Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपाली कांग्रेस १४औं महाधिवेशन : तनहुँका तीन प्रदेश क्षेत्रमा निर्वाचन, एकमा सर्वसम्मत
नेपाली कांग्रेस १४औं महाधिवेशन : तनहुँका तीन प्रदेश क्षेत्रमा निर्वाचन, एकमा सर्वसम्मत
नेपालकागज
नेपालकागज शनिबार, मंसिर ४, २०७८

दमौली । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत तनहुँका चार प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन भएको छ । तीन वटा प्रदेशसभा क्षेत्रमा निर्वाचनबाट र एउटा प्रदेशसभा क्षेत्रमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो । 

तनहुँ क्षेत्र नम्बर १ (क), (ख), तनहुँ क्षेत्र नम्बर २ (क) मा निर्वाचन भएको हो भने तनहुँ क्षेत्र नम्बर २ (ख) मा सर्वसम्मत नेतृत्व चयन भएको छ । निर्वाचन भएका तीन वटा क्षेत्रमा शनिबार मतगणना सकिएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ (क) को सभापतिमा विश्वेश्वर खनाल निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनाअनुसार २९० मत प्राप्त गर्दै खनाल सभापतिमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी शेष मोहम्मद हनिफ (गोरा मियाँ) ले २१६ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी उपसभापतिमा बलबहादुर पोखरेल, राजु खड्का, सचिवमा इश्वरप्रसाद पौडेल र हरिप्रसाद ढकाल, सहसचिवमा माधव न्यौपाने र मिनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । प्रदेश प्रतिनिधिमा कमल पण्डित, चिरञ्जीवी अधिकारी, ज्योति श्रेष्ठ, तुलसीराम सापकोटा, बाबुराम बगाले, सुरेश थापा, हरिदत्त पौडेल, एजिला ढकाल, कान्छीमाया तामाङ, तीर्थमाया पौडेल, ओजराज पौडेल, विद्या जिसी, अमर गुरुङ, मनिलाल श्रेष्ठ, केशकुमारी राना मगर र बुद्धकुमार परियार विजयी हुनुभएको छ ।

तनहुँ क्षेत्र नम्बर १ (ख) को सभापतिमा काजीमान श्रेष्ठ निर्वाचित हुनुभएको छ । आज बिहान सकिएको मतपरिणाम अनुसार २२० मत प्राप्त गरी श्रेष्ठ सभापतिमा विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी राजेन्द्र पियाँले १५४ मत प्राप्त गर्नुभएको छ ।

उपसभापतिमा बाबुराम श्रेष्ठ २२५ मत र राधादेवी खनाल १९० मत प्राप्त गरी विजयी हुनुभएको छ । सचिवमा लक्ष्मीकान्त मिश्र १९६ मत र हरिशरण खनाल १८४ मत प्राप्त गरी विजयी हुनुभएको छ । सहसचिवमा गोपाल थापा २२४ मत र राजु पौडेल १८२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

प्रदेश प्रतिनिधिमा पवित्रा गौली, विद्या खनाल, शान्ता बास्तोला, कर्णबहादुर गुरुङ, निमबहादुर मगर, प्रेमबहादुर गुरुङ, सुवास अधिकारी, मदन पण्डित, तुलक कैनी, गिरबहादुर थापा, महेश भट्टराई, पन्चमाया गुरुङ, विमला थापा, तम बहादुर दरै, बिपीन गुरुङ, अमृत नेपाली र चित्तबहादुर थापा विजयी हुनुभएको छ । 

तनहुँ २ (क) को सभापतिमा जितराज राना विजयी हुनुभएको छ । आज बिहान सकिएको मत परिणाम अनुसार राना सभापतिमा विजयी हुनुभएको हो । पदाधिकारी तथा प्रदेश प्रतिनिधिमा पनि रानाको प्यानल विजयी भएको छ । 

रानाले २३८ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी हिराबहादुर थापाले १८१ मत प्राप्त गर्नुभएको छ । उपसभापतिमा पशुपति क्षेत्री (२२९) र रेशमलाल पौडेल (२४६) विजयी हुनुभएको छ । 

सचिवमा राजेशकुमार श्रेष्ठ (२४४) र हरि भण्डारी (२२४) विजयी हुनुभएको छ । सहसचिवमा केशबहादुर थापा (२३६) र मुक्तिप्रसाद सापकोटा (२२६) विजयी हुनुभएको छ । 

प्रदेश प्रतिनिधिमा तुलबहादुर गुरुङ, रविचन्द्र पौडेल, लोकेन्द्र  थापा, श्रीबहादुर थापा, शिवबहादुर आले, शिवशरण वाग्ले र समुन्द्रराम श्रेष्ठ मत प्राप्त गरी विजयी हुनुभएको छ । यसैगरी बासना श्रेष्ठ, बिना खनाल र सुलोचना गौतम मत प्राप्त गरी विजयी हुनुभएको छ । यसैगरी जुक्तराज वाग्ले, निशादेवी पौडेल, अन्जनकुमार श्रेष्ठ, हीरालाल गुरुङ, सीता कुमाल, डोलबहादुर सुनार निर पुनः  गरी विजयी हुनुभएको छ । 

तनहुँ क्षेत्र नम्बर २ प्रदेश (ख) को सभापतिमा इन्द्रबहादुर आले निर्विरोध निर्वाचित हुनुभएको छ । दुई उपसभापतिमा इमानसिंह थापा र आनन्ददेव श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । सचिवमा सुशील कुमार श्रेष्ठ र अशोक गिरी, सहसचिवमा चुननारायण श्रेष्ठ र माधव लम्साल निर्विरोध निर्वाचित हुनुभएको छ । 

यसैगरी प्रदेश अधिवेशन प्रतिनिधिमा विष्णुविर थापा, नारायणप्रसाद भट्टराई, ध्रुवकुमार श्रेष्ठ, सीता कुमाल, मदन थापा, मीरा आले थापा, श्रीराम आले, मथुराकृष्ण श्रेष्ठ, राजेन्द्र अर्याल, भविसरा आले, विजयराज सुवेदी, पदमबहादुर थापा, तिलिसिरा थापा, रोमाया थापा, प्रभात आले, कुलबहादुर सुनार र चिनबहादुर आले निर्विरोध निर्वाचित हुनुभएको छ । 
 


प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  ०९:४१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्