Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • ‘सेतो पुतलीको झुस’ आँखामा परेर ज्योति गुम्ने समस्या बढ्यो, कसरी हुन्छ सङ्क्रमण ? 
‘सेतो पुतलीको झुस’ आँखामा परेर ज्योति गुम्ने समस्या बढ्यो, कसरी हुन्छ सङ्क्रमण ? 
नेपालकागज
नेपालकागज आइतबार, असोज ३, २०७८

गलेश्वर । म्याग्दीका शहरी क्षेत्र तथा ग्रामीण भेगमा ‘सेतो पुतलीको झुस’को समस्या देखिएको छ । घरघरका भित्तादेखि सार्वजनिक संस्था, सरकारी तथा निजी क्षेत्रका कार्यालय र बिजुलीका खम्बालगायत ठाउँमा ‘झुस’ ले  सर्वसाधारण हैरान भएका हुन् ।

जिल्ला सदरमुकाम बेनी बजारका १८ वर्षीय युवा अमृत पुनको झुस आँखामा परेर ज्योति नै गुमेको छ । सेतो पुतलीबाट विशेषगरी विद्यार्थी र युवायुवती बढी प्रभावित भएका चिकित्सकले बताएका छन् ।

गत भदौ पहिलो सातादेखि सुरुआतभएको समस्याबाट  जिल्लाका अधिकांश क्षेत्र प्रभावित बनेका छन् । गत भदौको दोस्रो साता झुस आँखामा परेर समस्या भएपछि उपचारका लागि बेनी अस्पताल पुगेका युवा पुनलाई तुरुन्तै पोखराको हिमालय आँखा अस्पताल पठाइएको  थियो ।  पुनको आँखाको रेटिना पुरै बिग्रिसकेकाले ज्योति गुमेको बेनी अस्पताल आँखा उपचार शाखाकी नेत्र सहायक प्रकृति ढुङ्गानाले जानकारी दिनुभयो । 

चिकित्सकीय भाषामा सेतो पुतलीको झुसबाट आँखाको ज्योतिमा पर्ने नकारात्मक असरलाई सिजनल हाइपरसुट पन्युवाइटिस (एसएचएपीयू–सापु) नामकरण गरिएको छ । ग्रामीण भेगमासमेत सापुका बिरामी बढेका स्थानीयले बताएका छन् । जिल्लाका बेनी नगरपालिकासहित मालिका, मङ्गला, धवलागिरि र रघुगङ्गा गाउँपालिकामा आँखाका बिरामी बढेका र यसो हुनुका कारण सेतो पुतलीको झुस  नै रहेको आँखा उपचार शाखाका दिनेश बानियाँले बताउनुभयो ।

चिकित्सकका अनुसार सापुका लक्षणमा सुरुमा आँखा रातो हुने, चिप्रा नलाग्ने तथा उज्यालोमा हेर्न नकिदैन  । साथै आँखाको दृष्टिमा कमी तथा नानी सेतो हुँदै जाने र पीप जम्छ । “यसको उपचार भनेकै जतिसक्दो छिटो पीप निकाल्नु हो”, हिमालय आँखा अस्पतालकी मेडिकल डाइरेक्टर डा इलिया श्रेष्ठले  भन्नुभयो, “४८ घण्टाभित्र उपचार भए निको हुन सक्छ ।”
    
झुस आँखामा परेपछि समस्या भई आँखा उपचार केन्द्रमा उपचारका लागि आउने बढेका आँखा उपचार केन्द्रकी नेत्र सहायक ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार झुसले भदौ दोस्रो सातापछि कम्तीमा १२ सङ्क्रमित उपचारका लागि केन्द्रमा आएका छन् । उनीहरूमध्ये बेनी अस्पतालबाट चार, नेत्रज्याति सङ्घ आँखा उपचार केन्द्रबाट चार गरी आठ जनालाई पोखरा पठाइएको थियो अन्यको बेनीमै उपचार भइरहेको छ ।
 
आँखाको नानीमा पुतलीको धेरै झुस गाडिएका कारण आँखा सुक्खा हुने भएकाले उपचारमा समस्या हुने गरेको र त्यस्ता बिरामीलाई पोखरा पठाइएका सङ्घ आँखा उपचार केन्द्रका नेत्र अधिकृत दिनेश बानियाँले बताउनुभयो ।

बागलुङ, पर्वत र कास्कीमासमेत सेतो पुतली बढ्दै गएको पाइएको छ । साँझ बत्ती बाल्ने समयमा देखापर्ने पुतलीको बाक्लो झुण्ड बिहान उज्यालो भएसँगै हराउने गरेको सर्वसाधारण बताउँछन् । 

सेतो पुतलीको प्रजननको याम पनि भएका कारण यो समयमा अघिल्ला वर्षभन्दा बढी मात्रामा पुतली देखिएका छन् भने बिरामीको सङ्ख्या पनि उत्तिकै बढेको मेडिकल डाइरेक्टर डा श्रेष्ठले जानकारी दिनुभयो ।

कसरी हुन्छ सङ्क्रमण

चिकित्सकका अनुसार सेतो पुतली छोएर वा अन्य माध्यमबाट यसको रौँ आँखासम्म पुगेमा सापुको सङ्क्रमण फैलिन सक्छ । सङ्क्रमण भएमा आँखा दुख्ने, रातो हुने तर चिप्रा नआउने, आँखाको नानी सेतो हुँदै जाने, आँखा सुख्खा हुने जस्ता लक्षण देखिन्छन् । उपचारमा ढिलाइ भए क्रमशः आँखा कम देख्दै दृष्टि नै पूर्णरूपमा गुम्नसक्ने बताइएको छ ।  

बेनी आँखा उपचार केन्द्रका चिकित्सक बानियाँका अनुसार प्रायः एउटा आँखामा मात्रै देखिने यो रोगले धेरै छिटो असर गर्ने गर्छ । यो रोगले जुनसुकै उमेर समूहका मानिसलाई सताए पनि बालबालिकालाई बढी आक्रमण गरेको पाइन्छ ।


झुसबाट बच्नका लागि भरसक सेतो पुतली भएको ठाउँमा नजान, जानै परे चस्मा लगाउन र आफू बसेको ठाउँमा पुतली आए सजग हुन र  हात वा शरीरका अन्य भागमा पुतली बसेमा वा छोइएमा साबुन पानीले हात धुन चिकित्सकको सुझाव छ । यसैगरी सुत्ने बेलामा घरका झ्याल ढोका बन्द राख्ने, झुल प्रयोग गर्ने र बच्चालाई सुरक्षित राख्न सक्ने हो भने झुस समस्याबाट बच्न सकिने जनाइएको छन् । 


प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  ०९:२२
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका बिहीबार, फागुन १७, २०८०
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ शनिबार, फागुन १२, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता शनिबार, कात्तिक २५, २०८०
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल शुक्रबार, कात्तिक २४, २०८०
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता'
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता' शुक्रबार, कात्तिक १७, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्