Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • खसीबोका बेचेरै घर खर्च चलाउँदै दाङका महिला, उत्पादन बढ्यो तर उचित बजार पाइएन
खसीबोका बेचेरै घर खर्च चलाउँदै दाङका महिला, उत्पादन बढ्यो तर उचित बजार पाइएन
शिव राज खनाल
शिव राज खनाल मंगलबार, कात्तिक २, २०७८

दाङ :  वर्षभरिमा सबैभन्दा धेरै मासु खपत हुने चार्ड भनेकै दसैं हो । यहि दसैं र तिहारलाई मध्यनजर गर्दै विभिन्न स्थानमा खसी बोकाहरु बेचेरै वर्षभरि  घर गुजारा चलाउनेहरु पनि छन । 

दाङको लमही नगरपालिका वडा न- ८ निवासी सुनिता बुढाथोकीले यसपालीको दसैँ र तिहार लागि  २४ वटा खसी तयार पारेकी छन् । ७ बर्षदेखि  घरमा खसीबोका पाल्दै आएकी बुढाथोकीले पोहोर साल १७ वटा खसी बिक्री गरेकी थिईन् । सुरुमा ४ वटा बाख्राबाट पालन शुरुवात गरेकी उनलाई अहिले आफ्ना बाल बच्चाको पठनपाठन र घर खर्च चलाउन कुनै समस्या छैन्। 

"मेरो घरमा २४ वटा खसी तयार थिए । यहि खसीबोका बेचेर छोराछोरी पढाउने र घर खर्च चलाउने गरेको छु", बुढाथोकीले भनिन ।

No description available.

लमही नगरपालिका भित्र ४ वटा सामाजिक उद्यमी महिला सहकारी संस्थाहरु छन् । ती सहकारीहरुले व्यवसायिक बाख्रा पालनको लागि किसानहरुलाई लगानी गर्दै आएका छन् ।

जसमा निलकमल, कर्मठ, दिपन र समुन्नती सामाजिक उद्यमी महिला सहकारी संस्था लगायतले यसवर्ष पनि बोका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई दशैंको लागि खसीवोका बिक्री गर्न सफल भएका छन् ।

तर, यसवर्ष भने, खसीवोकाको माग भन्दा उत्पादन बढी भएका कारण किसानहरुले तयार बनाएका खसीबोकाहरुले बजार नपाउँदा चिन्तित हुन पुगेका छन् ।

यस्तै, आफुहरुले पालेर तयार बनाई सकेका खसीवोकाले बजार नपाउदा चिन्तित हुनु परेको दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष पुनम गिरीले बताएकी छिन्।

नेपाल कागजसंगको कुराकानीमा उनले भनिन्, "स्थानीय स्तरमा महिलाहरु द्धारा तयार पारिएका खसीवोकाहरुको बिक्रीका लागि स्थानीय तहले पनि चासो दिनुपर्छ।"

दसैं, तिहार जस्ता चाडपर्वमा अत्यधिक मासुको माग हुने हुँदा खाध्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरले आम उपभोक्ताहरूको आवश्यकतालाई मध्यनजर गरी स्वस्थकर खसी बोका किसानबाट खरिद गरी विगतका केही वर्षयता काठमान्डौ पठाउने क्रम जारीलाई प्राथमिकता दिदै आएको छ ।

No description available.

दाङबाट मात्रै गत वर्ष ८ सय १ वटा खसी बोका काठमाडौ पुगेका थिए । हाल दाङमा उत्पादन बढी भएकाले माग बढेको अवस्थामा आवश्यक अनुसार खसीबोकाको मागलाई पुरा गर्न सकिने खाध्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड तुल्सिपुरका प्रमुख नकुल चौधरीको भनाई रहेको छ ।

लमही नगरले पालिकाको वडा न- ७, ८ र ९ नम्बर वडा लाई बाख्राको पकट क्षेत्र भनेर घोषणा गरेको छ । उत्पादन बढेसंगै हाल किसानहरुले खसी बोका बिक्री वितरण गर्न नपाउँदा समस्यामा परेको र किसानहरुका समस्या समाधानका लागि सरकारी स्तरबाट कुनै ठोस नीति नआएको बाख्रा पालक किसान बुढाथोकीले गुनासो गरिन् ।

दाङ लगाएका विभिन्न स्थानमा हेफर संस्थाले समूह गठन गर्दै बाख्रा पालनका लागि तालिम , उपचार  , उत्पादन भएका खसी बोकाको बजारीकरण  र कृषि क्षेत्रमा लगानी गर्दै आएको छ । फलस्वरूप अहिले दाङमा खसीबोकाको उत्पादन बढेको देख्न सकिन्छ ।


प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १४:५०
#दाङ
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्