Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बर्दियाको मधुवन-३को कांग्रेस अधिवेशन अन्यौलमा, नेताहरुको जुँघाको लडाइले निर्वाचन अनिश्चित
बर्दियाको मधुवन-३को कांग्रेस अधिवेशन अन्यौलमा, नेताहरुको जुँघाको लडाइले निर्वाचन अनिश्चित
हरि गुरुङ
हरि गुरुङ शुक्रबार, कात्तिक २६, २०७८

बर्दिया : बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नंवर ३ मा नेपाली कांग्रेसको शनिबार २७ गते हुन गैरहेको अधिवेशन होला या नहोला भन्ने अन्यौलता कार्यकर्ताहरुमा छाएको छ । यसअघि असोज ५ गते मंगलबार बिबादका कारण यहाँँको वडा अधिवेशन स्थगित भएको थियो ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको नामावली अनुसार चुनाव हुनगईरहेको अवस्थामा नयाँँ नामावली दोस्रो पक्षले सार्वजनिक गरेपछि बिबाद भएको थियो । बिबाद पछि यहाँको निर्वाचन स्थगित भएको थियो । सो बिबाद अँझै सम्म कायमै रहेकोले फेरि तोकिएको समयमा अधिवेशन हुन्छ वा हुन्न भन्नेमा यहाँका नेता-कार्यकर्ताहरुमा चासो तथा अन्यौलता छाएको छ ।

मुख्यतः बर्दियाको मधुवन नगरपालिकावडा नं-३ मा नेपाली कांग्रेसका जिल्ला सभापति/ संघिय सांसद सन्जय गौतम र केन्द्रिय सदस्य/संघिय सांसद किशोर सिंह राठौर पक्षधर बिच तिब्र प्रतिस्पर्धा रहेको छ । जिल्ला सभापति/ संघिय सांसद सन्जय गौतम कांग्रेसका वरिष्ठ नेता राम चन्द्र पौडेल निकट मानिनुहुन्छ भने केन्द्रिय सदस्य/संघिय सांसद किशोर सिंह राठौर कांग्रेस सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउबा निकट मानिनुहुन्छ । दुबै नेताको ‘ग्रास रुट लेबल’ तल्लो तह सम्मका कार्यकर्ताहरुसंग पहुँच रहेको छ । दुबै नेता नेपाली कांग्रेस बर्दियाका पुराना कार्यकर्ता हुनुहुन्छ ।

जिल्ला सभापती गौतम पक्ष नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको नामावली अनुसार चुनाव हुनु पर्ने अडानमा छन भने केन्द्रिय सदस्य राठौर पक्षले ३० जना नाम समावेश गरेर हुनुपर्ने अडानमा छन ।

कार्तिक २७ गते शनिबार पुन हुन गइरहेको निर्वाचनका बारेमा यहाँका नेता कार्यकर्ताहरुको धारणा लिएका छौँ ।

नेर्प सिंह ठकुरी
क्रियाशिल सदस्य
नेपाली कांग्रेस (राठौर पक्ष)

अन्यौलता छाएको छ । सहमती गरेर अगाडि बढ्नु पर्छ । आज राती १२ बजे भित्र थाहा हुन्छ निर्वाचन हुन्छ कि हुँदैन भनेर । यहाँ दुई पक्ष छन । दुबै पक्षका बिच भागवण्डा मिलेको छैन । दुबैले ५०-५० प्रतिशत पदहरु बाँडफाँड गरे मिल्न सक्छ । बजारमा ७५-२५ को कुरो पनि आएको छ । अब राती सम्ममा मेलमिलाप हुनसक्छ ।

नारायण मल्ल
क्रियाशिल सदस्य तथा वडा नं ३ अध्यक्ष
(गौतम पक्ष)

चुनाव हुने नहुने कुरा आधिकारिक रुपमा अहिलेसम्म थाहा नभएको अवस्था छ तर हामी तयारी अवस्थामा छौँ । मधुवन-३ का क्रियाशिल सदस्य हामीहरु निर्वाचनको तयारीमा छौँ । चुनाव हुने नहुने बारे अहिले भन्न नसकिने अवस्था छ ।

सरस्वती शाह
क्रियाशिल सदस्य (राठौर पक्ष)

जिल्ला सदरमुकाम गुलरियामा नेताहरुको मिटिङ-बैठक बसिरहेको अवस्था छ । चुनाव त १५५ जनामा हुन्छ । १२५ मा ३० जना थप भएकैबाट चुनाब हुनुपर्छ र हुन्छ ।

बलिराम चौधरी
क्रियाशिल सदस्य तथा मधुवन नगरपालिका सह-सभापति(गौतम पक्ष)

नगरसमितिको तर्फबाट १२५ जनामानै चुनाव हुनुपर्छ भनेर हामिले नेताहरुलाई भनेका छौँ । मलाई के लाग्छ भने विधि र प्रक्रिया भन्दापनी नेताहरु हावी भएको हामिले महसुश गरेका छौँ ।
नेताहरुले चाहे भने वडा अधिवेशन हुन्छ हैन भने हुँदैन ।

राजकुमार पुरी
क्रियाशिल सदस्य(राठौर पक्ष)

यो सबै बिगारेको केन्द्रिय स्तर र जिल्ला स्तरका नेताहरुले हो । हामी त कस्तो भयौँ भने नेताले जे भने त्यही गर्ने । यो परिपाटी राम्रो होइन । पार्टिकै नेताहरु अधिवेशन हुन दिन चाहन्नन । हामी त हुनुपर्छ गर्नुपर्छ भन्ने पक्षमा छौँ । १२५ र पछि आएको ३० जना समावेश गरेर अधिवेशन हुनुपर्छ भन्ने पक्षमा छौँ ।

रञ्जित वीर विक्रम शाह
क्रियाशिल सदस्य(गौतम पक्ष)

चुनाव अन्यौलमा छ । अहिले साँझको ५ बज्यो चुनाव अनिश्चित छ । रातभरिमा जे पनि हुन सक्छ । विधि र प्रक्रिया भन्दा बाहिर गएर चुनाव हुन दिँदैनौँ । केन्द्रीय निर्वाचन समितिले पारित गरेको कांग्रेसको आधिकारिक वेब पोर्टलमा राखेको नामबाट मात्र निर्वाचन हुन्छ । त्यो बाहेक जबर्जस्ति गर्न हामी दिँदैनौँ ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  १७:१३
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्