Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • गर्भपतनलाई अस्थायी साधन मान्न थालिएपछि स्वास्थयकर्मी चिन्तित
गर्भपतनलाई अस्थायी साधन मान्न थालिएपछि स्वास्थयकर्मी चिन्तित
नेपालकागज
नेपालकागज मंगलबार, भदौ १५, २०७८

डोटी । जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । सुरक्षित गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकास हुन थालेको भन्दै यहाँका स्वास्थ्यकर्मी चिन्तित बनेका छन् । असावधानीका कारण गर्भपतन गर्नेको सङ्ख्या बढेको भन्दै स्वास्थ्यकर्मी चिन्तित बन्ने गरेका हुन् ।

अन्तर्राष्ट्रिय दातृ निकाय आइपासको आर्थिक सहयोग तथा जिल्लामा कार्यरत संस्था सामुदायिक विकास मञ्चद्वारा यहाँका २२ वटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सञ्चालन गरिएपछि सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दै गएको हो ।

नचाहेको अवस्थामा गर्भ रहे वा अन्य कारण रहेको गर्भलाई पतन गर्न पाउने सरकारले कानूनी मान्यता दिएपछि दातृ निकायको सहयोगमा जिल्लामा निजी क्षेत्रको गैरसरकारी संस्था सामुदायिक विकास मञ्चले सुरक्षित गर्भपतन सेवाका लागि आवश्यक सहयोग गर्दै आएको छ ।

सिलसिलामा उक्त संस्थाले जिल्लाको सायल गाउँपालिका तथा केआइसिंह गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवाका लागि प्रत्यक्ष रूपमा सहयोग गरिरहेको उक्त कार्यक्रमका फोकल पर्सन शिद्धराज जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले प्रत्यक्ष रूपमा दुई पालिकाका स्वास्थ्य संस्थामा काम गर्दै छौँ, अन्य पालिकाका स्वास्थ्य संस्थामा पनि हाम्रो सहयोग रहँदै आएको छ ।” कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण पुरुष घरैमा हुने र नचाहँदा नचाहँदै पनि गर्भ रहने गरेका कारण सुरक्षित गर्भपतन सेवा लिन बाध्य हुने गरेको सेवाग्राही महिलाले बताउने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

गर्भ निरोधक साधनको प्रयोग गर्ने बानीको विकास नभएका कारण जिल्लामा पछिल्लो समय गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्ने गरेको पाइएको शैलेश्वरी अस्पताल दिपायलका निर्देशक तथा स्वास्थ्यकर्मी आइजङ्ग कुँवरले बताउनुभयो । यहाँको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिकाको इलाका स्वास्थ्य कार्यालय दौडमा मात्रै साउनसम्म ८० जना महिलाले सुरक्षित गर्भपतन सेवा लिनुभएको सो कार्यालयका प्रमुख शिवराज जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुरक्षित गर्भपतन सेवा लिनु राम्रो हो तर गर्भपतनले महिलाको स्वास्थ्यमा पछि गएर समस्या देखिने भएकाले त्यसैको भर पर्नुभन्दा गर्भ निरोधक सामग्री प्रयोग गर्नु बढी उत्तम हुन्छ ।” यसैगरी केआइसिंह गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा एक वर्षको अवधिमा कम्तीमा पनि २०० जनाले गर्भपतन गराएको इलाका स्वास्थ्य कार्यालय वायलले जनाएको छ ।

 जिल्लामा गर्भपतन गराउनेको सङ्ख्या दिनप्रति दिन बढेको प्रति यहाँका स्वास्थ्यकर्मी नै चिन्तित बनेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा रहेका सबै स्वास्थ्य संस्थामा एक वर्षको अवधि कम्तीमा पनि दुई हजार २०० भन्दा बढी महिलाले गर्भपतन गराएका छन् ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा एक हजार ३१ महिलाले सुरक्षित गर्भपतन गराएका थिए । गर्भपतन सेवा कुनै घटना वा आकस्मिक अवस्थामा गराउने विषय भए पनि पछिल्लो समयमा जिल्लामा गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकसित हुन थालेको जिल्ला स्वास्थ्य कार्यालयका तेजबहादुर शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “समस्या परेका महिलालाई सुरक्षित गर्भपतन सेवा राम्रो हो तर यो सेवा जिल्लामा अस्थायी साधनका रूपमा विकसित हुन थालेको छ, जसले गर्दापछि गएर महिलामा समस्या उत्पन्न हुने निश्चित छ ।” जिल्ला अस्पतालदेखि यहाँका गाउँघरका पोलिक्लिनिकसम्म गएर भए पनि महिला तथा किशोरीले गर्भपतन गराउन थालेका कारण स्वास्थ्यकर्मीमा चिन्ता थपिएको उहाँको भनाइ छ ।

चालू आवमा २० वर्षमुनीका २८ महिलाले सुरक्षित गर्भपतन गराएका छन् भने २० वर्षमाथिका ९७२ महिलाले गराएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसैगरी यहाँका निजी अस्पताल तथा पोलिक्लिनिकमा गरिएका गर्भपतन गरेको रेकर्ड भने राखिएको छैन ।

सुरक्षित गर्भपतन सेवा दिने कानूनी मान्यता नपाएका यहाँका निजी अस्पताल तथा पोलिल्किनिकको रेकर्ड हेर्ने हो भने जिल्लामा गर्भपतन गर्नेको सङ्ख्या निकै धेरै देखिने जिल्ला स्वास्थ्यको अनुमान छ । गर्भपतन गर्दा हुने असरको जानकारी पाउँदापाउँदै पनि यहाँका महिला तथा किशोरीले गर्भपतन गराउने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

गर्भपतन गर्नेकोे सङ्ख्या अधिक हुनुमा अस्थायी साधन प्रयोग गर्ने बानीको विकास नहुनु, अशिक्षा, अवैध यौन सम्पर्क र महिलालाई दबाब दिएर गर्भपतन गराउने बानीका कारण बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी अमर भाटले जानकारी दिनुभयो ।

असुरक्षित रूपमा गर्भ रहेको खण्डमा निजी मेडिकलबाट समेत औषधि किन्ने तथा औषधि खाएर गर्भपतन गर्ने र औषधिको असरले उच्च रक्तस्राव हुँदैपछि गएर जटिल समस्या लिएर महिला तथा किशोरी अस्पतालमा उपचारका लागि आउने गरेको उहाँको भनाइ छ ।

सूचीकृत स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट मात्रै गर्भपतन सेवा लिन सकिने नेपाल सरकारले प्रावधान तयार गरे पनि जिल्लामा आफू अनुकूल तथा पायक पर्ने ठाउँबाट नै गर्भपतन गराउने बढेकाले झनै समस्या देखिएको छ ।

असुरक्षित तरिकाले गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि हुनु आमाको स्वास्थ्यका हिसाबले चुनौतीपूर्ण कुरा भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार परिवार नियोजनका थुप्रै साधन हुँदाहुँदै पनि गर्भवती हुनुले परिवार नियोजनका साधन प्रयोगमा कमी आएको र यही कारणले आमाहरूमा समस्या हुने देखिन्छ ।

सम्बन्धित महिलाको मञ्जुरीबिना वा अन्य कुनै कारणबाट गर्भ रहन गएमा १२ हप्तासम्मको गर्भ स्वेच्छिक गर्भपतन गराउन सक्ने अधिकार कानूनमा उल्लेख गरिएको छ ।


प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  ०९:२९
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका बिहीबार, फागुन १७, २०८०
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ शनिबार, फागुन १२, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता शनिबार, कात्तिक २५, २०८०
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल शुक्रबार, कात्तिक २४, २०८०
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता'
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता' शुक्रबार, कात्तिक १७, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्