Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • आन्तरिक पर्यटकलाई लोभ्याउँदै दैलेखको विजारे पाटन
आन्तरिक पर्यटकलाई लोभ्याउँदै दैलेखको विजारे पाटन
नेपालकागज
नेपालकागज सोमबार, असोज ४, २०७८

वरिपरी हरियाली वातावरण, बीचमा भकुण्डो आकारको मनै लोभ्याउने विजारे पाटन । यहाँबाट मौसम सफा भएका बेला वरपरको वातावरणका मनमोहक दृश्य देख्न पाइन्छ । अझ हुस्सु र सूर्यले खेल्ने लुकामारी खेलले जो कोहीलाई लोभ्याउँछ ।

गुन्यूँ चोलीमा सजिएकी युवती साँझ बिहान घाँस दाउरा काट्न जाँदा फर्किंदा लागेको लस्करले पाटनलाई झनै मनमोहक बनाउँछ । पाटनका बीचमा एउटा आर्कषक सुन्दर भकुण्डो आकारको विजारे ताल पनि अवस्थित छ । दैनिकजसो यहाँ आन्तरिक पर्यटक मनमोहक दृश्य हेर्नलाई पनि पुग्छन् । कोही वर्षौंदेखि आफ्ना हितैषी मित्रसँग भेटिँदाका अन्तर हृदयमा गुम्सिएका कुरा पाटनमा बसेर मस्तले गफिन्छन् । अझ भनौँ, पाटनमा गाई चराउने केटाकेटी विभिन्न खेल खेलेर रमाउँछन् भने महिला पुरुष एकान्त ठाउँमा आफ्ना दुःखका वेदनालाई स्मरण गर्दै ठाडी भाका गाउँछन् । 

वैशाख र जेठमा काफल ऐँसेलु टिप्न जानेको घुइँचो हुन्छ । अझ वसन्त ऋतुमा त चराचुरुङ्गीको चिरबिर आवाज र पालुवा पलाउँदा विजारे पाटन झनै मनमोहक देखिन्छ । पर्यटकलाई कोहिलीको मिठो स्वरले झनै मन्धमुग्ध बनाउँछ । सुनिरहुँ लाग्छ । 

विजारेमा सडक पुगेसँगै बस्ती पनि बस्न थालेका छन् । पहिले फाट्टफुट्ट रूपमा देखिने घर अहिले बढ्दै गएका छन् । पश्चिम दैलेखका अधिकांश विद्यालयबाट यहाँ वनभोज खान आउने गरेका स्थानीय जीतबहादुर विष्ट बताउँछन् । ‘चिसो दिनभन्दा गर्मी दिनमा वनभोज खान धेरै आउँछन्, ‘विष्टले भने, ‘गर्मीयाममा घामले तातेका शरीरलाई सररर चल्ने चिसो हावाले शीतल प्रदान गर्ने भएकाले धेरै पर्यटक आउँछन् ।’

विजारे नजिकै महत्वपूर्ण मानिने धौलापडा गुफा, ठूला छहरा, थुल्छडी झरनाले पनि दर्शकलाई लोभ्याउने गरेको छ । समुद्र सतहदेखि करिब २३ सय मिटर उचाइमा रहेको विजारे पाटनमा वर्षको एक पटक हरितालीका तीजको अवसरमा मेला लाग्छ । हरितालीका तीजको अवसर पारेर चामुण्डा, आठबीस नगरपालिकादेखि थुप्रै चेलीहरु तीजमा नाच्न यहाँ पुग्छन् ।

प्रसारप्रसारको कमि र ओझेलमा पर्दै गएको पर्यटकीयस्थल विजारेमा पुग्न पर्यटन मन्त्रालयको पार्ट २ कार्यक्रम अन्र्तगत ट्रयाक खालेपछि गाउँपालिकाले वर्षेनी विजारेको सडक निर्माणका लागि बजेट विनियोजन गर्ने गरेको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले बताए । 

आन्तरिक तथा बाह्य पर्यटकलाई विजारे पुग्नका लागि असजिलो नहोस् भन्नका लागि सडक स्तरोन्नती गर्न बजेट विनियोजन गरिएको र यसै आर्थिक वर्षबाट काम सुरू हुने अध्यक्ष शाहीको भनाइ छ । 

दैलेखमा रहेका दुईवटामध्ये द्वारी झरना, क्षेत्र १ को सदरमुकामबाट सात कोष टाढा पर्छ । थुल्छडी झरना पाटनबाट एक दशमलव पाँच किलोमिटर खोचमा छ । करिब तीन घण्टा पैदल यात्रा गरेर ठाटीकाँध–३ मा रहेको मदान तालमा पुग्न सकिन्छ । यहाँ नाघे गुफा, व्यउली लेख तीनचुलीको अग्लो शीरजस्ता डाडाहरू देख्न सकिन्छ । 

विजारे पाटनदेखि राजापुर बर्दिया, बझाङको अपि सैपालसहितका विभिन्न हिमालहरू देख्न सकिने स्थानीय प्रेम रामजाली बताउँछन्  । ठाटीकाँध–२, ३ र ५ मा राष्ट्रिय चरा डाँफे मुनाल, मयुर, बाघ, रतुवा, घोरललगायतका विभिन्न प्रजातिका चराचुङ्गी र जनावरको बास्थान भएको ठाउँ भएको स्थानीय बताउँछन् । 

विजारेदेखि करिब तीन घण्टाको पैदल यात्रापछि छिमेकी पालिका चामुण्डावीन्द्रासैनी नगरपालिका ३ स्थित जलगुफामा पुगिन्छ । करिब २५ मिटर लामो गुुफा प्रचारप्रसार संरक्षण अभावमा ओझेलमा परेको स्थानीय हिमाल रसाईली बताउँछन् । संरक्षण अभावमा गुफाभित्र रहेका हात्ती, वाघ, भगवान शिवपार्वती र अन्य जनावरका मूर्ति चोरी भएका र भग्वावशेष भएको स्थानीय रसाईलीको भनाइ छ । 

कर्णाली राजमार्गबाट दायाँ रामघाट सिंहासैन सडकखण्डको १९ किलोमिटरमा विजारे पाटन पर्छ । ठाटीकाँध बजार हुँदै भीमपाइला पुगिन्छ । यहाँको भीमगुफा पनि ओझेलमा छ । यहाँदेखि २० मिटर उकालो पैदल यात्रापछि विजारे पाटन भेटिन्छ । 

दैलेखमा रहेका पर्यटकीय स्थलहरूमध्ये पञ्चदेवल, शीरस्थान, बेलासपुर मन्दिर, कोटिला, नाभिस्थान, पादुका मन्दिर, नेपाली भाषाको पहिलो शिलालेख भएको दुल्लु पाथर नाउली पौवा र महाबुधाम पर्यकटको रोजाइमा पर्न थालेका छन् । जितेन्द्र थापा /न्युजकारखाना


प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  १३:४१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्