Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • समावेशी आयोग र गोरखनाथ सेवा संघ, बाह्र पन्थी नाथ योगी महासंघबिच छलफल 
समावेशी आयोग र गोरखनाथ सेवा संघ, बाह्र पन्थी नाथ योगी महासंघबिच छलफल 
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी मंगलबार, मंसिर १४, २०७८

काठमाडौँ । गोरखनाथ सेवा संघ, बाह्र पन्थी नाथ योगी महासंघका पदाधिकारीहरुले खस आर्य सूचीकरण सम्बन्धमा राष्ट्रिय समावेशी आयोगसंग छलफल गर्नुभएको छ । 

आयोगका अध्यक्ष डा. राम कृष्ण तिमल्सेनाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आयोगका सदस्यहरु, शान्ति सेवा आश्रम गोरखनाथ सेवा संघका डा. चिन्तामणी योगी, नेपाल सिक्षण परिषदका महामन्त्री डा. वासुदेव शास्त्री, बाह्र पन्थी नाथ योगी महासंघका अध्यक्ष प्रा.डा करविर नाथ योगी, विश्व हिन्दु महासंघका उपसभापति शंकर खराल, पुष्पराज पुरुष, डा. नमन उपाध्याय, भुवन नाथ लगायतको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा नाथ पन्थ: चिन्तन, संस्कार एवं संस्कृति सम्बन्धमा डा. चिन्तामणी योगीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने बार्‍ह पन्थी नाथ योगी सम्बन्धमा प्रा.डा. करवीर नाथ योगीले बिचार प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा आयोगका अध्यक्ष डा. तिमल्सेनाले आयोगबाट खस आर्य थर सूचीकरणका सम्बन्धमा अध्ययन भैरहेको, कुन जात/थर कसरी समेट्ने भन्ने सम्बन्धमा आयोगले छलफल, तथ्य र मापदण्डको अध्ययनको आधारमा गर्दै जाने बताउनुभयो । उहाँले भन्नुभयो, "जात/थर पहिचानको लागि हो, यो सबैलाई जोड्नका लागि हो, सबैलाई समेट्दै लैजाने कुरामा विश्वास दिलाउन चाहन्छु । अन्तरक्रियामा आएका सबै बिषयमा आयोग सकारात्मक छ र यो बिषय नेपाल सरकार समक्ष लग्नेछौँ"

यस्तै कार्यक्रममा डा. चिन्तामणी योगीले गुरु गोरखनाथको महिमा एवं यस् सम्प्रदायको पहिचान, संस्कार र संस्कृतिका बिषयमा प्रस्तुतीकरण पेश गर्दै नाथ योगी शैव सम्प्रदायको एउटा दर्शन र परम्परा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, "यो गोरखनाथ परम्परासंग गाँसिएको र नेपालको राष्ट्र निर्माणसंग जोडिएको विषय हो । यो दशनामी होइन, यसलाई छुट्टै रुपले खस आर्यमा समेट्न आवश्यक छ । नेपालको धर्म संस्कृति कर्मकाण्ड तिर मात्र गएको र ज्ञान विस्तारमा संकुचन भएकोले अब हिन्दु संस्कृति र नाथ परम्परालाई राष्ट्रिय जिवनमा अगाडि बढाउन अनुसन्धान केन्द्र बनाउन आवश्यक छ ।"

यस्तै बाह्र पन्थी नाथ योगी महासंघका अध्यक्ष प्रा.डा करविर नाथ योगीले बाह्र पन्थी नाथ योगीलाई सिमान्तकृत अल्पसंख्यक जातिका रूपमा आरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, "बाह्र पन्थी नाथ योगीलाई सिमान्तकृत अल्पसंख्यक जातिका रूपमा आरक्षण गर्दै यस् सम्प्रदायका पहिचान संस्कृतिको संरक्षण गर्दै संविधानमा छुट्टै जातिको रूपमा लिपिवद्ध गर्नुपर्छ ।"

त्यस्तै डा. वासुदेव शास्त्रीले देश निर्माण र सुक्ष्म परम्परा नाथबाट आएको र नाथको अमुर्त संस्कृतिबाट क्रमशः मुर्त संस्कृतिमा रुपान्तरण हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, "नाथ थर सूचीकरणसंग गाँसिएको विषय मात्र नभएर हिन्दु संस्कृतिसंग गाँसिएको विषय हो । भिन्न दर्शन,पहिचान र संस्कृतिका धनी गुरु गोरखनाथ जसको नेपाल निर्माणमा महत्वपूर्ण भूमिका छ, उहाँका अनुयायी नाथ योगीको अस्तित्व संबैधानिक रुपमा अन्त्य हुनु अत्यन्त दुखद र खेद जनक छ ।"

यस्तै आयोगका सदस्य मान प्रसाद खत्रीले थर सूचीकरणको सिलसिलामा आयोगले छुटेका थर संलग्न गरी पठाउन सबै पालिकामा परिपत्र गरिने/पठाइने आयोगको कार्यक्रम रहेको हुँदा सोरोकारवाला सबैलाई आ-आफ्नो पालिकाबाट पनि थप गराउन अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, "आगामी महिना भित्र देश भरका ७५३ वटा पालिका भित्र रहेका सबै जात जाती धर्म संस्कृतिका बारे लेखी पठाउन ७५३ वटै पालिकामा पत्राचार गरिनेछ र त्यसमा नाथयोगी सम्प्रदायले आफ्नो संस्कृति संस्कारका बारे सम्बन्धित पालिका मार्फत सुचना पठाउनुहोला ।"

हेर्नुहोस् राष्ट्रिय समावेशी आयोगले जारी गरेको प्रेस नोट


प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १४:४६
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्