Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बर्दिया कांग्रेसका ७८ जना क्रियाशीलहरुले दिए सामूहिक राजीनामा, के हो त बिबादको मुख्य कारण ?  
बर्दिया कांग्रेसका ७८ जना क्रियाशीलहरुले दिए सामूहिक राजीनामा, के हो त बिबादको मुख्य कारण ?  
हरि गुरुङ
हरि गुरुङ बिहीबार, असोज ७, २०७८

तस्विर : नेपाली कांग्रेस बर्दियाका पार्टी सभापति सन्जय कुमार गौतम समक्ष सामूहिक राजीनामा बुझाउँदै क्रियाशील सदस्यहरु   

बर्दिया । बर्दियाको मधुवन नगरपालिका वडा नंवर ३ का क्रियाशील सदस्यहरुले सामूहिक राजीनामा दिएका छन । उनिहरुले नेपाली कांग्रेस बर्दियाका पार्टी सभापति सन्जय कुमार गौतम समक्ष सामूहिक राजीनामा दिएका हुन । सामूहिक राजीनामा गर्ने क्रियाशील सदस्यहरुले प्रेस बिज्ञप्ति जारी गर्दै राजीनामा बारे जानकारी दिएका छन ।

प्रेस बिज्ञप्तिमा भनिएको छ, "अनाधिकृत क्रियाशील सदस्यताको आधारमा अधिवेशन गर्न खोज्नु निर्वाचन स्वच्छ, निस्पक्ष, धाधली रहित ढंगले हुन नदिनु हो । ती ३१ क्रियाशील सदस्यतामा पार्टी सभापति र केन्द्रिय निर्वाचन समितीका संयोजक श्री महादेव यादवको हस्ताक्षर रहेको छैन ।" बिज्ञप्तिमा अगाडि भनिएको छ, "मुख्य सचिवको हस्ताक्षर गरिएको क्रियाशील सदस्यता वैध हैन, तसर्थ हामी जिल्ला निर्वाचन समिति समक्ष आएको १२५ क्रियाशील सदस्यतामा अधिवेशन गर्न जोडदार माग गर्दछौँ ।"

तस्विर : नेपाली कांग्रेस बर्दियाका पार्टी सभापति सन्जय कुमार गौतम समक्ष सामूहिक राजीनामा बुझाएका क्रियाशील सदस्यहरुको नामावली र प्रेस बिज्ञप्ति 

बर्दियाको मधुवन नगरपालिका वडा नं ३ मा गत ५ गते मंगलबार निर्वाचन हुँदै थियो । मंगलबार बिहान नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको नामावली अनुसार चुनाव हुनगईरहेको अवस्थामा आफुलाई केन्द्रिय संस्थापन पक्षको प्यानल भनेर यस् अघी सार्वजनिक भएको  समुहले नयाँँ नामावली ल्याएर वडामा खटिएका निर्वाचन अधिकारीलाई दिएपछि बिबाद उत्पन्न भएको थियो । उक्त नयाँँ नामावलीमा ३१ जनाको नाम रहेको छ ।

३१ जना मध्य १ जनाको नाम भने क्षेत्र नं २ राजापुर वडा नंवर ४ मा रहेको छ । ३० जनाको नाम मधुवन वडा नं ३ मा रहेको र १ जनाको क्षेत्र नं २ राजापुर वडा नंवर ४ मा रहेको सार्वजनिक भएको नामावलिमा देखिन्छ । कांग्रेसको लेटरप्याड जस्तो देखिने फोटोकपिमा लेखिएको छ, "नेपाली कांग्रेस १४ औँ महाधिवेशन-२०७८ कृयाशिल सदस्यको छुट नामावली समायोजन, जिल्ला बर्दिया, समायोजन-अखण्ड समान्तर पार्टी ।"

नेपाली कांग्रेसका मुख्य सचिवको हस्ताक्षर रहेको दाबी गरिएको उक्त नामावली एकाएक सार्वजनिक भएपछि बिबाद भएको थियो । निर्वाचन गराउन वडामा खटिएका निर्वाचन अधिकारी आशाराम चौधरीले बर्दिया जिल्लामा केन्द्रबाट खटिएका निर्वाचन अधिकारी लोक बहादुर शाहीलाई बिबाद बारे फोन गरेर जानकारी गराउनुभएको थियो ।

वडामा खटिएका निर्वाचन अधिकारी चौधरीले आफुलाई ३१ जना मध्य ३० जनाको नाम समावेश गरेर निर्वाचन गराउन दबाब आएको भन्दै निर्वाचन स्थगित गर्नुभएको थियो । उहाँलाई प्रहरीको स्कर्टिङमा मंगलबार साँझ बर्दियाको सदरमुकाम गुलरिया लगिएको थियो ।

उक्त बिबाद एकाएक निर्वाचनको दिन सतहमा आएपछि निर्वाचन अवरुद्द भएको थियो । अहिले घटना क्रमले नयाँँ मोड लिएको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको नामावलीमा नाम रहेका १२५ जना मध्य ७८ जनाले राजीनामा दिएका छन ।

राजीनामा दिने  ७८ जना क्रियाशील सदस्यहरुले निर्वाचन सफल हुन नदिन निर्वाचनको मुखमा आफुले हार्ने देखेपछि एकाएक ३० जनाको थप नयाँँ नामावली सार्वजनिक गरेको बताउँदै त्यही १२५ जनाको नामावली अनुसार मात्र निर्वाचन हुनुपर्ने माग गर्दै पार्टी सभापती सञ्जय गौतम समक्ष राजिनामा दिएको जानकारी दिएको छ ।

के हो त बिबादको मुख्य कारण ? 

नेपाली कांग्रेसको आन्तरिक निर्वाचन गर्न गठित नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले मधुवन नगरपालिका वडा नंवर ३ मा १२५ जना क्रियाशील सदस्यहरुको नाम सार्वजनिक गर्‍यो । यि १२५ जनाले वडा निर्वाचनमा मतदान गर्न पाउने अधिकार राख्दछन । १२५ जनाले बिभिन्न पदहरुमा उठेका पदाधिकारीलाई मत दिन पाउँछन ।

बर्दिया जिल्लाका बिभिन्न वडाहरुमा सर्वसम्मत रुपमा मिलेर सबैको प्रतिनिधित्व हुनेगरी प्रतिनिधि छानिएका छन तर मधुवनको वडा नंवर ३ मा भने २ वटा समुहहरुको बिचमा आपसी समझदारी नहुँदा अहिलेको समस्या देखिएको हो ।

२ वटा समुहहरुको निर्वाचन हुँदा बहुमतको खेल सुरु हुने भएकोले आफ्नो समुहको क्रियाशील सदस्यता बढाउने गरी एउटा पक्षले ३० जनाको नयाँँ नामावली सार्वजनिक गरेको छ भने अर्को समुहले उक्त नामावली बैधानिक र बैध तरिकाले नआएको भन्दै नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जारी गरेको नामावली अनुसार नै चुनाव गर्नुपर्ने माग गर्दै आएको छ ।

यो पनि....
बर्दियाको मधुवन वडा नंवर ३ मा बबाल : वडा अधिवेशन स्थगित


प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १४:४३
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्