Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • चुनावी सरगर्मी बढ्यो : नेपाली कांग्रेसभित्रको माहोल निर्वाचनमय
चुनावी सरगर्मी बढ्यो : नेपाली कांग्रेसभित्रको माहोल निर्वाचनमय
नेपालकागज
नेपालकागज बुधबार, भदौ १६, २०७८

तस्विर : नेपाली काँग्रेस म्याग्दीले आगामी भदौ १८ गते घोषित वडा अधिवेशनको तयारीका लागि बेनीमा आयोजना गरेको बैठक । जिल्लाका ४५ वटा वडामा निर्वाचनको लागि काँग्रेसले निर्वाचन अधिकृत खटाएको छ ।  

बेनी । नेपाली कांग्रेसमा चुनावी सरगर्मी बढेको छ । पार्टीको १४औँ महाधिवेशनको तिथि नजिकिँदै गएको वडा तहबाट अधिवेशनको सुरुवात हुन लागेपछि यतिबेला नेपाली कांग्रेसभित्रको माहोल निर्वाचनमय बनेको छ । 

कांग्रेसको केन्द्रीय निर्वाचन कार्यतालिका अनुसार यही भदौं १८ गते वडा तहको अधिवेशन हुँदैछ । एक सङ्घीय र दुई प्रदेश निर्वाचन क्षेत्र, ६ स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा नयाँ नेतृत्व पाउने भएकाले यतिबेला म्याग्दी कांग्रेसका नेता तथा कार्यकर्ता उत्साही देखिएका छन् । 

पूर्वनिर्धारित कार्यतालिका अनुसार देशभरका सबै वडामा यही भदौ १८ मा कांग्रेसको नेतृत्व चुनिनेछन् । वडामा चुनिने नेतृत्वसँगै पालिका, प्रदेश र जिल्ला अधिवेशनमा भाग लिन पाउने प्रतिनिधिसमेत छनोट हुने भएकाले जिल्लाको नेतृत्वदायी पदमा आकांक्षी देखिएका नेतासमेत आन्तरिक बैठक, छलफल र भेलामा जुटेका छन् ।

 पार्टी केन्द्रले म्याग्दीमा तोकिएका जिल्ला मुख्य निर्वाचन अधिकृत नीरञ्जनराज भण्डारी निर्वाचन सामग्रीसहित जिल्लामा आएर आवश्यक तयारी सुरु गरिसक्नुभएको छ । म्याग्दी कांग्रेसले वडा अधिवेशनको निर्वाचनका लागि नेपाल शिक्षक सङ्घमा आवद्ध शिक्षकलाई परिचालन गर्ने निर्णय गरेको र सोही बमोजिम वडावडामा तयारी सुरु भइसकेको जिल्ला उपसभापति माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

 ‘‘पार्टीको तर्फबाट सम्बन्धित तहका नेता, कार्यकर्तालाई जानकारी गराउने काम भइसकेको छ, पार्टी केन्द्रबाट क्रियाशील सदस्यता टुङुगिएर आइसकेको छ, मुख्य निर्वाचन अधिकृतले वडामा परिचालन हुने शिक्षकलाई आवश्यक प्रशिक्षण र सहजीकरण गरेपछि आवश्यक सामग्रीसहित सबै वडामा निर्वाचन टोली परिचालन हुन्छन्’’– उहाँले भन्नुभयो ।

जिल्ला बाहिर रहेका पार्टीका नेतासमेत वडा अधिवेशनका लागि गाउँ फर्किएपछि चलहपहलसमेत बढेको छ । वडा तहमा निर्वाचन अधिकृतको टुङ्गो लगाइसकिएको र उहाँहरुलाई पार्टीको जिल्ला नेतृत्व र निर्वाचन अधिकृतमार्फत आवश्यक निर्देशनसहित निर्वाचन सामाग्रीसहित परिचालनको तयारी भएको पार्टीका जिल्ला सहसचिव भरतबहादुर रकालले जानकारी दिनुभयो ।

 म्याग्दीमा वडा अधिवेशनमा कूल दुई हजार ८३९ जनाले भाग लिन पाउने छन् । पार्टी केन्द्रले सार्वजनिक गरेको क्रियाशील सदस्यको विवरण अनुसार, म्याग्दी कांग्रेसमा पुराना नवीकरण भएका एक हजार ८४ र नयाँ थप भएका एक हजार ७५५ जना क्रियाशील सदस्यले मात्रै वडामा उम्मेदवार र नेतृत्व चयनमा मतदानको अधिकार पाउने जिल्ला पार्टी प्रवक्ता अजयमिलन श्रेष्ठले बताउनुभयो ।

कांग्रेसले सार्वजनिक गरेको क्रियाशील सदस्यता विवरणअुनसार, बेनी नगरपालिकामा एक हजार ५४, रघुगङ्गा गाउँपालिकामा ४२१, अन्नपूर्ण गाउँपालिकामा ३५८,  मङ्गला गाउँपालिकामा ४५९, मालिका गाउँपालिकामा २७७ र धवलागिरि गाउँपालिकामा २७९ जना क्रियाशील सदस्य रहेका छन् । 

हरेक वडामा हुने अधिवेशनका लागि सहमतिमा सर्वसम्मत् नेतृत्व चयनको लागि प्रयास हुने र सहमति नभएमा चुनावबाट चुन्ने गरी निर्वाचन समितिले तयारी गरेको छ । कांग्रेसमा नयाँ संरचनामा पहिलो पटक हुन लागेको महाधिवेशनमा वडा, प्रदेश निर्वाचन क्षेत्र र जिल्ला समितिमासमेत अधिकांश पद प्रत्यक्ष निर्वाचनबाट चुनिने व्यवस्था गरिएको छ । तीनै तहमा सभापति एक, उपसभापति, सचिव र सहसचिब दुई–दुईजना प्रत्यक्ष निर्वाचित हुने र निर्वाचित सदस्यमध्येबाट कोषाध्यक्ष मनोनित गर्ने गरी पदाधिकारीको छनोट गर्ने नयाँ प्रावधान राखिएको छ । 

वडा अधिवेशनले वडाका ८ पदाधिकारी र सदस्यसमेत गरी २३ जनाको कार्यसमिति चयन गर्नेछ । यसमा वडा सभापतिले २० प्रतिशतसम्म सदस्य मनोनित गर्न पाउने व्यवस्था छ । त्यसैगरी वडाबाट पालिका, प्रदेश निर्वाचन र जिल्ला अधिवेशन प्रतिनिधिको रुपमा १५ र सभापतिसमेत गरी १६ जनालाई प्रतिनिधिको रुपमा छनोट हुनेछन् । 

वडाबाट छनोट भएका निर्वाचन प्रतिनिधिले पालिका र प्रदेश निर्वाचन क्षेत्र हुँदै जिल्ला अधिवेशनमा भाग लिने प्रवक्ता श्रेष्ठले बताउनुभयो । पालिका, प्रदेश निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनका लागि वडाबाट चुनिने प्रतिनिधि नै निर्णायक हुने भएकाले यतिबेला वडास्तरमा व्यापक बहस र छलफलले व्यापकता पाएको छ । 

आगामी नेतृत्वका लागि जिल्लामा स्पष्ट दुई धारमा प्रतिस्पर्धा हुने सङ्केत देखिएपछि दुबै पक्षले आफ्नो पक्षका नेता कार्यकर्तालाई प्रतिनिधिमा जिताएर ल्याउन आन्तरिक कसरत सुरु गरेका छन् । यस अघिको तत्कालीन गाविसमा समिति र प्रतिनिधि चयनमा घतान, घार, राम्चे, भकिम्लीलगायतका ठाउँमा केही पदमा निर्वाचन भए पनि अधिकांश गाउँस्तरीय समितिमा सर्वसम्मत रुपमा नेतृत्व र जिल्ला प्रतिनिधि चुनिने गरेका छन् ।

 यस पटक जिल्लामा कांग्रेसको बढ्दो शक्तिका कारण वडा तहमा निर्वाचन हुनसक्ने कांग्रेसजनको आँकलन छ । कांग्रेसले गाउँ÷नगरको भदौ २८ गते, प्रदेश निर्वाचन क्षेत्रमा असोज १ गते र एक निर्वाचन क्षेत्र रहेका जिल्लाको असोज ५ गते अधिवेशनको कार्यतालिका बनाएको छ । 

कांग्रेसको जिल्ला नेतृत्वमा आधा दर्जनको दाबेदारी छ । वर्तमान सभापति खमबहादुर गर्वुजा( खमवीर), निवर्तमान सभापति एवं संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, उपसभापति माधवप्रसाद रेग्मी, सचिव मीनबहादुर कार्की, पूर्व सहसभापति नेत्रबहादुर महत, महाधिवेशन प्रतिनिधि चीरञ्जवी शर्माले सभापतिमा दाबी गर्नुभएको छ । 

यद्यपि अधिवेशनको मिति नजिकिएसँगै सभापतिका आकांक्षबीचमै पनि छलफल सुरु भएकाले अन्तिममा सहमति नभएमा वर्तमान सभापति गर्बुजा र निवर्तमान सभापति बानियाँको बीचमा मात्रै चुनाब हुनसक्ने आँकलन कांग्रेस नेता तथा कार्यक्रतामा छ । जिल्ला अधिवेशनले जिल्लाको नेतृत्वसँगै केन्द्रिय महाधिवेशनको लागि २५ जना महाधिवेशन प्रतिनिधिसमेत चयन गर्नेछ । (तस्वीर उपलब्ध छ)


प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  १४:०८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्