Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • सास फेर्न गार्हो हुने, हाइ फिभर, अनियन्त्रित बान्ता र पखाला कोरोना संक्रमितमा देखिएका लक्षण हुन - फिजिसियन डा. रजनी केसी शाह
सास फेर्न गार्हो हुने, हाइ फिभर, अनियन्त्रित बान्ता र पखाला कोरोना संक्रमितमा देखिएका लक्षण हुन - फिजिसियन डा. रजनी केसी शाह
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी मंगलबार, वैशाख २८, २०७८

फिजिसियन डा. रजनी केसी शाह कोरोना महामारीको हटस्पट बनेको नेपालगञ्जस्थित भेरी अस्पतालको आईसीयूमा लामो समय देखी कोरोना संक्रमित बिरामीको उपचारमा संलग्न हुनुहुन्छ । त्यस्तै शाहले युनाइटेड अस्पातल बाँकेलाई कोभिड -१९ अस्पातल बनाएर कोरोना संक्रमितहरुलाई सेवा दिईरहनु भएको छ । बाँकेमा निरन्तर सेवा दिईरहनु भएकी राजनी केसी शाह संग नेपाल कगजले गरेको कुराकानीको संपादित अंश ।

यहाँँहरुले कोरोना संक्रमितलाई आफ्नो रेखदेखमा राखेर उपचार गरिरहनु भएको छ? यहाँँको आफ्नो ब्यक्तिगत अनुभुतीको बारेमा बताइदिनुस् न ?


म भेरी हस्पिटलमा कार्यरत छु, अत्यन्तै दु:खदायी र गम्भिर अवस्था छ । हामी सबै स्वास्थ्यकर्मीहरुले अस्पातलमा आएका बिरामीहरुको अवस्था देखेका छौँ । धेरै बिरामीहरुलाई सन्चो गराएर घर फर्काएका छौँ भने कतिलाई हरसम्भव प्रयास गर्दापनी सकेनौँ । ति कुराहरु मनमा खट्किन्छ ।  

हाम्रो सानो अस्पातल पनी छ युनाइटेड तर यस्लाई अहिले कोभिड अस्पातल बनाएका छौँ । कोरोना संक्रमितको संख्या दिनानुदिन बढीरहेको छ, यस्तो बिकराल समयमा अस्पतालमा बेड नपाएर बिरामीहरु छट्पटिनु नपरोस भनेर हामीले युनाइटेड अस्पातललाई कोभिड अस्पातल बनाएर संचालनमा ल्याएका छौँ । अहिले सम्म हामीले १७ जनाको उपचार गरेर स्वस्थ बनाएर घर फर्कायौँ । त्यस्तै अहिले १५ जनाको उपचार गरिरहेका छौँ ।

अहिले बाँकेको अवस्था अत्यन्तै क्रिटिकल् छ । मैले के पाएँ भने धेरै जसो बिरामीहरु आत्तिएर आउनुहुन्छ भने केहीलाई कोरोनाको लक्षण देखिँदापनी समयमै अस्पातल आउनुहुन्न । उहाँहरु ज्वरो आयो भनेर सिटामल खाएर बस्नुहुन्छ । अनी त्यसपछी खोकी लाग्ने घाँटी खस्खसाउने जस्ता सिम्पटम देखिँदा समेत् घरमै बस्नुहुन्छ । अनी अन्तिममा जब श्वास फेर्न गार्हो हुन्छ तब बल्ल हामी कहाँँ आईपुग्नु भएको हुन्छ र त्यती बेला उहाँहरुको अक्सिजन स्याचुरेसन लेभल घटिसकेको हुन्छ भने पेसेन्टको अवस्था असामान्य भैसकेको हुन्छ ।

त्यस्बेला उहाँहरुलाई ईमर्जेन्सिमा राखेर उपचार गर्नुपर्ने हुन्छ वा भेटिलेटरको आवश्यकता पर्छ । त्यस्तो अवस्था आउन नदिन कोरोनाको सामान्य लक्षण देखिएमा डाँक्टरको सल्लाहमा सुरु देखिनै घरमै बसेर उपचार गर्न सकिन्छ तर डाँक्टरसंग सल्लाह नगरेर सिधै औषधी खाने गरेको मैले देखेको छु । त्यसैले मेरो सुझाब र आग्रह के छ भने आफुमा लक्षण देखिने बित्तिकै पिसिआर चेक गराउनुस् वा छातीको एक्सरेमात्रै भएपनी गरेर डाँक्टरको निगरानीमा होल्डिङ सेन्टर, घर वा अस्पातल जहाँँ भएपनी चिकित्सकको सल्लाहमा निगरानीमा बस्नुस् ।

यस् पटकको कोरोना भाईरसको नयाँँ स्ट्रेनका कारण पहिलेको भन्दा फरक लक्षण संक्रमितमा देखिन थाल्यो भनिन्छ, के कस्ता लक्षणहरु देखिए बिरामीहरुमा ?

यस् पटक बिरामीहरुमा सुरुमा हल्का ज्वोरो आउने, खोकी लाग्ने घाँटी खस्खसाउने, शरीरमा अक्सिजन स्याचुरेसन घटेर सास फेर्न गार्हो हुने, हाइ फिभर हुने, अनकन्ट्रोल्ड भोमिटिङ(अनियन्त्रित बान्ता), अनकन्ट्रोल्ड डाएरिया(अनियन्त्रित पखाला) हुने जस्ता कोरोना संक्रमणपछी बिरामीमा देखिएका लक्षणहरु हुन । मान्छेको मृत्‍यु मात्रै भैरहेको पनी छैन कोरोनालाई जितेरपनी फर्किएका छन ।

मुख्य कुरा के हो भने बाँकेको अवस्था अहिले यस्तो छ हामीले प्रयाप्त मात्रामा बेड संख्या हुँदाहुँदैपनी बिरामीको भर्ना लिना नसक्ने अवस्थामा छौँ । त्यो किन भयो त भने प्रयाप्त मात्रामा अक्सिजनको सप्लाई छैन । स्वास्थ्यकर्मिको अभाव छ । अहिले अचम्मको कुरा त के छ भने बेड र अक्सिजन पाउन मान्छेले सोर्स फोर्स लगाउनुपर्ने अवस्था आएको छ भने सर्वसाधारणको अवस्था कस्तो होला? के सरकारले प्रशासनले ध्यान दिनु पर्ने होइन? जनताहरु छट्पट्याइरहेका छन तर सामान्य पाउनुपर्ने ऊपचार पनी बिरामीले नपाउने अवस्था आएको छ किनभने औषधी देखी अक्सिजनसम्म सर्वसुलभ रुपले पाउनसक्ने अवस्था छैन । यि सबै आवश्यक वस्तु बिरामीले पाए भने जनताले कोरोनालाई जित्न सक्छन । 

संक्रमणबाट बच्न घरमा बस्नुभएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई के सुझाव दिनुहुन्छ ? 

सबै भन्दा मुख्य कुरा अहिले केही समय बाहिर ननीस्कौँ, पोषिलो खाना खाऔँ, मास्कको प्रयोग गरौँ । साबुनपानी स्यानिटाइजरको प्रयोग गरौँ । सामाजिक दुरी कायम गरौँ । यती कुराहरुको हामीले पालना गर्नैपर्छ । नआत्तिनुस् यो समयलाई तँपाइहामी मिलेर परास्त गर्नुछ त्यसैले हामी सबैले कोरोना हुनबाट जोगिन सामाजिक दुरी कायम गरौँ ।


प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १३:३५
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका बिहीबार, फागुन १७, २०८०
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ शनिबार, फागुन १२, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता शनिबार, कात्तिक २५, २०८०
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल शुक्रबार, कात्तिक २४, २०८०
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता'
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता' शुक्रबार, कात्तिक १७, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्