर्ति हुने अवस्था छैन । अहिले देउखुरीबाट माटाका भाँडा ल्याउनुपर्ने अवस्था रहेको सञ्चालक भुसालले बताउनुभयो । अहिले त्यहाँ १४ जनालाई रोजगार प्रदान गरिएको सञ्चालक भुसालले बताउनुभयो ।


प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  १५:०३
#दाङ
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्