Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसको १४औँ महाधिवेशन : बर्दियाको चुनावी माहोल तात्यो, वडा अधिवेशन कहिले सुरु होला?  
कांग्रेसको १४औँ महाधिवेशन : बर्दियाको चुनावी माहोल तात्यो, वडा अधिवेशन कहिले सुरु होला?  
हरि गुरुङ
हरि गुरुङ सोमबार, भदौ २१, २०७८

बर्दिया । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि देशैभर गाउँ÷नगर वडा अधिवेशन प्रारम्भ भएको छ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्ला मध्यका धेरै वडामा चुनाव सम्पन्न भैसकेको अवस्था छ ।

कांग्रेसको विधानमा टोल, वडा, गाउँपालिका÷नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमिति गरी आठ तहगत पार्टी संरचनाको व्यवस्था गरिएको छ ।

कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत गाउँ÷नगर वडा अधिवेशन भदौ १८ गते, गाउँ÷नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकेको थियो ।

यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको अवस्था छ ।

साढे पाँच वर्षपछि हुन लागेको कांग्रेसको आसन्न महाधिवेशनलाई पार्टीका नेताकार्यकर्ताले उत्सवका रूपमा लिएका छन् र अधिवेशनका लागि यतिखेर नेताकार्यकर्ताहरु गाउँगाउँमा पुगेर प्रचार अभियानको अन्तिम चरणमा छन् । 

मुलुक सङ्घीय संरचनामा गइसकेपछि पार्टीको तल्लो तहसम्म निर्वाचनमार्फत आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने कांग्रेस पहिलो पार्टी बनेको छ । यसअघि कांग्रेसको १३औँ महाधिवशेन २०७२ साल फागुनमा सम्पन्न भएको थियो । उक्त महाधिवेशनमा नेताहरु शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच मुख्य प्रतिस्पर्धा भई देउवा सभापतिमा निर्वाचित हुनुभएको थियो ।


बर्दिया जिल्लामा अहिले सम्म वडाको चुनाव आरम्भ भएको छैन भने चुनाव कहिले होला भन्ने आम-जनमानसमा कौतुहल्ता कायमै रहेको छ । 

देशै भरी करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ÷नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नै वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने कांग्रेस विधानमा उल्लेख छ । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईगरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।

यस्तै बर्दिया जिल्लामा पनि राजनीतिक माहोल तातेको अवस्था छ । यसै सन्दर्भमा हामीले बर्दिया जिल्लाका नेपाली कांग्रेसका नेताहरुसंग कुराकानी गरेका छौँ ।

सञ्जय गौतम
सभापति  
नेपाली कांग्रेस 
बर्दिया

बर्दिया जिल्लाको वडा अधिवेशन २७ गतेपछि मात्र हुन्छ किन भने बर्दिया जिल्लाको क्रियाशील सदस्यता सूची प्रकाशित अँझै नभएको अवस्था छ । केन्द्रले क्रियाशील सदस्यता नामावली प्रकाशित नगर्दा सम्म चुनाव आरम्भ हुने कुरै भएन । त्यस्मापनी अब केही दिन भित्र महिला दिदी बहिनीहरुको महान पर्व तीज रहेको छ र थारु बाहुल्यता भएको बर्दिया जिल्लामा थारु दाजुभाइ तथा दिदि-बहीनी-आमाहरुको महान पर्व २७ गते आईतवारको दिन "आइतबारी" पर्व पर्न गएको छ तसर्थ चुनाव २७ गतेपछि मात्र हुन्छ होला ।

हामीले नेपाली कांग्रेसको यो अधिवेशनलाई पर्वको रुपमा लिएका छौँ । यो हाम्रो कांग्रेसको आन्तरिक लोकतान्त्रिक अभ्याश हो । यो चुनावमा हामी फुट्ने होइन जुट्ने हो । हामी कांग्रेसीहरु एक ढिक्का हुने हो । म के भन्न चाहन्छु भने यो अधिवेशनलाई हामीले उत्सवको रुपमा मनाउनुपर्छ । सकेसम्म हामी सबै मिलेर जानुपर्छ र यो अधिवेशनलाई सफल बनाउनुपर्छ ।

 

बिद्या प्रसाद खनाल
महासमिति सदस्य
नेपाली कांग्रेस 
बर्दिया        
 


नेपाली कांग्रेसको१४ औ महाधिवेशनका सन्दर्भमा हुन गैरहेको अधिवेशन बर्दिया जिल्लामा २२ गते हुन्छ कि भन्ने अनुमान रहेको छ । नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिबाट कृयाशिल सदस्यको अन्तिम नामावली बर्दिया जिल्लामा हालसम्म आईपुगेको छैन, नामावली न आएको कारणले २२ गते नै वडा अधिवेशन हुन्छ भनेर मैले भन्न नसक्ने अवस्था रहेको छ । केन्द्रले निर्वाचन अधिकृत जिल्लामा खटाएको हुन्छ उहाँ आईसकेपछि नेपाली कांग्रेस जिल्ला कार्यसमिति बर्दियाको बैठक बसी आगामी वडा अधिवेशन कहिले हुने निधो हुन्छ, नेपाली कांग्रेसको १४ औ अधिवेशन एकताको अधिवेशनका रूपमा हामी सम्पन्न गर्न गैरहेका छौ । 

नेपाली कांग्रेसका आम कृयाशिल सदस्यहरुलाई के अह्वान गर्न चाहन्छु भने यो अधिवेशनमा कुनै गुटप्रति आवद्द भएका साथीहरूलाई हैन, नेतृत्व गर्न सक्ने, जनताको घरदैलोमा काँग्रेस निती -बिचार र बिकाश लैजान सक्ने, नेपाली कांग्रेसलाई जनताको मन मनमा लैजान सक्ने त्यस्ता स्थानीय नेताहरुलाई कांग्रेस कार्यकर्ताहरुले वडा सभापति लगायत विभिन्न पदहरुमा त्यसैगरी क्षेत्रीय प्रतिनिधिमा चयन गर्नुपर्छ भन्ने मेरो मान्यता छ । 

सशक्त समिति गठन गर्नुपर्छ त्यहि वडा समिति नै नेपाली कांग्रेसको आत्मा हो । वडा समितिलाई दरिलो र बलियो बनाउनुपर्छ । गुटका आधारमा हामीले हेर्न थाल्यौं भने नेपाली कांग्रेसलाई अगाडि बढ्न गार्हो हुने र चुनौतीहरुलाई पार गर्न अफ्ठ्यारो हुनेछ तसर्थ त्यस्लाई सामना गर्न गुट भन्दा माथि उठ्न जरुरी छ । 

गुट भन्दा माथि उठेर सैद्धान्तिक पार्टी बनाउन जरुरी छ । नेपाली कांग्रेसलाई जबसम्म सैद्धान्तिक पार्टी बनाउन सक्दैनौं जनताको बीचमा लैजान सक्दैनौं तबसम्म नेपाली कांग्रेस जनतासङ्ग जोडिदैन, त्यसैले गरिबहरुको बस्तिमा, सुकुम्बासी, मुक्त कमैया र आम नेपाली जनताको बस्तिमा लिएर जाने एउटा सशक्त माध्यम यो अधिवेशन पनि हो । त्यसैले यसलाई सकारात्मक दिशाबाट लिएर जाउँ सम्पुर्ण कृयाशिल साथीहरुलाई आग्रह गर्न चाहन्छु कि यस्लाई रिसिवीको प्रतिस्पर्धा हैन कि स्वच्छ प्रतिस्पर्धाको आधारबाट सकेसम्म सबै वडाहरुमा निर्बिरोध रूपमा नेतृत्व चयन गरौं । 

सक्षम साथीहरुलाई पार्टीको नेतृत्व दिउँ, अन्य साथीहरूलाई पालो दिउँ, युवाहरूलाई पनि समेटौं, सम्पुर्णलाई समेट्न सकेमा नेपाली कांग्रेस बलियो हुन्छ, दरिलो हुन्छ र प्रतिपक्षीसङ्ग सामना गर्न सक्छ । यहि कुरालाई नेपाल कागज पत्रीका मार्फत म आम नेपाली कांग्रेसका बर्दियाका कृयाशिल सदस्य साथीहरुलाई सन्देश दिन चाहन्छु ।

 


तेज बहादुर भाट 
महासमिति सदस्य
नेपाली कांग्रेस

बर्दिया जिल्लाको कृयाशिल सदस्य नामावली प्रकाशित गरिएको छैन । कृयाशिल सदस्य नामावली केन्द्रले प्रकाशित गरेमा मात्रै २२ गते वडा अधिवेशन हुन्छ होइन भने २४/२५ गतेतिर वडा अधिवेशन हुन्छ जस्तो लाग्छ । यो अधिवेशन मात्रै हैन गाउँदेखि शहरसम्मको सबै आर्थिक, सामाजिक, राजनैतिक परिवर्तनका लागी संगठित हुने मौका हो । समाजको बिकृति, बिसंगती हामीहरुले के कमायौ के गर्यौ भनेर ति समिक्षा गरेर पार्टीलाई अझ मजबुत गराउँदै सर्वाङ्ग अधिकारका निम्ति यो अधिवेशनले सुनिश्चित गर्नेछ भन्ने विश्वास लिएको छु ।

जग्गा प्रसाद पाण्डे
महासमिति सदस्य
नेपाली कांग्रेस 
बर्दिया


वडाको चुनाव १८ गते हुन नसक्नुमा कृयाशिल सदस्य संख्या बढ्नु र प्राबिधिकहरुले काम गर्न नसक्नु हो । १/२ दिन मै सम्पुर्ण कृयाशिल सदस्य नामावली आउने सम्भावना रहेको छ भने २३ भाद्रमा बर्दिया जिल्लामा अधिवेशन हुनसक्छ । सम्पुर्ण कृयाशिल सदस्य मतदाताहरुलाई यस अधिवेशनमा सहभागी हुन अनुरोध गर्दछु । साथै १४ औँ महाधिवेशन एकताको अधिवेशन हो यस्लाई हामीसबै लागेर जुटेर एक भएर सफल पार्नुपर्छ ।

कृष्ण राज योगी (किरण)
अध्यक्ष
राष्ट्रिय लोकतान्त्रिक अपांग संघ 
बर्दिया

बर्दिया जिल्लाका सबै कृयाशिल सदस्य साथीहरुलाई म के भन्न चाहन्छु भने हामी गुट-उपगुट बाट माथी उठ्नु पर्‍यो । यहाँँ बर्दियामा विशेषगरी मधुवन नगरपालिकाको वडा नंवर ३ मा गुट-उपगुट धेरै भए । यहाँँ "म शेर बहादुर देउवा" को आधीकारीक नेता भनेर माइनुट नै गरेर प्यानल सार्वजनिक गरियो । नेपाली कांग्रेसको बिचार धारा र नितिमा आस्था राख्ने हामी कृयाशिलहरु अब गुटमा छिरेर उम्मेद्वारी दिने त ? यो महाधिवेशन एकताको अधिवेशन गराउने कि गुट-उपगुट चलाउने अखडा बनाउने । मेरो भन्नु यत्ती छ । 

जन्मजय तिमिल्सिना
महासमिति सदस्य
नेपाली कांग्रेस 

२२ भाद्रमा बर्दिया जिल्लाको वडा अधिवेशन नहुन सक्छ, अहिलेसम्म निर्वाचन अधिकृत नखटाईएको अवस्था छ । बर्दिया जिल्लामा ७५ वटा वडाहरु रहेका छ्न । भाद्र २२ मा वडा अधिवेशन हुने सम्भावना छैन । २४/२५ गते हुन सक्छ । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो । सैद्धान्तिक बिचार दरिलो भएका कारणले धेरै साथीहरू आबद्ध हुनुभएको छ । म के आग्रह गर्न चाहन्छु भने कांग्रेसभित्र जुन गुट छ त्यस्को अन्त्य हुन जरुरी छ ।

कृयाशिल सदस्यहरुले एउटा यस्तो सन्देश दिनुपर्छ कि अब हामी बीचमा गुट उपगुट छैन, द्वन्द छैन हामी कमजोर भएमा मुलुक कमजोर हुन्छ । हामी कमजोर भएमा जनता कमजोर हुन्छन । हामी कमजोर भएमा देशमा समृद्धि आउदैन । यस्को ज्वलन्त उदाहरण जनताले पाँच बर्ष सरकार चलाउन दिएका थिए । कम्युनिस्ट फुटेर ३ टुक्रा भयो, यि कम्युनिस्ट जहिले पनि कुर्सीको लडाइँ, आफ्नो शक्तिको लडाइँ र व्यक्तिवादी र शक्तिबादी हुन भन्ने प्रमाणित भैसकेको अवस्था छ तर नेपाली कांग्रेसमा व्यक्तिवादी र शक्तिबादी हुने प्रव्रिती छैन केहीले हुने चाहना राख्लान तर जनताको अधिकार मैले कुल्चिनु हुदैन भन्ने खालको एउटा लोकतान्त्रिक बिचार भएकाले कांग्रेस देशलाई डोर्याउने पार्टी हो ।

हाँसो लाग्न सक्छ कि ६१ सिट भएको नेपाली कांग्रेसले सरकारको नेतृत्व गरेको छ । चाहेर नेतृत्व गरेको हैन जननिर्वाचित प्रतिनिधिले अब हामी सरकार चलाउन सक्दैनौं तपाईंले चलाईदिनुस भनेर आएपछी आज कांग्रेसले फेरी देशलाई डोर्याइरहेको छ । लोकतन्त्र, संबिधान र राष्ट्रिय अखण्डता संरक्षणका लागी ६१ सिट भएको कांग्रेसले सबैलाई एकताबद्द गराएर नेत्रित्व गरिरहेको अवस्था छ । तसर्थ कांग्रेस एक ढिक्का भएर राष्ट्रिय महाधिवेशनबाट एकताको सन्देश लिएर अगाडि बढ्न सकेमा नेपाली कांग्रेसले आगामी चुनावमा बहुमत ल्याउन सक्छ । स्थानीय, प्रदेश र संघीय सबै ठाउँमा नेपाली कांग्रेसमा बहुमत आउछ ।

मुलुकमा जनताले सुख पाउछ्न, समृद्धि हुन्छ । यावत कुराहरुले गर्दा नेपाली कांग्रेसका नेता, अगुवा र कृयाशिल सदस्य साथीहरू प्रति एकताको सन्देश जावस भन्ने चाहन्छु । म त्यहि कोशिसमा लागिरहेको छु । म तपाईंको मिडिया मार्फत जानकारी गराउन चाह्न्छु कि बर्दिया जिल्लामा कृयाशिल सदस्य बिबाद चलिरहेको छ । यस्तो खालका बिचारहरु भोलिका दिनहरुमा नदिहोरियोस सबैको अस्तित्व आदिवासी जनजाति, दलित, पिछडिएका वर्ग, मजदुर, सुकुम्बासी, मुक्त कमैया र थारु बहुल्यता भएकाहरुलाई पनि सम्मान गरेर पार्टीमा समाबेश गराएर कांग्रेसले नेतृत्व दिन चाहन्छ भने सन्देश दिन जरुरी छ । हामी मिलेर अगाडि बढ्न सक्यौ भने मात्रै नेपाली कांग्रेसको भविष्य छ। भोलि नेपाली कांग्रेसको बहुमत आयो भने देश समृद्धशाली हुन्छ भन्ने मलाई लाग्द्छ । त्यसैले हामी एक ढिक्का भएर अगाडि बढौँ ।

 


अमृत शर्मा ढकाल
युवा नेता बर्दिया
नेपाली कांग्रेस

२२ गते हुने वडा अधिवेशन हुन्छ कि हुन्न भन्ने कुरामा हामी अन्यौलमा छौ, नेपाली कांग्रेस केन्द्रिय छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । ५६ जिल्लामा कृयाशिल सदस्य नामावली टुङ्ग्याई सक्यो भने २१ जिल्ला बाँकी रहेकोमा, त्यस मध्य बर्दिया जिल्ला पनि एक हो । बर्दिया जिल्लाको कृयाशिल सदस्यहरुको नामावली प्रकाशित भएको छैन । २२ भाद्रमा वडा अधिवेशन हुने अवस्थामा छैन ।

ठुलो र पुरानो पार्टी नेपाली कांग्रेस जस्ले देशमा लोकतान्त्रिक शासन ब्यवस्थाको रेखांकन गर्यो त्यो पार्टी नेपाली कांग्रेसको महाधिवेशन देशभित्र मात्र नभएर लोकतन्त्रप्रती आस्था राख्ने मुलुकहरुले पनि महाधिवेशन हेरिरहेका छन । महाधिवेशनले मुलभुत रूपमा जनताले खोजेको जस्तो समाज छ, त्यो समाजलाई बुझेर अंगिकार गर्न सक्ने नेतृत्व स्थापित गर्न सक्छ कि भनि संसारले हेर्दैछ ।

सम्पुर्ण कृयाशिल सदस्य साथीहरू विशेष गरेर युवा साथीहरूसङ्ग अपिल आग्रह गर्द्छु कि नेपाली जनताले खोजे जस्तै विपी कोइरालाले सोँचे जस्तो नेत्रित्व स्थापित गर्नुपर्छ । कार्यगत रुपमा चुस्त, सैद्धान्तिक रूपमा स्पष्ट खालको निति निर्माण गर्न सक्ने नेतृत्वलाई स्थापित गर्ने गरि यताउता दाँयाबाँया प्रलोभनमा नपरि अधिवेशनलाई उत्सवको रूपमा हामीले लिएर सच्चा नेतृत्व छान्नुपर्छ भन्ने कुरा यस नेपाल कागज मार्फत सम्पुर्ण कृयाशिल सदस्य तथा नेपाली कांग्रेस प्रति आस्थावान सबैमा अनुरोध सहित सन्देश दिन चाहन्छु ।


प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १३:००
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्