Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • चाडपर्वलाई लक्षित गर्दै संचालनमा आयो ‘यात्रु सहायता कक्ष’ : सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन
चाडपर्वलाई लक्षित गर्दै संचालनमा आयो ‘यात्रु सहायता कक्ष’ : सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी शुक्रबार, असोज ८, २०७८

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरि “यात्रु सहायता कक्ष” संचालनमा ल्याएको छ । काठमाण्डौंको गंगबु स्थित नयाँ बसपार्कमा स्थापना भएको यात्रु सहायता कक्षको उद्‍घाटन गरी बिहीवारदेखी बिधिवत रुपमा सेवा दिन शुरु गरेको हो ।

टिकट सम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गर्ने योजना स्वरुप नयाँ बसपार्कमा कक्ष स्थापना गरि शुरु गरेका हौं, यात्रुका गुनासोहरु सुन्ने र सोही स्थानबाट सहयोग गर्ने उद्देश्यका साथ कक्ष शुरु गरेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बताउनु भयो ।

उहाँले दशैँ मान्न उपत्यका छाडी आ-आफ्नो थातथलो फर्किने यात्रुहरुलाई बढी भाडा लिने, यात्रु ठगी गर्ने, टिकट लगायत अन्य यातायात सम्बन्धी समस्याहरुलाई सहजता दिलाउन कक्षले काम गर्नेछ । 

कक्षले यात्रु तथा आफ्नो मालसामानको सुरक्षा सम्बन्धी सुसुचित गराउने, जनचेतनामुलक पर्चापम्प्लेट बितरण गर्नेछ । त्यस्तै कोरोना संक्रमणबाट बच्न मास्कको प्रयोग गरी स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न समेत कक्षले सचेत गराउने एसएसपी भट्टराईले जानकारी दिनुभयो । यात्रु सहायता कक्ष भएका स्थानहरुमा निशुल्क मास्क बितरण समेत हुनेछ ।

महाशाखाले उपत्यकामा टिकट काउन्टर रहेका र यात्रुको बढि भीडभाड हुने १४ स्थानमा कक्ष स्थापना गर्नेछ । आजबाट नयाँ बसपार्क, गौशाला, बल्खु र कोटेश्वरमा कक्ष शुरु भएको छ । आइतबारसम्म सातदोबाटो, कलंकी, नागढुङ्गा, स्वयम्भू, माछापोखरी, चाबहिल, जगाती, सुन्धारा, रत्नपार्क र फर्पिङ्गमा कक्ष राखी संचालनमा ल्याईने जानकारी महाशाखाले दिएको छ ।

दशैंमा घर जान लामो तथा मझौला दूरीका अग्रिम टिकट बुकिङ्ग खुला हुने हुँदा त्यस्ता स्थानहरुमा यात्रुको भिडभाड र हुनसक्ने समस्यालाई समाधान गर्न कक्षहरु सक्रिय भई काम गर्ने छन् । 

कक्षले फर्जी टिकट बेच्ने र डबल टिकट काट्ने, टिकट कालोबजारी गर्ने, यात्रूलाई सास्ती दिने अनधिकृत व्यक्तिहरु माथी निग्रानी गर्ने, पकेटमार लगायतका गतिबिधी निग्रानी गर्न छुट्टै सादा पोशाकमा समेत ट्राफिक प्रहरीको टोली परिचालन गरिने महाशाखाका प्रबक्ता तथा प्रहरी उपरीक्षक संजीव शर्मा दासले बताउनु भयो ।

चाडपर्वमा उपत्यकाबाट बाहिर जाने यात्रुको सहजताका लागी उपत्यकाको टिकट काउन्टर रहेका विभिन्न स्थानमा प्रत्येक वर्ष दशैंदेखि छठसम्म यस्ता यात्रु सहायता कक्ष स्थापना गर्दै आएको प्रबक्ता दासले बताउनु भयो । यात्रु सहायता कक्षमा ट्राफिक प्रहरी, नेपाल प्रहरी, सामुदायिक सेवा केन्द्र तथा यातायात व्यवसायी रहने छन् ।

चाडपर्वको समयमा मादक पदार्थ सेवन गरि सवारी चलाउने, तिब्रगतिमा सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु राख्ने, लेन अनुशासनको पालना नगर्दा दुर्घटनाको जोखिम समेत बढ्न सक्ने हुनाले त्यसलाई न्युनिकरण गर्न समेत सहायता कक्षले प्रभावकारी भूमिका खेल्ने महाशाखाले जनाएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  १०:२५
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्