Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • सुकुम्बासीका नाममा घटेको दु:खद घटना मोतिपुर घटना ।
सुकुम्बासीका नाममा घटेको दु:खद घटना मोतिपुर घटना । (सम्पादकीय)
अर्पणा योगी
अर्पणा योगी बुधबार, असोज २७, २०७८

जब देशमा न्याय र विधिको शासन हराउँछ तब सरकार मात्र होइन नागरिकमा समेत अराजकता मौलाएर आउँदछ । त्यसको पछिल्लो उदाहरण रुपन्देहीको मोतिपुर स्थित औद्योगिक क्षेत्रमा चार जनाको ज्यान गएको र कैयन घाइते भएको घटना हुनपुगेको छ ।

राजनैतिक दलको संरक्षण र आडमा सरकारी, सार्वजनिक, ब्यक्तिको जग्गा जबर्जस्ती सुकुम्बासीका नाममा समाजका टाठा बाठाले कब्जा गर्ने र त्यस्ता जग्गाको संरक्षणका लागि सरकारले आवश्यक कदम अगाडि बढाउँदा सरकारमा नरहेका दलहरु उनीहरू कै पक्षमा क्षणिक राजनीतिक लाभका लागि एकबद्दता र समर्थन जनाइ हौसाउने प्रबृत्तिले सरकारी सम्पत्तिको संरक्षनमा मात्र समस्या नआइ गौरवका आयोजना सन्चालनमा समेत बाधा पुग्ने गरेकोछ । 

सुकुम्बासीका नाममा हुने यस्ता गतिविधिले नेपाल भरका पौरानिक मठ मन्दिर, बन क्षेत्र र नदि किनार समेत अतिक्रमण हुन पुगेको छ । यसबाट कुरुप बस्ती निर्माण मात्र होइन जोखिम युक्त समेत हुन गएको छ । साथै फोहोरी राजनितिको यस्तै खेलका कारण दशैको मुखैमा मोतिपुर क्षेत्रका केही आमाहरुको काख र सिंदुर मेटिन पुगेको छ।कति नाबालक टुहुरो हुन गएकाछन । स्वार्थी राजनीतिक दलका स्वार्थ त भोलिका दिनमा देखिनेछ नै तर सदस्य गुमाएका परिवार भने जीवनभर पिडामा रहने निश्चिति छ । यस्ता स्वार्थी राजनीतिसङ्ग भोलिका दिनमा सचेत हुनु पर्ने पाठ भने आम नागरिकले लिनै पर्छ ।

सबै नितिको चुरो राजनितीले पनि आत्म आलोचनाका साथ समिक्षा गर्न जरुरी छ । राजनीति देश र जनताको समृद्धि र सुखको लागि हो, नकि जनता मार्नको लागि । दलिय स्वार्थ भन्दा माथि राष्ट्रिय स्वार्थ हुन नसक्दा सार्वजनिक सम्पत्तिको लुछाचुडी मात्र होइन ठुला राष्ट्रिय स्वार्थमा समेत एकमत हुन नसकेको अवस्थाका कारण देशको आन्तरिक मामलामा समेत बिदेशी चासो दिन प्रतिदिन बढेको जगजाहेर छ । दलका नेताले समेत भावी पुस्तालाई सम्झेर सकारात्मक कार्यका लागि जनतालाई परिचालन गर्नु पर्दछ नकि अराजक कार्यका लागि ।

राज्यले सदाका लागि सुकुम्बासी समस्या समाधान का लागि ठोस योजनाका साथ स्पष्ट नीति र संरचना तय गरि सक्कली सुकुम्बासीको एकिन तथ्यांक तय गरि सदाका लागि समाधान खोज्नु पर्छ भने जिम्मेवार राजनीतिक नेतृत्वले पनि दलिय स्वार्थलाई नहेरी सहयोग गर्नु पर्दछ ।

साथै संविधानमा रहेका मौलिक हकका अतिरिक्त नागरिकका कर्तब्यको रुपमा रहेको सार्वजनिक सम्पतिको संरक्षणको बिषयलाई समेत आम नागरिकले हेक्का राख्नु पर्दछ । त्यस्ता सार्वजनिक सम्पतिको संरक्षणमा प्रहरी प्रशासनले समेत आपसी सहमती र सहयोग लिई संरक्षणमा लागि पर्नु पर्दछ।

रुपन्देही घटनामा पनि केही स्वार्थी समूह र राजनितीक दलको प्रत्यक्ष अप्रत्यक्ष सम्लग्नता रहेको र प्रहरी प्रशासनलाई उत्तेजित बनाउने कार्य भएको देखिएकोले त्यस तर्फ सबै नगरिक एवं सरकार सतर्क हुनुका साथै कडा कानुनी कारवाही गरि भावी दिनमा 'सुकुम्बासीको नाम' राजनीति गरिखाने भाँडो हुनबाट सदाका लागि अन्त्य गर्नु पर्ने देखिन्छ ।


प्रकाशित मिति: बुधबार, असोज २७, २०७८  ०९:५५
#सम्पादकीय
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्