Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • घमण्ड र अहंकारले नभई विनम्रताको तागतले सबैलाई लिएर अघि बढ्छ कांग्रेस: महामन्त्री पूर्णबहादुर खड्का
घमण्ड र अहंकारले नभई विनम्रताको तागतले सबैलाई लिएर अघि बढ्छ कांग्रेस: महामन्त्री पूर्णबहादुर खड्का
नेपालकागज
नेपालकागज बिहीबार, मंसिर १६, २०७८

कर्णाली । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले घमण्ड र अहङ्कारले होइन कि विनम्रताको तागतले कांग्रेस सबैलाई लिएर अघि बढ्ने बताउनुभएको छ । कांग्रेसको प्रथम कर्णाली प्रदेश अधिवेशनलाई आज वीरेन्द्रनगरमा सम्बोधन गर्दै उहाँले धैर्यता, सहिष्णुता र लोकतान्त्रिक संस्कारकै कारण केन्द्रदेखि सातै प्रदेशको शासनमा सहभागी हुने अवसर प्राप्त भएको बताउनुभयो ।

महामन्त्री खड्काले केन्द्रदेखि स्थानीय तहसम्मको शासन प्रक्रियामा सहभागी कांग्रेस नेताले असल आचरणको माध्यमबाट जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभयो । “विसं २०७४ को निर्वाचनमा हामी प्रतिपक्षी थियौँ, कम्युनिष्ट पार्टीहरुले शासन चलाउन सकेनन्, त्यो दायित्व कांगे्रसकै काँधमा आयो”, उहाँले भन्नुभयो, “समय र स्रोत साधन सीमित भए पनि जनतालाई पीर पर्ने काम नगरौँ, जनतालाई मन फर्काएर आउने वातावरण बनाउन अहिलेदेखि नै तयार पारौँ ।”

उहाँले जनता रिसाउने काम नगर्न नेतृत्वमा रहेका कांग्रेसका जिम्मेवार नेताहरूलाई आग्रह गर्नुभयो । विगतको भड्किलो जीवनशैली, बोली, व्यवहार, तौरतरिका परिवर्तन गरेर जनताको मन जित्नतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

महामन्त्री खड्काले वर्तमान सत्ता समीकरणको परिवर्तनको बाहक र उद्गम थलो कर्णाली भएको बताउँदै भन्नुभयो, “हामीले कर्णालीमा सत्ता समीकरणको गृहकार्य नगरेको भए दुईतिहाइ कम्युनिष्टको बलशाली सरकार ढल्थेन, यहाँबाटै सत्ता समीकरणको प्रारम्भ र बिजारोपण भयो, एमाले सरकारविहीन भयो ।” पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा आफूलाई चित्त नबुझ्नेबित्तिकै अन्तर्घात गर्ने, टिकट नपाएपछि विपक्षी पार्टीलाई भोट दिने प्रवृत्ति त्याग्नसमेत कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो । साथै उहाँले कूटनीतिक संवादका माध्यबाट मिचिएका भूमिहरु फिर्ता ल्याउनुपर्ने दायित्व पनि कांग्रेसकै काँधमा रहेको बताउनुभयो । 

कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका कांग्रेस केन्द्रीय सदस्य एवं प्रदेश अधिवेशन आयोजक समितिका संयोजक जीवनबहादुर शाहीले आफ्नो नेतृत्वको सरकारले जनतालाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेको प्रष्ट पार्नुभयो । उद्घाटन कार्यक्रममा कांगे्रसका विभिन्न जिल्लाका सभापतिहरु, सङ्घीय र प्रदेश सांसदहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १७:५२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्