Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • बाँकेको जमुनाह र भन्सारका प्रहरीहरु किन जिल्ला तानिए ?
बाँकेको जमुनाह र भन्सारका प्रहरीहरु किन जिल्ला तानिए ?
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी आइतबार, असोज १७, २०७८

फाइल तस्विर - जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक(डिएसपी) मधुसूदन न्यौपाने

बाँकेको जमुनाह र भन्सारमा खटिएका प्रहरीहरुलाई केही दिन अघी एकाएक जिल्लामा तानियो । जिल्ला तानिनेमा प्रहरी जवान देखी प्रहरी नायव निरिक्षक सम्म पर्नुभएको छ । करिब २३ जना प्रहरीहरु जिल्लामा तानिएपछि बिभिन्न संचारमाध्यममा समाचारहरु प्राथमिकताका साथ आए । आखिर बाँकेको जमुनाह र भन्सारका प्रहरीहरु किन जिल्ला तानिए त ? 

जिल्ला प्रहरी कार्यालय बाँके स्रोतका अनुसार केही समय अघी देखी जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख र उप-प्रमुखले बाँकेकै संबेदनशिल ईलाका जमुनाह र भन्सारका प्रहरी अधिकारीहरुलाई सिमामा भारतबाट आउने नेपालीहरुको सुरक्षा र समन्वयमा ध्यान दिन निर्देशन दिनुभएको थियो ।

बाँके स्रोतका अनुसार दशैंको मुखमा दैनिकजसो १२०० देखी २ हजार सम्म नेपालीहरु जमुनाह नाका भएर नेपाल प्रबेश गरिरहेको अवस्थामा जनताले सरल, सहज र प्रभावकारी प्रहरी सेवा पाउन भन्ने जिल्ला प्रहरी कार्यालयका अधिकारीहरुको सोँच थियो र सोही अनुसारको निर्देशन रहेकोमा बुधबार, असोज १३ गते प्रहरी उपरिक्षक (एसपी) श्यामकृष्ण अधिकारी र प्रहरी नायव उपरिक्षक (डिएसपी) मधुसूदन न्यौपानेले अकस्मात नाकाको अनुगमन गर्नुभएको थियो ।

अनुगमनमा त्यहाँ बिचौलिया, दलालहरुको बाक्लो उपस्थिती देखेपछि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख र उप-प्रमुख त्यहाँ रहेका प्रहरीहरुको कार्य प्रणालिको भूमिकामा असन्तुष्ट देखिएका थिए र सोही कारणले एकैपटक करिब २३ जना प्रहरीहरु जिल्लामा तानिएको बाँके स्रोतले बतायो ।

भन्सारमा रहेको प्रहरी युनिटबाट ईन्चार्ज जिल्ला तानिनुभएको छ भने जमुनाहबाट इन्चार्ज सहित सबै प्रहरी जिल्लामा फिर्ता भएका छन ।  

यसै बिषयमा हामीले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक(डिएसपी) मधुसूदन न्यौपानेसंग संक्षिप्त कुराकानी गरेका थियौँ । प्रवक्ता न्यौपानेसंग गरिएको कुराकानीको संपादित अंश 

 

जमुनाह र भन्सारमा रहेका प्रहरी कार्यालयबाट प्रहरी प्रमुख सहितका प्रहरीहरुलाई अकस्मात जिल्ला तान्नुको कारण के होला ?

 

त्यहाँ प्रभावकारी काम नभएको जनगुनासो आएपछि उक्त गुनासोको सम्बोधन गर्न हामीहरुले अनुगमन गरेका थियौँ । सो अनुगमनमा कमिकमजोरिहरु देखिएपछि हामीले नयाँँ नेतृत्व सहितको प्रहरी कर्मचारीहरु खटाएका छौँ । 

 

कस्तो प्रभावकारीता चाहिएको हो ?

 

हेर्नुहोस् वर्षौँ सम्म दु:ख गरेर कमाएर नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु उक्त नाका भएर नेपाल प्रवेश गर्नुहुन्छ । उहाँहरु नेपाल आएको आभास हुने ठाउँँ नै जमुनाह सिमा-नाका हो ।

बाँकेका मात्र जनताहरु उक्त नाका भएर आउने होइनन, सम्पूर्ण लुम्बिनी प्रदेश, कर्णाली प्रदेश लगायतका प्रदेशहरुका बिभिन्न जिल्लाका बिकट क्षेत्रमा बसोबास गर्ने आमा-बुवा, दाजुभाइ तथा दिदी बहिनिहरु नेपालगन्ज भएर आफ्नो जिल्ला जान आउनुहुन्छ ।

अनी उहाँहरुले वर्षौँ सम्म कमाएका पसिनाको कमाइको सुरक्षा दिने जिम्मेवारी हाम्रो होइन ? उहाँहरु ठगिमा नपर्नुहोस् भनेर ठग र दलालको पहुँचबाट सकेसम्म टाढा राख्नुपर्ने कर्तव्य र जिम्मेवारी प्रहरीको होइन र ?

जनताको जिउधनको सुरक्षा, सहजता र समन्वयकारी भूमिकामा प्रहरीको प्रभावकारीता हामीले खोजेका हौँ । सोही अनुरुप काम भइरहेको छ ।

 

कती जना प्रहरीहरु परिवर्तन गर्नुभयो ?  

 

हामीले आन्तरिक रुपमा अनुगमन गरेका हौँ । सिमामा लामो समय एउटै प्रहरी युनिटलाई राखिँदैन । हामीले जनगुनासो सम्बोधन गर्दै अनुगमनबाट आएको निचोड कार्यन्वयन गरेका हौँ । २३ जना प्रहरीहरुलाई जमुनाह र भन्सारबाट जिल्लामा फिर्ता ल्याएका छौँ । 

सिमानाकामा प्रहरी चुस्त-दुरुस्त र कर्तब्यनिष्ठ भएर बस्नुपर्छ । अहिले दशैँ आउन लागेकाले धेरै नेपाली दाजुभाइ यही सिमा नाका भएर घर फर्कदै हुनुहुन्छ । उहाँहरु ठगिने लुटिने घटनाहरु नहोस् भनेर हामी सजग छौँ । सोही सजगताका कारण हामीले आन्तरिक रुपमा केही प्रहरीहरुलाई हेरफेर गरेका हौँ ।

जनताले चाहेपछि ठुला-ठुला शासन व्यवस्था त ढल्छन त्यहाँका जनताले गुनासो गरेपछि प्रहरी कर्मचारीहरुलाई जिल्ला फर्काएर नयाँँ टोली खटाइएको हो । यो सामान्य तर आवश्यक परेपछि गरिएको महत्वपूर्ण निर्णय हो ।    

 

धेरै प्रहरीहरु परिवर्तन गरेर कस्तो प्रतिफलको आशा छ ?

 

आशा होइन हामीले प्रभावकारीताकोलागी गरेको काम हो । छिमेकी मुलुक भारतबाट दु:ख-परिश्रम गरेर आएका नेपालीहरुले नेपाली भुमिमा टेकेपछि आशा होइन भरोसा हुनेगरी हामीले काम गर्ने हो ।

प्रहरी कर्मचारीहरुले कोरोना संक्रमितको पहिचान गर्न त्यहाँ स्थापना भएको हेल्थ डेस्कमा सहयोग गर्नुपर्‍यो, धेरै नेपालीहरुलाई त्यहाँ रहेका दलाल र बिचौलियाहरुले ठगी गरेर चर्को भाडा उठाउने, खाना-खाजाको शुल्क चाहिने भन्दा धेरै लिने जस्ता गतिबिधी बढेको जनताको गुनासो छ ।

त्यसलाई सम्बोधन गर्दै जनताको सुरक्षामा कमजोरी नहोस् भनेर हामीले निर्देशन दिएकाछौँ । त्यसै अनुसारको काम अब प्रहरीले गर्छ । 

 

कुनै समस्या परे जनताले तँपाइलाई संपर्क गर्न सक्छन ?

 

हामी प्रहरीको कर्तब्यनै जनताको सुरक्षा र सेवामा खटिने हो । कुनैपनी समस्या भए सिधै जिल्ला प्रहरी कार्यालय र मातहतका निकायमा संपर्क गर्दा हुन्छ, कुनै समस्याको सम्बोधन नभए वा गुनासो भए सिधै मलाई पनि ९८५८०२३९२२ मा संपर्क गर्न सकिन्छ । 


प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १२:१२
#बाँके
प्रतिक्रिया दिनुहोस्
थप अपराध
नौबस्ता कारागारबाट भाएका कैदी नियन्त्रणमा,४ लाखको सामाग्री बरामद
नौबस्ता कारागारबाट भाएका कैदी नियन्त्रणमा,४ लाखको सामाग्री बरामद मंगलबार, कात्तिक १२, २०८२
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
भर्खरै
नौबस्ता कारागारबाट भाएका कैदी नियन्त्रणमा,४ लाखको सामाग्री बरामद
नौबस्ता कारागारबाट भाएका कैदी नियन्त्रणमा,४ लाखको सामाग्री बरामद
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
लोकप्रीय
  • Week
  • Month
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
३३ औं प्रहरी प्रमुख बन्न ४ एआईजीबीच प्रतिस्पर्धा
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
'राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन, सबैलाई कडा कारबाही गरौं':पोखरेल
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
भेरी अस्पतालमा थपिए ४ वटा डायलाइसिस मेसिन, बिरामीलाई सहज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्