Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपाली कांग्रेस बर्दियामा 'नेतृत्व' को चर्चा: कांग्रेस नेता-कार्यकर्ताहरु यस्तो भन्नुहुन्छ... 
नेपाली कांग्रेस बर्दियामा 'नेतृत्व' को चर्चा: कांग्रेस नेता-कार्यकर्ताहरु यस्तो भन्नुहुन्छ... 
हरि गुरुङ
हरि गुरुङ शुक्रबार, भदौ २५, २०७८

बर्दिया । क्रियाशील सदस्यताको टुंगो नलाग्दा बर्दिया जिल्लामा कांग्रेसको वडा अधिवेशन कहिले हुन्छ भन्ने अन्यौल रहिरहेको अवस्था छ । कांग्रेसले आसन्न १४ औं महाधिवेशनका लागि भदौ १८ मा वडा तहको अधिवेशन गर्ने तालिका सार्वजनिक गरेको थियो । 

तर निर्धारित मितिमा वडा अधिवेशन हुन नसकेका बर्दिया लगायतका जिल्लाको अन्य तहको निर्वाचन कार्यतालिका पनि प्रभावित हुने सम्भावना बढेको छ । सदस्यता सिफारिसमा निषेधका साथै पहुँचको भरमा सदस्यता वितरण गर्न खोज्दा सदस्यता विवाद बल्झिएको बर्दियाका पुराना कांग्रेसी नेता तथा कार्यकर्ताहरुको भनाइ छ ।

क्रियाशील सदस्यता पाउनुपर्ने व्यक्तिनै कांग्रेस क्रियाशील सदस्यताबाट वञ्चित भएको तथा कतिपय पार्टी समायोजनको नाममा अस्वभाविक तवरले सदस्यता वितरण गर्दासमेत समस्या देखिएको बर्दिया जिल्लाका कांग्रेस नेताहरूको भनाइ छ । यो बिबाद केही दिनमै साम्य हुने यहाँँका नेताहरुले बताउनुभएको छ । 

त्यस्तै यतिखेर बर्दिया कांग्रेसमा कस्तो नेतृत्व आउनुपर्छ भन्ने बहसपनी यहाँँका कंग्रेसीहरुको बिचमा चर्किएको छ । देशलाई नै नेतृत्व दिईरहेको नेपाली कांग्रेसमा नेतृत्वकोलागी रस्साकस्सी हुनु स्वभाविक नै हो । कांग्रेसको यो आन्तरिक चुनावले नेपाली कांग्रेसलाई अँझै मजबुत, बलियो बनाउनेमा कसैको दुइमत छैन । 

"बर्दिया कांग्रेसलाई कस्तो नेताको आवश्यकता छ ?" "कस्तो नेतृत्व नेपाली कांग्रेस बर्दियाको वडा देखी जिल्ला तह सम्म आवश्यकता छ " भन्ने प्रश्न हामीले बर्दिया जिल्लाका नेपाली कांग्रेसका नेताहरुलाई राखेका थियौँ ।

सुशीला गिरी 

उप-मेयर 
गुलरिया नगरपालिका
नेतृ 
नेपाली कांग्रेस 
बर्दिया  


वडादेखि केन्द्रसम्म जस्ले नेतृत्व पाएपनि राम्रोसङ्ग र ईमान्दारीताका साथ नेतृत्व गर्दै पार्टी संगठनको पाटोलाई मजबुत बनाओस । १४ औं महाधिवेशनका लागी मात्रै हैन कि हामीले भोलिका चुनावलाई समेत मध्यनजर गरेर वडा, क्षेत्र र संघलाई बलियो बनाउने नेतृत्व चयन गर्नुपर्छ ।  आगामी चुनावलाई मध्यनजर गरेर बलियो नेतृत्व ल्याउनुपर्छ जस्ले भोलिका दिनमा कांग्रेसलाई स्थानीय, प्रदेश र संघमापनी जिताउन सक्ने नेतृत्व गरोस ।  

विकृति र विसंगति भएको राम्रो होईन त्यस्ले त पार्टीमा धेरै ठुलो धक्का पुग्छ। विकृति र विसंगतिले संगठन र आगामी चुनावमा समेत धक्का पर्छ। १४ औं महाधिवेशनका लागी हामी आफ्नो पार्टी र आन्तरिक चुनाव भएकाले आफ्नै साथीहरूसङ्ग जितौंला हारौंला तर हामी विचको फुटले ३ वटा संरचनालाई हान्छ । 

त्यो ३ वटा संरचना जोगाउनका लागी अरु पार्टीसङ्ग लड्नका लागी हाम्रो संरचना बलियो बनाउने र मनमा रहेका रिस रागलाई हटाई हामी सबै एकजुट, सहमति र सहकार्य गरेर अगाडि बढ्यौं भने ३ वटा चुनावलाई सहजै जित्न सक्छौं । विकृति र विसंगति हामीले पनि देखिरहेका छौँ र त्यस्ता विकृतिलाई कम गर्दै लगिरहेका छौँ । हामी एक-आपसमा लडेर फुटेर जाने होइन, हामी त आन्तरिक लोकतन्त्रको अभ्यास गर्दै हातमा हात मिलाएर अगाडि बढ्ने हो । पार्टिलाई बलियो बनाएर अगाडि बढ्ने हो । 

कृयाशिल जतिपनि साथीहरू हुनुहुन्छ के भन्न चाहन्छु भने अन्यत्र जिल्लामा चुनाव भैसकेको अवस्था छ भने बाँकी जिल्लामा हुने क्रममा छ । अहिले पनि हाम्रो बर्दिया जिल्लामा कृयाशिल सदस्य नामावली प्रकाशित नभएको अवस्था छ । यस जिल्लाका कृयाशिल सदस्यहरुको उत्साह, उमंग पनि हराए जस्तो अनुभुती भैरहेको छ । कृयाशिल साथीहरूको उत्साह र उमंगलाई अँझै हौसला दिएर पार्टीलाई मजबुत र बलियो गराउन सक्ने तथा आगामी चुनावमा देशलाई कांग्रेसमय बनाउन सक्ने, नेतृत्व गर्न सक्ने क्षेमता भएको लिडरशिपलाई वडा देखी केन्द्रसम्म जिताउनुपर्छ ।

नारायण मल्ल 
वडा अध्यक्ष 
मधुवन नगरपालिका 
वडा नं -३ 
नेता 
नेपाली कांग्रेस

मुलुक सङ्घीय संरचनामा गइसकेपछि पार्टीको तल्लो तहसम्म निर्वाचनमार्फत आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने कांग्रेस पहिलो पार्टी हो । साढे पाँच वर्षपछि हुन लागेको कांग्रेसको आसन्न महाधिवेशन अन्तर्गतको वडा तहकै अधिवेशनबाट दबाब र प्रभाव मुक्त नेतृत्वको चयन गर्नुपर्छ ।

मधुवन नगरपालिका वडा नं ३ बाट हामीले युवाहरुलाई साथमा साथ काँधमा काँध मिलाएर पुराना पुस्तालाइ साथ लिएर अगाडि बढ्दै छौँ । वडाबाट जिल्ला हुँदै केन्द्र सम्म युवाहरुलाई साथमा लिएर जान सक्ने नेतृत्ववर्गलाई हामीले साथ दिनुपर्छ ।

म के भन्न चाहन्छु भने हामी विकृति, विसंगति, गुट-उपगुट बाट टाढा रहेर सम्पूर्ण नेपाली कांग्रेसलाई एकताबद्ध बनाएर हिँड्न सक्ने, युवापंक्तिलाई साथमा लिएर जिम्मेवारी दिनसक्ने नेतृत्वलाई यस् महाधिवेशनबाट ल्याउनुपर्छ भन्ने मान्यता राख्छु र सबै कृयाशिल साथीहरुलाईपनी यही आग्रह गर्दछु ।         

मालती सोडारी
महासमिति सदस्य
नेतृ 
नेपाली कांग्रेस
बर्दिया

   
नेपाली कांग्रेस संघीय संरचनामा गएको पार्टी हो र यो पार्टीमा पद र काम धेरै छ्न । मेरो चाहना त वडा गाउँ नगर प्रदेश र संघमा निर्बिरोध र सहमतिमा नेतृत्व ल्याउँदा राम्रो हुन्छ भन्ने हो । यसो गर्दा नेपाली कांग्रेसको संगठन बलियो र दरिलो हुन्छ । हिजोका दिनमा स्थानीय निकायको टिकट बाड्दा खेरी कसैले पाए कोहिले पाएनन, पाउने खुशि भए नपाउने दुखि भए, नपाएकाले म त्यसलाई ढलाईदिन्छु भन्ने कुरापनी आयो अब १४ औं महाधिवेशनमा त्यस्ता खालका आवाज र मानसिकता नआओस भन्ने मेरो चाहना र आग्रह हो । 

केहि पार्टीहरु नेपाली कांग्रेसमा समायोजन भएका कारणले १४ औं महाधिवेशन एकताको महाधिवेशन हो र उत्सव पनि हो । अब नेपाली कांग्रेसले ५ बर्षमा के गर्ने ? कांग्रेसले देशलाई सु-शासन कसरी दिने? विकास निर्माणमा कांग्रेसले कस्तो भुमिका खेल्ने? सरकारमा जाँदा होस या प्रतिपक्षमा रहदा कांग्रेसले के गर्ने? भुमिका के?  अब कांग्रेसले आफ्ना एजेन्डा ल्याउछ। सबैभन्दा सु-शासनलाई मध्यनजर गरेर  एजेन्डा ल्याउन जरुरी छ। सकेसम्म पार्टीको मर्म बुझेर आउने नेतृत्वलाई हामीले अंगिकार गर्नुपर्छ । 

कतिपय पार्टीलाई धरौटी राखेर खाने ब्यक्ती पनि हुन्छ्न त्यस्ता ब्यक्तीहरुलाई हामीले नेतृत्वदायी भूमिकामा आउन दिनु हुदैन । अब आउने निर्वाचनमा पार्टीलाई १ नम्बर बनाउनुपर्छ । स्थानीय, प्रदेश र संघीयसम्मको बनाउन सक्ने सफल नेतृत्व आउन जरुरी छ । १४ औं महाधिवेशनमा महिला र युवाहरूको उपस्थिति जबर्जस्त हुन्छ । जनसंख्याको आधारमा र बाहुल्यताका आधारमा महिला प्रतिनिधित्व गर्ने गरि १४ औं महाधिवेशनले समाबेशी प्रतिनिधित्व हुनेछ भनि तोकिदिएको छ । १४ औं अधिबेशन नेपाली कांग्रेसका आम कार्यकर्ता कृयाशिल सदस्य तथा मतदाताहरुले उत्सवका रूपमा लिएका छ्न । यसलाई सफल पार्न हामी रातदिन लागी परेका छौ र सफल पनि पार्छौ। 

नेपाली कांग्रेसको आसन्न अधिवेशनलाई सबै क्षेत्रबाट कौहुलतापुर्वक हेरिरहेका छ्न। नेपाली कांग्रेसले कस्तो निति, नेतृत्व र नेता ल्याउछ भन्ने विश्व जगतले हेरिरहेको अवस्था छ । नेपाली कांग्रेसको पहिलो चरणको जग भनेको वडा हो । पहिला कस्ता ब्यक्ती चुनिएर आए ? त्यस्तालाई मध्यनजर  गर्दै अब चाँहिं सकेसम्म वडामा समय दिन सक्ने, पार्टीप्रति लगाम भएको, पार्टिमा आफ्नो महत्त्वपूर्ण जिम्मेवारी सम्झेर काम गर्न सक्ने किसिमको नेतृत्व आउनुपर्छ भन्ने हाम्रो सोच छ । 

स्थानीय तहमा मजबुत सशक्त भएको कांग्रेस प्रति बफादार कार्यकर्ता र एकताबद्ध तरिकाले जान सक्ने क्षमतावान ब्यक्ती आउनुपर्ने, पार्टीलाई कसरी अगाडि बढाउन सकिन्छ त्यस्ता चिन्तन भएका गुट भन्दा माथी उठ्ने ब्यक्ती आउनुपर्छ । सकेसम्म हरेक वडाबाट निर्बिरोध भएर ल्याउनुपर्छ । आगामी हुने निर्वाचनलाई मध्यनजर गर्दै वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि छनौट निर्बिरोध गर्नुपर्छ । विकृति र विसंगति भन्ने कुरा कार्यकर्ताले नै मुल्यांकन गर्छन् । विसंगति र विकृति ल्याउने ब्यक्ति यहि जनतासङ्ग घुलमिल गरेर बसेको छ । म चाहिँ ठिक छु भनि मत मागी रहेको हुन्छ । त्यहि ब्यक्तिले विकृति विसंगति ल्याउन सक्छन । केहीको सोँचपनी होला कांग्रेसमा केहि खर्च गरेर जितिन्छ कि भन्ने तर यस पटक कार्यकर्ताले मान्नेवाला छैनन ।

सरस्वती शाह
केन्द्रीय सदस्य
तरुण विभाग
नेतृ 
नेपाली कांग्रेस
बर्दिया

नेपाली जनताले मिठो खान, राम्रो लाउन, गुणस्तरीय शिक्षा, स्वास्थ्य र बाँच्ने अधिकार पाउनुपर्छ, जनताको भविष्य सुनिश्चित हुनुपर्छ, जनताले आफ्नो हक अधिकार पाउनुपर्छ भन्ने कुरा सोँचेर २००७ सालमा बिपी कोइरालाको नेतृत्वमा जनताको मुक्तिकोलागी आन्दोलन भएको थियो । हो त्यो सोँच आजको कांग्रेसका नेता-कार्यकर्ताहरुमापनी हुनुपर्छ । त्यस्तो नेतृत्वको आवश्यकता पार्टीलाई वडा देखी केन्द्रसम्म रहेको छ । अब हामी त्यस्तो नेतृत्वको खोजिमा छौँ ।   


ब्यक्तिगत स्वार्थका लागी कांग्रेस आएकोपनी होइन स्थापनापनी भएको होइन । जनाताको मुक्तिकालागी, लोकतन्त्रकोलागी र समाज रुपान्तरणको  आवश्यकता भएपछी देशलाई नेतृत्व गर्न नेपाली कांग्रेसको जन्म भएको हो र आजपनी देशलाई कांग्रेसलेनै नेतृत्व गरिरहेको छ । तसर्थ बर्दियामापनी जिल्लाको नेतृत्व गर्न सक्ने, स्वार्थ भन्दा पर बस्न सक्ने, महिला-युवालाई मिलाएर समायोजित गरेर अगाडि बढ्न सक्ने नेतृत्वको आवश्यकता छ । 

नेपाली जनताका लागी र नेपालका लागी विश्वमा पहिचान र जनताको हक अधिकार स्थापित गर्न वि.पी.ले नेतृत्व लिनुभएको हो । जबसम्म न्यायपूर्ण आधारमा समाजको पुनर्निर्माण भइसक्दैन, तबसम्म समाजको सर्वाङ्गीण विकास असम्भव छ भन्ने विश्लेषण गर्दै बी.पी.ले आर्थिक समानतामा विशेष जोड दिनुभएको थियो । पाँच प्रतिशत व्यक्तिका हातमा देशको अधिकांश जमिन हुनु तथा ९५ प्रतिशत व्यक्ति भूमिहीन रहनुलाई अन्यायपूर्ण ठान्ने बिपीको धरोहरलाई नलत्याउने नेता हामीले खोजौँ । 


मेरो ब्यक्तिगत सोच, चाहना र बिचार पनि त्यहि हो । नेपाली जनता र देशका लागी नेपाल र नेपालीका कुरा मात्र जस्ले सोच्छ, त्यस्तो सोच भएका नेतृत्व अबको १४ औं महाधिवेशनले ल्याउनुपर्छ । वि.पी. जस्तो सोच भएको अहिले नेपाली कांग्रेसमा आवस्यकता भएको छ । 

नेपाली कांग्रेसको वडादेखि संघसम्म अधिबेशन हुदैछ । यो नै नेपाली कांग्रेसको मुल आधार हो । यसैबाट असल नेतृत्व आउने हो। १४ औं महाधिवेशनबाट यस्तो किसिमको नेतृत्व ल्याउनुपर्छ जस्ले नेपाली जनताका लागी सोचोस, एउटा सुन्दर स्वच्छ समृद्धि भएको देश बनाउनु पर्छ भन्ने सोच भएका यस्ता ब्यक्तिले नेतृत्व पाओस । त्यस्का लागी नेपालीकांग्रेसका कृयाशिल साथीहरुलाई स्वविवेक प्रयोग गर्नुहोस् भन्ने मेरो ब्यक्तिगत सल्लाह र सुझाव छ।
   

बलिराम चौधरी
कांग्रेस नगर सह- सभापति
मधुवन नगरपालिका
नेता 
नेपाली कांग्रेस   

नेपाली कांग्रेसको १४औं महाधिवेशन पर्वको रूपमा लिनुपर्छ । यो महाधिवेशनलाई कुनैपनि गुट र उपगुटको रूपमा नलिए्रर एउटा सक्षम र सबल नेतृत्व जोसुकै हुन सक्छ कुनै पनि ब्यक्ती त्यस्तो किसिमको नेतृत्व चयन गर्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।

भोलिका दिनमा पार्टीलाई संस्थागत गर्न सक्ने र बैचारिक हिसाबले नेतृत्व गर्न सक्ने सबल ब्यक्तित्वलाई कार्यकर्ताले नेतृत्वको रुपमा महाधिवेशनबाट चुन्नुपर्छ ।

विसंगति धेरै छ्न पार्टीभित्र पनि गलत प्रवृतिका कुराहरु छ्न त्यस्लाई सबल नेतृत्वले परास्त गर्दै जानेछ । पार्टीको विधान र नियमावली अनुसार टेकेर गतल प्रवृतिलाई वडादेखि लिएर पार्टीको विभिन्न संरचनाबाट अन्त्य गर्न सक्ने नेतालाई हामीले जिताउनुपर्छ । त्यसो गर्न सक्ने सक्षम नेतृत्वको हामीलाई आवश्यकता छ । 
 

केशव बहादुर के.सी.
केन्द्रीय सदस्य 
नेपाल ट्रेड न्युनियन कांग्रेस 
नेता 
नेपाली कांग्रेस

  
हेर्नुहोस् यहाँँ धेरै विकृतिहरु उब्जिएका छ्न । यि विकृतिहरुलाई परास्त गर्नाका लागी नयाँ नेतृत्वको आवश्यकता छ । विशेषगरी मधुवन नगरपालिका वडा नंवर ३ मा नयाँ नेतृत्व चयनका लागी र युवा र केहि पुराना नेताहरुलाई साथमा लिएर जाने हाम्रो तयारी छ । जुन अहिले चलखेल भएको छ । यो चलखेल यसै महाधिवेशनबाट पुर्णरुपमा सखाप गर्ने गरी कृयाशिल सदस्य तयारी अवस्थामा रहेका छ्न ।

अहिलेसम्म केन्द्रबाट कृयाशिल सदस्यको नामावली प्रकाशित नगरेको अवस्था छ । कार्यकर्ताहरुमा शंका-उपशंका उत्पन्न भैरहेको छ । अधिवेशन हुने नहुनेमा अन्यौलता बढीरहेको अवस्था छ । यस १४ औं महाधिवेशनबाट वडा देखी राम्रा छबि, दुरगामी सोच, पार्टीप्रति ईमान्दार निष्ठावान र जनताको भलो चिताउने नेतृत्व ल्याउनुपर्ने आवश्यकता छ ।

आगामी निर्वाचनलाई समेत दृष्‍टिगत गरी युवा नेतृत्व र पुराना खाँटी कांग्रेसीहरुलाई साथमा लिएर १४ औ अधिवेशन सफल पार्नुपर्छ । पार्टीभित्र रहेका विकृति र विसंगतिलाई यसै १४ औं महाधिवेशनबाट फालेर अगाडि बढ्नुपर्छ । 


प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १२:२६
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्