Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • लोकतन्त्र सुदृढ बनाउन कांग्रेस बलियो हुनुपर्छ : गृहमन्त्री खाण, रुपन्देही सभापतिमा रामकृष्ण खाण सर्वसम्मत
लोकतन्त्र सुदृढ बनाउन कांग्रेस बलियो हुनुपर्छ : गृहमन्त्री खाण, रुपन्देही सभापतिमा रामकृष्ण खाण सर्वसम्मत
नेपालकागज
नेपालकागज आइतबार, मंसिर १२, २०७८

काठमाडौँ । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले लोकतन्त्र सुदृढ बनाउन, संविधानलाई अक्षरसः कार्यान्वयन गर्न र विधिको शासन अवलम्बन गर्न कांग्रेस बलियो बन्नुपर्ने बताउनुभएको छ ।

कांग्रेसको रुपन्देही जिल्ला सभापतिमा रामकृष्ण खाण सर्वसम्मत चयन भएपछि शनिबार घोषणासभामा बोल्दै उहाँले कांग्रेस बलियो भयो भने मात्र संविधान कार्यान्वयन सफल हुने र विधिको शासन अवलम्बन हुने धारणा व्यक्त गर्नुभयो । गृहमन्त्री खाणले भन्नुभयो, “कांग्रेस कमजोर भए जनता कमजोर हुन्छन् । लोकतान्त्रिक मूल्य र पद्धति कमजोर हुन्छ । संविधान कमजोर हुन्छ । जनताका मौलिक अधिकार कमजोर हुन्छन् ।”

उहाँले जनता, लोकतान्त्रिक शासन व्यवस्था र संविधानलाई सबल बनाउन, मुलुकमा शान्ति सुरक्षा कायम गर्न, मुलुकमा समृद्धि ल्याउन कांग्रेसलाई बलियो बनाउन जरुरी रहेको बताउनुभयो । पार्टीभित्र सहमति र सहकार्यले कांग्रेस बलियो हुने धारणा व्यक्त गर्दै उहाँले कांग्रेस बलियो बनाउने अभियान रुपन्देहीबाट सुरु भएको उल्लेख गर्नुभयो ।

रुपन्देही गृहमन्त्री खाणको गृहजिल्ला हो । रुपन्देही कांग्रेस जिल्ला अधिवेशनमा रामकृष्ण खाण सर्वसम्मतिमा जिल्ला सभापति निर्वाचित हुनुभएको छ । गृहमन्त्री खाणको पहलमा रुपन्देहीका सङ्घीय सांसदद्वय भरतकुमार शाह, प्रमोद यादव, कांग्रेस रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाक, रुपन्देही कांग्रेसका पूर्वसभापति रामचन्द्र ढकाल, प्रदेश सांसद अष्टभुजा पाठकलगायतको पहलमा जिल्ला सभापतिमा खाण सर्वसम्मत चुनिनुभएको हो ।

त्यस्तै जिल्लाको उपसभापतिमा थानेश्वर घिमिरे र अनिता शाह सर्वसम्मत भएका छन् । घोषणासभालाई सम्बोधन गर्दै गृहमन्त्री खाणले निर्वाचनबाट चुनिएको सभापतिभन्दा सर्वसम्मतिले चुनिएको सभापतिको कार्यभार बढी हुने र सबैको साझा सभापति हुने बताउनुभएको थियो ।
 


प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  ११:३४
#लुम्बिनी प्रदेश
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल मंगलबार, कात्तिक १२, २०८२
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा मंगलबार, कात्तिक १२, २०८२
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
भर्खरै
नौबस्ता कारागारबाट भाएका कैदी नियन्त्रणमा,४ लाखको सामाग्री बरामद
नौबस्ता कारागारबाट भाएका कैदी नियन्त्रणमा,४ लाखको सामाग्री बरामद
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
लोकप्रीय
  • Week
  • Month
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्