Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • विश्वमानसिक स्वास्थ्य दिवस : तनावपूर्ण र अस्वस्थ जीवनशैली मनोरोगको कारक
विश्वमानसिक स्वास्थ्य दिवस : तनावपूर्ण र अस्वस्थ जीवनशैली मनोरोगको कारक
नेपालकागज
नेपालकागज आइतबार, असोज २४, २०७८

काठमाडौँ । तनावपूर्ण र अस्वस्थ जीवनशैली मनोरोग बढाउने मुख्य कारक रहेको चिकित्सकले बताएका छन् । सामाजिक, आर्थिक, वातावरणीय प्रभाव र कुलतका कारण पनि मनोरोग हुने उनीहरुको भनाइ छ । समयमै उपचार गरेमा रोगबाट बच्न सकिने जनाइएको छ । 
 
मनो चिकित्सक डा गिरिराज भन्तना तनावपूर्ण वातावरण घटाउनु पर्ने र स्वस्थ जीवनशैली अपनाउनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “ यसबाट बचाउनका लागि परिवार, समाज र राष्ट्रको भूमिका हुन्छ ।”    बंशाणुगत हिसाबले जोखिममा रहेका व्यक्तिलाई वातावरणीय अनुकूलता मिलाउनुपर्ने उहाँको भनाइ छ । ब्युटीफूल माइण्ड इन्स्टिच्युट अफ साइक्याट्री, खैरहनीका अध्यक्षसमेत रहनुभएका डा भन्तना मदिरा लागुऔषध दुव्र्यसनीमा मनोरोगको जोखिम बढी हुने बताउनुहुन्छ ।
 
रोग लागिहालेमा विशेषज्ञ चिकित्सकसँग समयमा नै उपचार गरेमा निको हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यक्तिसँग सुहाउँदा वातावरणीय अनुकूलता मिलाउनुपर्छ । त्यही खालको व्यवहार मिलाउनुपर्छ ।” लामो समय रोगलाई पालेर नबस्न डा भन्तना सुझाव दिनुहुन्छ ।
 
भरतपुर अस्पतालका मानसिक रोग विभागका प्रमुख डा सुनिल साह विशेषगरी कोरोना महामारीपछि विभिन्न समस्या लिएर बिरामी आउने गरेको बताउनुहुन्छ । सङ्क्रमणका समयमा नियमित चेक नगरेका र औषधि प्रयोग नगरेका पूर्ववत् अवस्थामा जटिल समस्या लिएर आउने गरेको उहाँ बताउनुहुन्छ । महामारीपछि पेशा तथा रोजगारी गुमाएर, लामो समय परिवार एकै ठाउँमा बस्दा झैझगडा भएर पनि समस्या आएको उहाँको बुझाइ छ । मध्यम र न्यून आय भएका देशमा मानसिक समस्या बढेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जनचेतनाको कमी छ । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई उपचार पहुँच छैन ।”
 
समाजबाट उनीहरु अपहेलित भएको जनाउँदै उहाँले समयमै उपचारका लागि अस्पताल लैजानुको सट्टा धामीझाँक्रीकामा लैजाने प्रचलन अहिले पनि रहेको बताउनुभयो । रोग नियन्त्रणका लागि परिवार र समाजको महत्वपूर्ण भूमिका हुने साह बताउनुहुन्छ । मानसिक रोगसम्बन्धी जनचेतना जगाएर समयमै अस्पताल पठाएर उपचार गर्न सकिएमा रोग निको पार्न सकिने डा साहको भनाइ छ ।
 
मनोरोग विशेषज्ञ डा सिर्जना भुर्तेल स्वस्थ जीवनशैली अपनाउनसके धेरै मनोरोग नियन्त्रण गर्न सकिने बताउनुहुन्छ । सामान्य स्वस्थ जीवनशैली अपनाउने, शारीरिक श्रम र व्यापार गर्ने, आफ्ना कुरा अरुलाई बाँड्ने (शेयर गर्ने) गरियो भने धेरैजसो मनोरोग नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कुलतमा लागेमा, कसैको आनीबानी र व्यवहार परिवर्तन भएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ ।”
 
सामान्य अवस्थामा मानिसको सोच, विचार र व्यवहारमा आउने परिवर्तनलाई मनोरोग भनिने बताउँदै उहाँले भन्नुभयो, “निराश हुनु, राति निन्द्रा नपर्नु, खाना मन नलाग्नु, आत्महत्याको सोच आउनु जस्तो लक्षण मनोरोगका हुन् ।” छड्पटी हुनु, जाँगर नलाग्नु, जिउ पोल्नु, जोर्नी पोल्नु, चिन्ता बढ्नु तर परीक्षण गर्दा केही रोग नदेखिनुलाई मनोरोग भनिने गरेको उहाँको भनाइ छ । 
    
पारिवारिक, सामाजिक, आर्थिक, वातावरणमा भइरहेका कुराले असर गरेर मानसिक रोग हुने उहाँ बताउनुहुन्छ । मनोरोगका धेरै भ्रम छन् । रोग लागेको मानिससँग विवाह गर्न हुँदैन, यो रोग सरुवा रोग हो, यो रोग एकपटक लागेपछि जीवनभर औषधि खानुपर्छ भन्ने गलत मान्यता रहेको चिकित्सक बताउँछन् । मुख्यरुपमा आफ्ना कुराहरु बाँड्ने, आफ्नो कुरा सुनाउने र अरुको कुरा सुन्ने गर्नुपर्ने चिकित्सकको भनाइ छ ।
 
मनोरोगबाट बच्नका लागि स्वस्थ जीवनशैली अपनाउन उहाँहरुको सुझाव छ । दैनिक व्यायाम, योगा गर्ने, हिँड्ने, निर्धारित समयमा सुत्ने, उठ्ने र खाने गर्नुपर्छ । स्वस्थ मानिसले छदेखि आठ घण्टाको मीठो निन्द्रा निदाउनु पर्दछ । पानी प्रशस्त पिउनुपर्छ । आफ्नो मनोरञ्जनको समय निकाल्ने र मनोरञ्जन गर्ने गर्नुपर्ने चिकित्सक बताउँछन् । चिकित्सक सबैको भनाइमा मनोरोग नियन्त्रण गर्न परिवारले उपयुक्त वातावरण बनाउनुपर्ने देखिन्छ ।


प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १०:१४
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका बिहीबार, फागुन १७, २०८०
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ शनिबार, फागुन १२, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता शनिबार, कात्तिक २५, २०८०
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल शुक्रबार, कात्तिक २४, २०८०
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता'
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता' शुक्रबार, कात्तिक १७, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्