Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बर्दियाको मधुवन नगरपालिकामा किन भएन पालिका अधिवेशन ?
बर्दियाको मधुवन नगरपालिकामा किन भएन पालिका अधिवेशन ?
हरि गुरुङ
हरि गुरुङ मंगलबार, असोज १२, २०७८

बर्दिया । बर्दियामा रहेका ८ वटा पालिकाहरु मध्यमा मधुवन नगरपालिकामा अधिवेशन भएन । बाँकी रहेका ७ वटा पालिकाहरुमा धुमधाम र उत्साहका साथ अधिवेशन सम्पन्न भएको छ । छुट्टै उमंग र उत्साहका साथ नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले ७ वटा पालिकाहरुको अधिवेशनमा सहभागिता जनाएका छन तर मधुवन नगरपालिका सुनसान देखियो । यहाँँका नेता तथा कार्यकर्ताहरुमा छुट्टै किसिमको चिन्ता, अन्यौलता र असमञ्जसता छाएको छ ।

मधुवन नगरपालिका वडा नंवर ३ मा भएको बिबादका कारण वडा अधिवेशन हुननसकेपछि यस्को बाछिटाले मधुवनको पालिका अधिवेशन रोकिएको अवस्था छ ।

मधुवन नगरपालिका वडा नंवर ३ मा असोज ५ गते मंगलबार बिबाद भएपछि वडा अधिवेशन स्थगित भएको थियो । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको नामावली अनुसार चुनाव हुनगईरहेको अवस्थामा आफुलाई केन्द्रिय संस्थापन पक्षको भनेर सार्वजनिक भएको प्यानलले नयाँँ नामावली ल्याएर वडामा खटिएका निर्वाचन अधिकारीलाई दिएपछि अधिवेशन हुननसकेको हो ।

उक्त नयाँँ नामावलीमा ३१ जनाको नाम रहेको छ जस मध्य ३० जना मधुवन नगरपालिका वडा नंवर ३ का रहेका छन । तर ती ३१ क्रियाशील सदस्यता नामावलिमा पार्टी सभापति र केन्द्रिय निर्वाचन समितीका संयोजक महादेव प्रशाद यादवको हस्ताक्षर रहेको छैन जस्ले गर्दा ति नामावलीको आधिकारिकता माथि नै प्रश्न खडा भएको छ । 

बाहिर आएको कथित छुट नामावलीलाई समेत समायोजन गरेर निर्वाचन गराउनुपर्ने भन्दै उक्त नामावली ल्याउने प्यानलले दबाब दिएपछि निर्वाचन गराउन वडामा खटिएका निर्वाचन अधिकारी आशाराम चौधरीले जिल्लाका निर्वाचन अधिकारीलाई जानकारी गराएर अधिवेशन स्थगित गर्नुभएको थियो ।    
     
मधुवन नगरपालिका वडा नम्बर ३ मा गत असोज ५ गते वडा अधिवेशन हुन नसकेपछि समग्र मधुवन नगरपालिकाको अधिवेशन हुन नसकेको हो । मधुवन नगरपालिकाको अधिवेशन हुन नसक्नुमा यहाँ भएको विवाद मुख्य कारण हो । यसै सन्दर्भमा हामीले मधुवन नगरपालिकाको अधिवेशनसङ्ग सम्बन्धित रहेर बर्दिया जिल्लाका नेताहरुसंग अधिवेशन हुननसक्नुका कारणहरु बारे सोधेका थियौँ ।

सञ्जय गौतम 
नेपाली कांग्रेस बर्दिया जिल्ला पार्टी सभापति, प्रतिनिधि सभा सदस्य तथा पुर्व सिचाइ मन्त्री 

क्रियाशील सदस्यता बिबादका कारण मधुवन नगरपालिका वडा नं.-३ मा वडा अधिवेशन हुन नसकेको हो । केन्द्रबाट पठाएको क्रियाशील सदस्यता जम्मा १२५ जना हो तर थप क्रियाशील सदस्य ३० जना आयो जुन समायोजनको नाममा न त जिल्लालाई, क्षेत्रलाई यहाँसम्म कि वडालाई समेत थाहा छैन । जिल्ला निर्वाचन समितीबाट नआएर सिधै केन्द्रिय पार्टी कार्यालयबाट मतदाता नामावली आयो ।

क्रियाशील सदस्य नामावली पठाउने काम केन्द्रिय निर्वाचन आयोगको हो । त्यसकारण गलत बाटोबाट आयो भन्ने कुरामा विवाद उत्पन्न भएको हो । समायोजनका नाममा आएको क्रियाशील सदस्यता नामावलीमा असहमति जनाएपछि वडा निर्वाचन हुन सकेन ।

केन्द्रले समस्याको निराकरण गरेको छैन र जिल्ला निर्वाचन आयोगले निर्वाचन गर्न आँट र हिम्मत गर्न सकेको छैन । हामी चाहन्छौ तत्काल निर्वाचन होस । हाम्रो दुर्भाग्य हो एउटा क्लस्टर मधुवन नगरपालिका वडा नं.-३ का कारणले गर्दा निर्वाचन सम्पन्न हुन सकेन, पालिकाको निर्वाचन पनि हुन सकिरहेको छैन । 

यसले निर्वाचन कार्यतालिकालाई प्रभाव पार्छ कि भन्ने चिन्ता छ । सहमतिले एउटा निकासको बाटो निकाल्नुपर्छ । हामी बीच आन्तरिक प्रतिस्पर्धा हो । पार्टीले यस्लाई गम्भीरताले ध्यान दिएको छैन ।

बिधि र विधान भन्दा बाहिर गएर अधिवेशन गराउन खोजियो भने साथीहरूमा तिक्तता पैदा गर्छ । म सभापतिको नाताले आजै होस भन्ने चाहन्छु । मैले पनि प्रयास गरेको छु । मेरा प्रयासहरु पनि सार्थक हुन सकिरहेका छैनन । निर्वाचन आयोगले पनि ठोस निर्णय दिन नसकिरहेको अवस्था छ ।


विद्या प्रसाद खनाल 
महासमिति सदस्य 
नेपाली कांग्रेस  

नेपाली कांग्रेस क्रियाशील सदस्य छानविन समितिले १२५ जना क्रियाशील सदस्य नामावली पार्टी केन्द्रिय समितिलाई पठाएको हो ।

केन्द्रिय पार्टी समितिले त्यस्लाई अनुमोदन गरि बर्दियाको मधुवन नगरपालिका वडा नं.-३ मा जम्मा क्रियाशील सदस्य १२५ जना आधिकारिक हुन भनि जिल्ला निर्वाचनमा पठाएको अवस्था हो ।

तर पहुँचका आधारमा  थप ३० जना क्रियाशील सदस्य आउँदा आपत्ति जनाउदा विवाद भएपछि वडा निर्वाचन हुन नसकेको हो । निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधली रहित कुनै पनि किसिमको प्रभावमा पर्नु हुदैन भन्ने मेरो मान्यता हो । सबैको सहयोगमा जो आए पनि हाम्रै कांग्रेसी साथीहरू हुन ।

जिल्ला निर्वाचन समितिले पनि ध्यान केन्द्रित गर्न जरुरी छ । यथासिघ्र समयमा १४ औं अधिवेशन हुनुपर्छ भन्ने मेरो मान्यता हो ।

कृष्ण राज योगी(किरण)
अध्यक्ष
लोकतान्त्रिक अपांग संघ बर्दिया   

मधुवन नगरपालिका वडा नंवर -३ मा वडा निर्वाचन हुन नसक्नुको मुख्य कारण केन्द्रिय समिति हो । केन्द्रिय समिति गुट उप-गुटले चलेको कारण  आज यस्तो समस्या र बिबाद उत्पन्न भएको हो ।

अधिवेशन सम्पन्न गरौ भन्ने सोँच नभएकाहरुका कारण र कसरी आफु अगाडि पुग्ने भन्ने स्वार्थिहरुका कारण समस्या भएको हो ।

भागबन्डा, क्रियाशील सदस्य बितरणमा ब्यापक धाँधलीका कारण आज मधुवनमा वडा अधिवेशन हुन सकेन जस्ले गर्दा पालिका अधिवेशन रोकियो अब त्यस्तै परे जिल्ला अधिवेशन नै रोकिन्छ ।

यि यावत कुराले गर्दा आज मधुवन नगरपालिका वडा नं.-३ को वडा निर्वाचन प्रभावित भएको छ यहि कारणले पालिका अधिवेशन हुन सकेन । 

नारायण मल्ल
(वडा अध्यक्ष)मधुवन नगरपालिका वडा नं -३ 

किर्ते, जालसाजी गरि ल्याएको थप ३० जना क्रियाशील सदस्य (अखण्ड नेपाल )का कारण बर्दियाको मधुवन नगरपालिका वडा नं।-३ को वडा र पालिका अधिवेशन हुन सकिरहेको छैन ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको नामावली अनुसार चुनाव हुनुपर्नेमा केही ब्यक्तिहरुको समुहले नयाँँ नामावली जबर्जस्ती ल्याएर समायोजन गर्नुपर्छ भनेपछि अधिवेशन नभएको हो ।

बिधी र प्रकृयाबाट हुनुपर्ने वडा अधिवेशनमा अबैधानिक तवरले आएको नामावली समेत सामेल गर्नुपर्छ भनेपछि अधिवेशन स्थगित भएको हो ।     

कृष्ण बहादुर के.सी.
ट्रेड न्युनियन कांग्रेस महाधिवेशन प्रतिनिधि

ब्यक्तिवादी सोँच, गुट र उप-गुट हावी भएपछि यस्तो बिबाद निम्तियो । नेपाली कांग्रेस पार्टीलाई उत्थान गर्ने चाहना नभएका र संगठनप्रति माया आस्था नभएका ब्यक्तिवादी सोच भएकाहरुले गर्दा मधुवन नगरपालिका वडा नं.-३ को वडा निर्वाचन स्थगन भएको हो ।

वडा निर्वाचन स्थगनले गर्दा पालिका निर्वाचन हुन सकेन तसर्थ यो बिबादलाई सबै मिलेर आपसी सदभावका साथ समाधान गर्नुपर्छ । वडा अधिवेशन हुननसकेपछि स्वतह पालिका निर्वाचन हुननसकेको अवस्था छ ।

यो बिबादलाई जिल्ला र केन्द्रले मिलाउनसक्नु पर्‍यो नि तब बल्ल अधिवेशन हुनसक्छ ।


प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  १७:२४
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्