Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  •  भक्तपुर अस्पतालको बेथिति सुधार्ने प्रयासः निजी क्लिनिक बाधक
 भक्तपुर अस्पतालको बेथिति सुधार्ने प्रयासः निजी क्लिनिक बाधक
नेपालकागज
नेपालकागज बिहीबार, भदौ १७, २०७८

भक्तपुर । बिरामी सिफारिस केन्द्रका रूपमा परिचित भक्तपुर अस्पताललाई  सुधार गर्दै सबै सेवा सञ्चालन गरिएकामा केही निजी क्लिनिक सञ्चालक तथा अस्पतालका बिचौलियाले मेडिकल सुपरिटेण्डन्ट डा सुमित्रा गौतम, अन्य चिकित्सक र कर्मचारीलाई सरुवा  धम्की दिन थालेको पाइएको छ ।

बिरामीको उपचार, ल्याब परीक्षण र औषधि खरिद गर्न निजी अस्पताल, क्लिनिक तथा औषधि पसलमा पठाइने गरेकामा केही चिकित्सक एवं कर्मचारीलाई कारबाही गरिएकाले बिचौलियासहित  गिरोहले उनीहरूलाई नै  सरुवा गर्न शक्तिकेन्द्र धाउन थालेका हुन् ।

मेसु डा गौतमले  भन्नुभयो, “म आएदेखि यहाँको बेथिति सुधार्न लागेको लाग्यै छु, यस्तो कोभिडको जोखिममा आफैँ बिरामी हुँदासमेत यहाँका चिकित्सक र कर्मचारी अहोरात्र खटिएका छन्, यति हुँदाहुँदै पनि केही चिकित्सक र कर्मचारीले आउने बिरामीलाई सिधै बाहिर पठाउने गरेको पुष्टि भएकाले कारबाही गरिएको हो ।”

प्याम्परदेखि कोभिडका बिरामीसमेतलाई बाहिर पठाइएको रेकर्ड आएकाले त्यस्ता चिकित्सकलाई सरुवा गरिएकोे, केहीलाई स्पष्टीकरण सोधेर सचेत गराइएको उहाँले जानकारी दिनुभयो । अस्पतालमै हुने उपचारसमेत यहाँ हुँदैन भन्दै निजी अस्पताल तथा क्लिनिकमा पठाउने गरेको, आफ्नै अस्पतालमा भएका सबै ल्याब परीक्षण यहाँ हँुदैन भनेर बाहिरका प्याथोलोजीमा पठाउने गरेको र अस्पतालको आफ्नै फार्मेसीमा १० प्रतिशत छुटमा पाइने औषधिसमेत  बाहिर किन्न पठाउने गरेको प्रमाणित भएपछि कारबाही गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

मेसु डा गौतमले भन्नुभयो, “अस्पतालको फार्मेसीमा औषधिमा १० प्रतिशत र शल्यक्रियाका सामानमा ३० देखि ३५ प्रतिशतसम्म छुट दिने गरिएकोे छ । कुनै पनि ल्याब परीक्षणका लागि बाहिर जानै पर्दैन, अस्पतालमै छ, यहाँ नभए सँगैको मानव अङ्ग र भक्तपुर क्यान्सर अस्पतालको ल्याबमा पठाउने व्यवस्था गरेका छौँ, यति हुँदाहुँदै पनि बिरामीलाई कमिशनका लागि बाहिर पठाउने काम भित्रैबाट भएको पाइएपछि कारबाही गरेका हौँ, यसले इमान्दार चिकित्सक र कर्मचारीको  मनोबल बढाएको छ ।”

अस्पतालकै एक कर्मचारीलाई चिकित्सकले यही ल्याब सेवा हुँदाहँुदै परीक्षणका लागि सान प्याथालोजीमा पठाएको र अस्पतालको भन्दा तीन गुणा महङ्गो शुल्क लिएकाले प्रतिवाद गर्दा त्यहाँका सञ्चालकले चिकित्सकलाई नै कमिशन दिनुपर्ने बताएपछि यो रहस्य बाहिर आएको ती कर्मचारीले बताए । उपचारका लागि आएका कोभिडका बिरामीलाई समेत बिचौलियाले छाडेनन् । 
उपचाररत्  बिरामीका आफन्त सन्तोष श्रेष्ठले भन्नुभयो, “बुबा कोभिड भएर ल्याउनेबित्तिकै भर्ना नगरी बिभिन्न परीक्षण गर्न अस्पताल अगाडिको प्याथालोजीमा पठाए, त्यहाँ महङ्गो रहेछ, अर्को दिन अस्पतालमै भर्ना भएपछि पो अर्का चिकित्सकले सबै यही परीक्षण हुन्छ भनेपछि हामी छक्क प¥यौँ ।”

बेथिति हटाउँदै सेवामा सुधार आएपछि अस्पताल सुदृढीकरण मूल्याङ्कनमा ३८ बाट बढेर यस वर्ष ८२ मा पुग्नाका साथै वाग्मती प्रदेशकै उत्कृष्ट अस्पताल बनेर पुरस्कार पाएको अस्पताललाई अब फेरि बदनाम हुनबाट जोगाउन र व्यवस्थितरूपले सेवा दिन अस्पताल अहोरात्र लागेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले जानकारी दिनुभयो ।

अस्पतालको फोर्मेसीमा कार्यरत एक कर्मचारीले आफ्नै अगाडि बाहिरका औषधि पसलमा पठाएपछि त्यसो नगर्न भन्दा गाली खानुपरेको सुनाउनुभयो । ती कर्मचारीले भन्नुभयो, “अस्पतालको फार्मेसीमा रू ५० मा पाइने थर्र्मामिटर बाहिर रू २५० सम्म पर्छ, यहाँ रू ३०को युरिन व्याग बाहिर रू १०० लिन्छन्, टाँका लगाउने सूचर रू ३५० देखि ४५० सम्म पर्नेमा  बाहिर रू एक हजार १०० सम्म लिने गरेका छन्, यति सम्मकी रू एक हजार १०० पर्ने  शव परीक्षणका लागि आवश्यक सामानको प्याक बाहिर रू दुई हजार ७०० देखि तीन हजार ७०० सम्म लिने गरेका छन्, हामीले यहीँ पाइन्छ, बाहिर नपठाउनुस् भन्दा हामीलाई नै थर्काउथे ।”

विगतमा कमिशन बढी आउने र नचल्ने औषधिको बोलपत्र बढी गरेर औषधि नै खेर फाल्ने, औषधि सप्लायर्सले ल्याएको भन्दा बढी बिल बनाएर भुक्तानी लाने गरेकोजस्ता बेथितिलाई अस्पतालले तोडेको छ । औषधि बोलपत्रमा न्यूनतम मूल्य निर्धारण गर्दै त्यहीँ मूल्यमा वर्षदिनसम्म  औषधि ल्याउनुपर्ने गरी कडाइ गरिएकाले सप्लायर्सहरूले  मेसु डा गौतम आएको छ महिनामै सरुवा गर्न खोजेकामा नसकेको व्यवस्थान समितिको भनाइ छ ।

औषधि सप्लायर्स, केही निजी अस्पतालका सञ्चालक, अस्पताल बाहिरका केही औषधि व्यवसायी र ल्याब सञ्चालकले उहाँको सरुवा गर्न धम्की दिँदै शक्तिकेन्द्र धाउन थालेका हुन् । सरुवा गराउने अभियानमा लागेका टोली भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालदेखि प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराइसम्मलाई गुनासो गर्न पुगेका थिए । 

जिसस प्रमुख गेलालले भन्नुभयो, “अस्पतालले बिरामीलाई सबै सेवा भित्रबाटै दिन थालेको र बिरामी बाहिर पठाउने चिकित्सकलाई समेत कारबाही गरिएकाले  हाम्रो व्यवसायमा समस्या प¥यो भन्दै केही व्यक्ति मेसु डा गौतमको सरुवा गर्न आएका थिए तर मैले अस्पताल अहिले एकदम राम्रो भएको छ, यस्ता गलत कुरा लिएर नआउनुस् भनेर पठाइदिए”।

मेसु डा गौतमले औषधि सप्लायर्सदेखि केही व्यक्तिले फोनबाट केन्द्रदेखि प्रदेश सरकारसम्म पुगेर अब सरुवा गराइछाड्छौँ भनेर धम्की दिएको बताउनुभयो ।
 


प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  १५:४८
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका बिहीबार, फागुन १७, २०८०
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ शनिबार, फागुन १२, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता शनिबार, कात्तिक २५, २०८०
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल शुक्रबार, कात्तिक २४, २०८०
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता'
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता' शुक्रबार, कात्तिक १७, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्