Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • बाढीले अन्न-बाली बगाएपछि सडकमा संघर्ष गर्दै बर्दियाकी बेचनी चौधरी
बाढीले अन्न-बाली बगाएपछि सडकमा संघर्ष गर्दै बर्दियाकी बेचनी चौधरी
अर्पणा योगी
अर्पणा योगी शुक्रबार, कात्तिक २६, २०७८

बर्दिया । बर्दियाको सदरमुकाम गुलरियाबाट करिब २६ किलोमिटर पश्चिममा रहेको देशकै लामो पुलको रुपमा प्रख्याती कमाएको कर्णाली गेरुवा पुल अहिले एक महिलाकालागी जीवन धान्ने बाटो बन्न पुगेको छ ।

केही महिना अघि खेतबाट घर ल्याउन तयारी अवस्थामा राखिएको अन्नबाली अप्रत्याशित रुपमा आएको विनाशकारी बेमौसमी वर्षाका कारण बाढीले बगाउँदा जिल्लाको राजापुर नगरपालिका वडा नंवर ६ टपराकी बेचनी चौधरीको जीवन पिडादायी बन्न पुगेको छ । उहाँको दिनहरु सडकमा संघर्ष गर्दै बितिरहेका छन ।

No description available.

बेचनीको अहिले दिनहरु बारीमा फलेका तरकारी, रुखमा फलेका भोकटे र जंगलमा फलेका च्याउ गेरुवा नदिमाथीको पुलमा बसेर बेच्दै कट्ने गरेका छन ।

यो पंक्तिकारले बेचनी चौधरीलाई भेट्दा उहाँ स्थानिय भाषामा 'भक्कु' भनिने भोकटे बेच्दै गरेको अवस्थामा हुनुहुन्थ्यो । उहाँ नेपाली भाषा बुझ्ने तर बोल्न नजान्ने र यो पंक्तिकार थारु भाषा बुझ्ने तर बोल्न नजान्ने अवस्था सृजना भएपछि दुबैको मौन स्वीकृतिमा दुबैले आफुले बोल्ने भाषामा एक-अर्कासंग संवाद थाल्यौं ।

सुरुमा बोल्न नचाहनुभएकी बेचनीसंग आफू पत्रकार भएको भनेर परिचय दिएपछि बल्ल उहाँ कुरा गर्न थाल्नुभयो ।

बेचनीको लागी उहाँको संसार आफ्नो परिवार हो । त्यही परिवार आज समस्यामा भएकाले उहाँ आज गेरुवा नदिको पुलमा तरकारी बेच्दै हुनुहुन्छ ।

No description available.

बेचनीको सबै भन्दा ठूलो गुनासो राहत नपाएकोमा छ । "४-५ जना आएर नाम टिपेर लगेर गएका छन, राहतको आश लागेको छ तर नेताहरुले अहिले सम्म काठमाण्डुबाट राहतै पठा छैनन ।" उहाँले भन्नुभयो, "राहत आएपछि भत्किएको घर बनाउने भनेको छु, अस्ति ठुला नेताहरु आएर राहत पठाइदिन्छु भन्या छन, अब कहिले आउँछ कुन्नी ।"

बेचनीले कुनै दिन तरकारी बेच्नुहुन्छ भने कुनै दिन घरका रुखमा फलेका भोकटे, कुनै दिन च्याउ । यसरी उहाँले दिनमा २०० देखि ३०० सम्म कमाउनुहुन्छ र आफ्नो परिवारको छाक टार्नुहुन्छ ।

बेचनीका श्रीमान ज्याला-मजदुरी गर्नुहुन्छ । उहाँका तीन छोरी छन भने एक छोरा । उहाँका तिनवटै छोरीको विवाह भैसकेको छ भने छोराले भर्खरै एउटा संस्थामा काम गर्न सुरु गर्नुभएको छ । अब बेचनीलाई छोराको विवाह गर्नु छ । छोराको विवाह गरेर बुहारीलाई घरमा भित्राउने उहाँको ठुलो इच्छा छ ।

No description available.

उहाँ भन्नुहुन्छ, "विवाह गर्न ३ लाख जति लाग्छ, छोराको विवाह गरेर नातिनातिना खेलाउने धोको छ । त्यसैले पैसा जम्मा गरिराखेको छु । भोकटे बेचेको पैसा जम्मा गर्छु । महिनाभरी जम्मा भएको पैसा बैंकमा राख्ने गर्थें तर बाढीले वर्षभरी खान पुग्ने अन्नबाली नष्ट गरिदिएपछि अब यो पैसाले साँझ-बिहान छाक टार्न पुग्दैन त्यसैले बैंकमा जम्मा गर्न पाएको छैन ।"

बेचनीलाई नेताहरुसंग धेरै रिस उठेको छ । बाढी पीडितलाई ढाडस दिन नेताहरु नआएकाले उहाँलाई धेरै नराम्रो लागेको छ । उहाँको बुझाइमा नेताहरुले जनताको दुखमा साथ दिनु पर्छ ।

उहाँ औँला भाँच्दै भन्नुहुन्छ, "गाउँका मान्छेले मलाई भनेको, अब चुनाब आउँदै छ रे । राहत नदिए भोट दिन्न । हामीलाई राहत नदिने नेतालाई भोट दिन्न ।"

बेचनीको पीडा त यहाँका बाढी पिडितको समस्याको बिम्ब मात्र हो । बेचनी जस्ता हजारौँ बाढी पिडित देशैभरी रहेका छन । ती बाढी पीडितको घाउमा सरकारले मल्हम लगाउन जरुरी छ । ती बाढी पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन सरकारी संयन्त्रहरुले तदारुकता देखाउन जरुरी छ ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  १४:२३
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्