Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  • ढुक्कसँग लगानी गर्नुस्, सम्पत्तिको सुरक्षा हुन्छ : प्रधानमन्त्री देउवा
ढुक्कसँग लगानी गर्नुस्, सम्पत्तिको सुरक्षा हुन्छ : प्रधानमन्त्री देउवा
नेपालकागज
नेपालकागज बुधबार, मंसिर १५, २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा लगानीको वातावरण सहज तुल्याउन र व्यवसायको लागत घटाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) स्थापनाको रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहमा उहाँले  स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर  नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “नेपालमा तपाईंको लगानी र सम्पत्तिको सुरक्षा हुन्छ, त्यसको ग्यारेन्टी सरकारले लिन्छ भन्नेमा म  विश्वास दिलाउन चाहन्छु ।”
  
खुला बजारमुखी अर्थ नीतिका कारण हासिल भएका उपलब्धि र यसमा देखिएका कमी कम्जोरीको विश्लेषण गरी समृद्धिको बाटो तय गर्नु हाम्रो प्राथमिकता रहेको बताउँदै उहाँले कोभिड–१९ को महामारी नसकिए पनि क्रमशः सामान्य अवस्थातिर आउँदै गरेको परिस्थितिमा आर्थिक पुनरुत्थानलाई अब तीव्रताका साथ अघि बढाइने छ भन्नुभयो । 

प्रधानमन्त्री देउवाले भन्नुभयो, “मुलुकमा अब बृहतरुपको दोस्रो चरणको आर्थिक सुधार आवश्यक छ, विगत दुई वर्ष मुलुकको अर्थतन्त्रले निकै अप्ठ्यारो परिस्थिति सामना गर्नु प¥यो, अहिले हामी थेरै अँध्यारोमा हौँला तर उज्यालोले हामीलाई पर्खिरहनेछ ।”

अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार विकास निर्माणमा राज्य संयन्त्रको काम गर्ने ढाँचा र सार्वजनिक खरिद ऐनलगायत कानुनलाई विकासमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,  “नेपालको अर्थतन्त्रमा थुप्रै चुनौती छन्, कोभिड–१९ ले विश्कै  अर्थतन्त्रलाई पनि निकै प्रभाव पारेको छ, यस्तो अवस्थामा हामीले पूँजीगत खर्च बढाउने, विकासमा नयाँ प्रविधिको प्रयोग गर्ने र ऐन कानुनलाई समयानुकूल तुल्याउन आवश्यक छ ।”

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले मुलुकमा विकासलाई तीव्रता दिन सार्वजनिक खरिद ऐन र योजना छनोट प्रक्रियालाई पारदर्शी तुल्याउन अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विकास निर्माणमा कायम रहेको लाइसेन्सराजको सम्पूर्ण हिसाबले अन्त्य हुनुपर्छ, विकासका योजनालाई कसरी बढाउने भन्ने स्पष्ट खाका आवश्यक छ, आयोजना कार्यान्वयन हुन नसकेर बजेट रकमान्तरण हुने परिस्थिति रोकिनुपर्छ ।”

उद्योगपति एवं सांसद विनोद चौधरीले राज्यका नियमनकारी संस्थालाई चुस्त तुल्याउँदै अर्थतन्त्रको दायरालाई फराकिलो बनाउन सरकारलाई सुझाव दिनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष  शेखर गोल्छाले मुलुकको अर्थतन्त्रलाई सुदृढ तुल्याउन महासङ्घले तयार गरेको योजनालाई अघि बढाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवालले मुलुकमा उद्योग र रोजगारी सिर्जना गर्न सरकार र निजी क्षेत्रबीच छलफल, समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले विचौलिया र तरलतासम्बन्धी समस्या सम्बोधन गर्न सरकारलाई सुझाव दिनुभयो ।

अर्थ विश्लेषक अच्युत वाग्लेले मुलुकको अर्थतन्त्र र राजनीतिबीचको कडी भत्किएको, व्यापार घाटाको सन्तुलन फराकिलो रहेका बेला सङ्घीयताले स्थायित्व प्राप्त नगरी समृद्धि हुन्न भन्ने पाटोमा विचार पु¥याएर नीति तथा कार्यक्रम र बजेट व्यवस्थापन गर्न सुझाव दिनुभयो । 

सो अवसरमा सेजनका अध्यक्ष जनार्दन बराल, पूर्वाध्यक्षहरु किरण नेपाल, प्रदीप चापागाइ, गोपाल तिवारी, गोकर्ण अवस्थी, पुष्पराज आचार्य र भीम गौतमले आर्थिक पत्रकारितको गुणस्तर र क्षमता बढाउने सन्दर्भमा संस्थाले गर्दै आएका गतिविधि र योगदानको जानकारी दिनुभयो । 

समारोहमा राजीव उपाध्याय र प्राडा अच्युत वाग्लेलाई सम्मान गरिनाका साथै हिमाल खबर पत्रिकाका रमेशकुमार न्यौपाने, अन्नपूर्ण पोष्ट दैनिकका  सुनिता कार्कीलाई जनही ५०÷५० हजार राशिको सेजन अवार्ड प्रदान गरियो ।

कार्यक्रममा सेजनका पूर्वपदाधिकारी सञ्जय न्यौपाने स्मृति फेलोसिप कारोबार दैनिकका सरस्वती ढकाल र नागरिक दैनिकका हिमाल लम्साललाई प्रदान गरियो ।


प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  १५:५०
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त 
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त  मंगलबार, असार १२, २०८१
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन्
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन् सोमबार, फागुन १४, २०८०
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार......
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार...... सोमबार, फागुन ७, २०८०
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता मंगलबार, फागुन १, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्