Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • संखुवासभा हत्या काण्ड : मुख्य योजनाकार सहित थप चार पक्राउ, घटना देखेकाले दुई नाबालकको हत्या 
संखुवासभा हत्या काण्ड : मुख्य योजनाकार सहित थप चार पक्राउ, घटना देखेकाले दुई नाबालकको हत्या 
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी सोमबार, असोज ४, २०७८

तस्विर : पक्राउ परेका लोकबहादुर कार्कीसमेत संलग्न ५ जनाको समूह

काठमाडौँ । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

प्रहरीले ४६ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेको हो । 

नेपाल कागजलाई छोटो प्रतिक्रिया दिँदै जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्वज सुवेदीले उक्त घटनामा मुख्य योजनाकार खड्गबहादुर कार्की रहेको बताउनुभयो । यसअघि नै पक्राउ परेका लोकबहादुर कार्कीसमेत संलग्न भई ५ जनाको समूहले उक्त घटना घटाएको उहाँले बताउनुभयो ।

गत भदौ २१ गते उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्की, उहाँकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।

एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानीय लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । मृतक रञ्जनाको हराएको मोबाइल गत शुक्रबार फेला पारेपछि प्रहरीको अनुसन्धान टोली पुन :घटनास्थल पुगेको थियो ।

घटनाबारे थप अनुसन्धान गर्न शुक्रबार सङ्घीय इकाई प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल खोला गाउँ पुगेको थियो ।

लोकबहादुरको बयानका आधारमा चार जनालाई पक्राउ गरिएको सुवेदीले बताउनुभयो । पक्राउ परेका चारै जना मृतक तेजबहादुरका छिमेकी हुन् ।  

यस्तो छ पत्रकार सम्मेलन मार्फत प्रहरीले जारी गरेको प्रेस रिलिज

घटना मिति: २०७८।५।२१ गते

घटनाको विवरण :

घटना समय: अं. ५:२० देखि ०५:४० बजे

मिति २०७८।५।२१ गते विहान अं. ५:२० बजे जिल्ला संखुवासभा, मादी नगरपालिका वडा नं. १ खोलागाउका वर्ष ९० को वौद्ध वहादुर कार्कीको श्रीमति वर्ष ८४ की पार्वता भन्ने पार्वती कार्की, छोरा वर्ष ५५ तेज कुमार कार्की, छोरा बुहारी वर्ष ५४ की कमला भन्ने मनमाया कार्की, नातिनी बुहारी वर्ष ३२ की रंजना कार्की, पनाती वर्ष ८ को वपिन भन्ने दिपेन कार्की र पनातिनी वर्ष ५ की गोमा कार्की गरि एकै परिवारका ६ सदस्यहरुको टाउको तथा शरिरको बिभिन्न भागहरूमा दाउराको चिर्पटतथा धारिलो हतियार प्रहार गरि हत्या भएको र उक्त घटनामा निज वौद्ध वहादुर कार्की सकुसल अवस्थामा घरमा फेला परेको । घटनामा संलग्न अभियुक्त रण बहादुर कार्कीको छोरा वर्ष २५ को लोक वहादुर कार्कीलाई मिति २०७८।५।२७ गते पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको ।

घटनाको थप अनुसन्धान गर्न १ नं. प्रदेश प्रहरी प्रमुख प्रनामनि अरूण कुमार विसिको निर्देशनमा संघीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालको कमाण्डमा जिप्रका संखुवासभाको प्रनाउ लालध्वज सुवेदी, ईप्रका चैनपुरका प्रनि र प्रदेश प्रहरी कार्यालय (RIT) का प्रनि सहितको संयुक्त अनुसन्धान समुह निरन्तर रूपमा थप अनुसन्धानमा जुटेकोमा थप तथ्यहरू र घटनाको मुख्य योजनाकार सहित मादी नगरपालिका वडा नं. १ उम्लिङ खोला गाउँ वस्ने ४ जनालाई नियन्त्रणमा लिई कारवाही प्रकृया अगाडि वढाएको ।

पक्राउ परेका अभियुक्तहरू

१. लाल बहादुर कार्कीको छोरा वर्ष ४७ को खड्ग बहादुर कार्की (मुख्य योजनाकार)

२. खड्ग बहादुर कार्कीको छोरा वर्ष २८ को हस्त बहादुर कार्की ३. लाल बहादुर कार्कीको छोरा वर्ष ४९ को रण बहादुर कार्की

४. रण बहादुर कार्कीको छोरा वर्ष १७ को नरेश कार्की

अनुसन्धानबाट खुलेका थप तथ्यहरू :

घटना योजनावद्धढंगवाट ५ जनाको समूहले घटाएको जुन योजना अभियुक्त लोक बहादुर कार्कीको घरमा घटना अघिल्लो रात राति ८ बजे मुख्य योजनाकार खड्ग बहादुर कार्की सहित हस्त बहादुर कार्की, लोक बहादुर कार्की नरेश कार्कीसमेत बसी बनाएको । योजनाअनुसार घटनाको दिन २१ गते बिहान मृतक तेज कुमार कार्की खेताला बोलाउन लोकबहादुरको घरमा आउने र सोही अवसरमा मौका छोपी तेजकुमार र कमला कार्कीको हत्या गर्ने अन्यले थाहा पाए भने उनिहरूको पनि हत्या गर्ने साथै अनुकुल मिलेमा तेज कुमारको घरमा भएको धनमाल समेत लाने योजना रहेको ।

घटनाको दिन मृतकको पिप्ले स्थित खेतमा अभियुक्तहरू खड्ग बहादुर कार्की, हस्त बहादुर कार्की, लोक बहादुर कार्की र नरेश नरेश कार्की समेत खेताला जाने कुरा पहिला नै निस्चित भएको । योजना अनुसार मृतक तेज कुमार कार्की विहान आउने निश्चित गर्न खड्ग बहादुर कार्की विहान ५ बजे तेज कुमार कार्कीको घरमा गई "लोक बहादुर अल्छि छ घरमै गएर खेताला निश्चित गर्नु" भनि तेज कुमार कार्कीलाई लोक वहादुर कार्कीको घर तर्फ जान अभिप्रेरित गरि घर तर्फ फर्केको र तेज कुमार लोक बहादुर कार्कीको घर तिर जादै गरेको देखे पछि खड्ग बहादुर र हस्त बहादुर निजको घर पछाडि चिर्पट वोकि तयारी हालतमा बसेको ।

मृतक तेज कुमार कार्की विहान ५ बजे उठी लोक बहादुरको घरमा खेताला निम्बित गई गुनि रहेको लोक बहादुर लाई "अल्छि अझै सम्म उठेको छैनस्" भन्दै कराए पछि लोक बहादुर उठेको, लोक बहादुरको भाई नरेश कार्की रण बहादुर कार्की समेत घरमै रहेको । घरवाट फर्केने क्रममा योजना अनुसार लोक बहादुरले भाई नरेशलाई ईसारा गरि आफुले दाउराको चिर्पट र अलैचि काट्ने चक्कु वोकीपछि पछि गई घर पछाडिको गोगनेको रूख नजिक मृतक तेज कुमारको टाउकोमा प्रहार गरि लडाएको र खड्ग बहादुर र हस्त बहादुर दाउराको चिर्पट लिई आई तेज कुमार माथि प्रहार गरेको र हस्त बहादुरले चक्कुले पेटमा प्रहार गरि डिलवाट लडाई वाटोमा झारी हत्या गरि घोप्टो पारेको ।

घटनाको वेला मृतकले "लोकेले मार्यो, मलाई नमार" भन्दै गरेको हार गुहार सुने पछि “मेरो श्रीमानलाई नमार" भन्दै तेज बहादुरको श्रीमति र बुहारी आएकोमा लोक बहादुरले कमला कार्कीलाई प्रहार गरेको, कमलाको घाटिमा हस्त बहादुरले छुरा प्रहार गरेको र बुहारी रंजनानरेशले ठेली खोल्सामा झारेको र खडक वहादुर, लोक बहादुर र हस्त वहादुर मिलि हत्या गरेको । मृतक रंजनाको लास रण बहादुर र नरेश समेतले कमलाको लास भएको स्थानसम्म पुर्याउन सहयोग गरेको । उक्त घटनाको वेला मृतक नावालकहरू दिपेन र गोमा समेत घर नजिकको वाटोमा आएको देखि हस्त बहादुर र लोक बहादुरले वाटो छेकी मुख थुनि लोक बहादुरले चिर्पटले हिर्काई घाटी बटारी हत्या गरेको ।

तत्पश्चात पाँचै जना अभियुक्तहरू मृतकको घर तर्फ गएको र घरमा मृतक ८४ वर्षीय पार्वती कार्की मकै नंग्याइरहेको अवस्थामा हस्त बहादुरले समाती घर पछाडिको गोठ नजिक लगि लोक बहादुरले टाउको भित्तामा ठोक्काई घाटी बटारी हत्या गरेको र सबै जना घटनामा प्रयोग गरेको चिर्पट र छुरी वोकि लोक बहादुरको घरमा गई लागेको रगत पखाली छुरी घुई बुईकलमा लुकाएको, चिर्पटहरू अगेनामा डडाएको, रगत लागेको कपडाहरू समेत लुकाएको । खड्ग बहादुर र निजको छोरा हस्त बहादुर घर तर्फ गएको। फर्कने क्रममा रंजनाको ओप्पो मोवाईल नरेशले लिएर आई स्विच अफ गरि घरमुनिको ओडारमा लगि लुकाएकोमा अनुसन्धानको क्रममा फेला परेको । पुनः खड्ग बहादुर र निजको छोरा हस्त बहादुर लोक बहादुरको घरमा गई सबै जना मिलि कसैले सोधेमा घटनाको वारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भनि भन्ने यदि प्रहरी आई पत्ता लगाएमा लोक वहादुरले मानसिक औषधी पनि खाने कारण निजले जिम्मा लिने भन्ने सल्लाह गरि फर्केको ।

घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको र अनुसन्धानको क्रममा सबै अभियुक्तहरूले घटना स्वीकार गरेको र घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोवाईल समेत वरामद गरि थप अनुसन्धान भई रहेको ।

घटना घटनुका कारणहरु:

अभियुक्तहरू मध्ये खड्ग बहादुर नियमित रूपमा रक्सी खाने र घरमा श्रीमति र परिवारका सदस्यहरूलाई कुटपिट गालि गलौज गर्ने र तेज कुमारले 'तं जड्याहा किन यसो गर्छस" भनि गालि र खड्ग बहादुरले पनि "तलाई के मतलव तलाई मार्छु" भन्दै झगडा गर्ने गरेको र लोक बहादुरलाई "तं पागल, अल्छि, केहि काम गर्न सक्दैनस भन्ने नरेशलाई "तं डुडे काम नलाग्ने भईस" भन्ने र रण बहादुरलाई समेत "तं लठेब्रो केही गर्ने सक्दैनस भन्ने गरेको, जहिले पनि हेत्रे र आफु सम्पन्न भएको फुर्ति दिने गरेको भनि मनमा ईख पालेको र घटनाको दिने अभियुक्तहरू समेत मृतकको खेतमा खेताला जानु पर्ने कारण सोहि मौका छोपि योजना बनाई हत्या गरेको ।


प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  १३:२४
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्