Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेस महाधिवेशन: भक्तपुरको सभापतिमा दुर्लभ थापा निर्वाचित
कांग्रेस महाधिवेशन: भक्तपुरको सभापतिमा दुर्लभ थापा निर्वाचित
नेपालकागज
नेपालकागज मंगलबार, मंसिर १४, २०७८

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा निर्वाचित हुनुभएको छ । थापा यसअघि पनि पार्टीको जिल्ला सभापति हुनुहुन्थ्यो । कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आज सम्पन्न निर्वाचनमा थापा ५५५ मतका साथ निर्वाचित हुनुभएको हो । थापाका निकटतम् प्रतिद्वन्द्वी अष्टकुमार कँवेले ४४२ मत प्राप्त गर्नुभयो ।

उपसभापतिमा थापा समूहकै विजेश अवाल (५५९) र उर्मिला वन (५१४) निर्वाचित हुनुभयो । सचिवमा सुशील बस्नेत (५५२) र राजेश खड्का (४८५) निर्वाचित हुनुभयो । सहसचिवमा यादवप्रसाद अधिकारी (५७४) र कृष्णमुरारी न्यौपाने (५१४) विजयी हुनुभयो ।

जिल्ला सदस्यमा थापा समूहबाट मध्यपुरथिमि नगरपालिकाबाट रमिला कपाली, देवेन्द्र श्रेष्ठ र राजेश मानन्धर, सूर्यविनायक नगरपालिकाबाट ललिता धिताल, जीवन श्रेष्ठ, दीपेन्द्रकुमार थापामगर, भक्तपुर नगरपालिकाबाट रजनी किसिजु, धर्मरत्न खाइतु र रामबहादुर कासुला, चाँगुनारायण नगरपालिकाबाट कल्पना लामिछाने, प्रेम खत्री, समानुपातिका आदिवासी जनजातिबाट रोशनी तामाङ, दिललक्ष्मी कायस्थ, रामेश्वर ध्वजुँ, धनबहादुर थिङ र रामप्रसाद धौवञ्जार, समानुपातिक खसआर्यबाट सिर्जना केसी, देवेन्द्र न्यौपाने, अच्युत अधिकारी, दलित खुलाबाट मनिता नेपाली, अपाङ्गबाट शशि बस्नेत तथा मधेशीबाट राम दिनेशलाल कर्ण निर्वाचित हुनुभयो । 

जिल्ला सदस्यमा चाँगुनारायण नगरपालिकाबाट कँवे समूहका उमेशकुमार खड्का विजयी हुनुभयो । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ को कार्यसमिति सदस्यमा वीरबहादुर विश्वकर्मा निर्वाचित हुनुभयो । भक्तपुर क्षेत्र नं २ को आदिवासी जनजाति महिलातर्फको महाधिवेशन प्रतिनिधिमा निलकमल ध्वजु र पञ्चमाया प्रजापति निर्वाचित हुनुभयो । गत साता सम्पन्न क्षेत्रीय अधिवेशनका क्रममा मतपत्रमा प्राविधिक त्रुटि भेटिएपछि यो समूहको महाधिवेशन प्रतिनिधिको निर्वाचन स्थगन गरी पुनः जिल्ला अधिवेशनका दौरान निर्वाचन गरिएको हो ।

भक्तपुर क्षेत्र नं २ को महासमिति सदस्यमा भने मिश्रित परिणाम आएको छ । महासमिति सदस्य खुलामा थापा समूहका मदनकृष्ण श्रेष्ठ र विष्णुराज कार्की निर्वाचित भए भने कँवे समूहका गणेशमान चक्रधर, उद्धव सिलवाल र सन्तोष भट्टराई निर्वाचित हुनुभयो । त्यसैगरी महिला खुलामा अञ्जनादेवी मधिकर्मी, प्रमिला सुवेदी आचार्य, आदिवासी जनजाति खुलामा ज्ञानदास प्रजापति र खसआर्य खुलामा लछुराम न्यौपाने विजयी भए । उहाँहरु सबै कँवे समूहका हुन् ।

भक्तपुर क्षेत्र नं १ को महासमिति सदस्यमा प्रत्यक्षतर्फ खुलामा बाबुराजा जोशी, कृष्णलाल भँडेल, जगन्नाथ कार्की, राजाराम खड्का र पुष्कर खत्री, आदिवासी जनजातितर्फ खुलामा सुरेश श्रेष्ठ र रजनी जोन्छें, महिलामा राधा कार्की, सुभद्रा काफ्ले, आदिवासी जनजाति महिलामा गङ्गालक्ष्मी अवाल तथा खसआर्य खुलामा हरिप्रसाद नेपाल निर्विरोध चयन भएका छन् । 


प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  ०९:१६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्