Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • सदियौंदेखि चलिआएको सोनाहा जातिको पेसा संकटमा
सदियौंदेखि चलिआएको सोनाहा जातिको पेसा संकटमा
हरि गुरुङ
हरि गुरुङ आइतबार, कात्तिक १४, २०७८

बर्दिया : बर्दिया जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउँ पालिकामा बस्ने सोनाहा जातिको सदियौंदेखि चलिआएको परम्परागत पेसा संकटमा परेको छ।

बालुवा चालेर सुन खोज्ने र माछा मार्ने एवम् ढुङ्गा चलाउने परम्परागत पेसामा सामुदायिक वन र बर्दिया राष्ट्रिय निकुञ्जले रोक लगाएपछि उनीहरुको सदियौं देखि चलिआएको परम्परागत पेसा संकटमा परेको हो ।

सोनाहा जातीको बसोबास बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा करिव ७ सय २९जनाको संख्यामा सोनाहाको बसोबास रहेको छ। 

No description available.

निकुञ्ज घोषणा हुनु अघि सोनाहा जातिका मानिसहरू विना अवरोध नदीको बगरमा छाप्रो बनाएर बस्दै आएका थिए । बगरकै बालुवामा सुन चाल्ने, नदीमा माछा मार्ने पेसा गरी जिविकोपार्जन  गर्दै आएका थिए । 

खेती गर्ने जमिनको नाममा कर्णाली नदिको बगर मात्र भएका र त्यही बगरमा सुन फलाउने सोनाहरुलाई सामुदायिक वन तथा  बर्दिया राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्र भित्रका नदीहरुमा सुन चाल्न रोक लगाएपछि भने उनीहरुको दैनिकी  कष्टकर बन्दै गएको छ ।

पछिल्लो समयमा परम्परागत पेसाबाट जीविका चलाउन गाह्रो भएपछि सोनाहहरुले वैकल्पिक पेशा अंगाल्न थालेका छन्  उनीहरु सामुहिक वंगुरपालन, कुखुरा पालन र माछापालन लगायत किराना पसल तर्फ आकर्षीत भएका छन् । केहीले भने सामुहिकरुपमा होमस्टे सञ्चालनमा ल्याएका छन् ।

नदि बगरलाई कर्मथलो बनाएका सोनाहा जातिले अल्पसंख्यक सीमान्तकृत आदिवासी जनजातिको रूपमा सूचीकृत गर्न माग गर्दै आएका छन् । तर, राज्यले अहिलेसम्म कुनैपनी जातीय समुहमा सुचिकरण गरेको छैन । यसले आफुहरुलाई राज्यको सेवा सुविधा लिन र नयाँ तरिकाले जीवन अगाडि बढाउन समस्या भएको सोनाहाहरु बताउँछन।

सर्वोच्च अदालतले २०७२ मंशिर १६ गते सोनाहा जातीलाई लोपोउन्मुख आदिवासी जनजातिको रुपमा सुचिकृत गरी अन्य जाती सरह नै सामाजिक सुरक्षा प्रदान गर्न सरकारको नाउँमा आदेश जारी गरेको थियो ।सर्वोच्च अदालतको फैसला कार्यान्वयन प्रक्रिया  अगाडी अझैसम्म पनि अगाडी बढेको छैन । झन जातीय पहिचान पनी नहुँदा उनीहरुको अस्थित्व नै संकटमा परेको छ ।

पल्टिदेवि सोनाहा भन्नुहुन्छ, "हामीलाई सुन चाल्न धेरै अप्ठ्यारो छ। पहिले बाउ बाजेहरुले चाल्थे सुन अहिले हाम्रो समयमा सुन चाल्न अप्ठ्यारो भएको छ। निकुञ्ज भित्र पनि सुन चाल्न जान्थे कसैले केहि पनि नभन्ने  तर अचेल वन समितिहरुले लागेछ्न सुन चाल्न दिदैन धेरै समस्या छ ।"

No description available.

त्यस्तै, "हाम्रो पेसा भनेको सुन चाल्ने माछा मार्ने हो तर निकुञ्ज र सामुदायिक वनका कारणले हामीलाई समस्या परेको छ। निकुञ्जको र सामुदायिक वनले आफ्नो निति नियम ल्याएको छ भने हाम्रो सदियौं देखि चलिआएको पेसा छोड्न परेको छ र जिविकापार्जन गर्न अन्य व्यवसाय गर्न बाध्य छौं । साथै मैले त सानो किराना पसल गरेर जीविकापार्जन गरेको छु।", भागिराम सोनाहले दुखेसो सुनाउनुभयो।

No description available.

त्यसो त, सोमही सोनाहाको दुखेसो पनि उही छ। "राष्ट्रिय निकुञ्ज र सामुदायिक वनले हामीलाई सुन चाल्न दिदैन ।नेपाल सरकारले सुचिकृत नगरिदिदा हामी धेरै सेवा सुविधाबाट वन्चित भएका छौं।" उहाँले भन्नुभयो, "अरु जाति सरह हामीले पनि सेवा सुविधा पाउनुपर्ने हुन्छ।यो हाम्रो माग पनि हो।"

No description available.


प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  १०:४६
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्