Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • मन्त्रालयले चिकित्सक नपठाउँदा धौलागिरी अस्पतालको आइसियु सेवा बन्द हुने अवस्थामा...
मन्त्रालयले चिकित्सक नपठाउँदा धौलागिरी अस्पतालको आइसियु सेवा बन्द हुने अवस्थामा...
नेपालकागज
नेपालकागज मंगलबार, भदौ ८, २०७८

बागलुङ । बागलुङस्थित धौलागिरी अस्पतालमा जनशक्तिको चरम अभाव भएपछि सघन उपचार (आइसियु) सेवा प्रभावित भएको छ । 

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले तीन महिना अघि पाँच जना मेडिकल अधिकृतको सरुवा गरेकोे र त्यस पदमा अर्को चिकित्सक नपठाउँदा आइसियु सेवा बन्द गर्ने अवस्थामा पुगेको अस्पताल जनाएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि झन्डै एक वर्षअघि सो अस्पतालमा तीन आइसियु र दुई भेन्टिलेटरसहितको शय्या सञ्चालन गरेपनि चिकित्सक अभावमा सो सेवा प्रवाहमा समस्या भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो । 

“सघन उपचार सेवा सञ्चालनका लागि आवश्यक चिकित्सकको अभाव रहेको छ”, उहाँले भन्नुभयो, “कोरोना महामारीमा २०० भन्दा बढी कोरोना भाइरस सङ्क्रमितका गम्भीर प्रकारका बिरामीकोे आइसियु र भेन्टिलेटरमा उपचार गरिएको थियो ।” सामाजिक विकास मन्त्रालयले तत्कालै अन्य डाक्टर पठाउने शर्तमा डा प्रनिता राजभण्डारी, सुप्रिया पौडेल, आकाश चित्रकारलगायत पाँच डाक्टरको एकैसाथ सरुवा गरेको थियो । डाक्टरको सरुवापश्चात् अन्य मेडिकल अधिकृतलाई आइसियुको जिम्मेवारी दिएर सञ्चालनमा ल्याए पनि हालसम्म डाक्टर थप हुनुको सट्टा घट्दै जान थालेपछि सो सेवा बन्द हुने अवस्थामा पुगेको मेसु पोखरेलको भनाइ छ । 

“करारका मेडिकल अधिकृतको करार अवधी सकिएपछि जानु भो, केहीको मन्त्रालयले सरुवा ग¥यो, आइसियु सञ्चालनका लागि मेडिकल अधिकृत आवश्यक भएपनि अहिले न्यून मेडिकल अधिकृतले काम चलाइएको छ, म डाक्टर ल्याउन पहल स्वरुप काठमाण्डौं र पोखरा धाइरहेको छु, सुनुवाई कतैबाट भएको छैन, तत्कालै चार पाँच जना मेडिकल अधिकृत ल्याउन नसके आइसियू सेवा बन्द गर्नुपर्ने अवस्था आउनेछ”, उहाँले भन्नुभयो । 

कोरोना महामारीमा अस्पतालको स्तरोन्नति सँगै गुणस्तरीय सेवा दिन थालिएको भए पनि पछिल्लो समय चिकित्सकको अभाव हुन थालेको छ । कोरोना महामारीका बीच सीमित स्रोत र साधनका बाबजुद पनि उत्कृष्ट व्यवस्थापन गर्दै आएको अस्पतालमा दरबन्दीअनुसारको चिकित्सक छैनन् भने करारका मेडिकल अधिकृतको समेत करार अवधि सकिँदा समस्यामा परेको र यसको प्रत्यक्ष असर आइसियु कक्षलाई परेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले बताउनुभयो । 

कोरोना महामारीकै अवधिमा थुप्रै पूर्वाधार, उपकरण जुटाएको अस्पताल पुनः चिकित्सक अभावको मारमा परेको छ । सम्भावित तेस्रो लहरको खतरा बढिरहेको बेला आइसियु र भेन्टिलेटर सञ्चालनका लागि आवश्यक मेडिकल अधिकृतको अभाव हुनु दुर्भाग्य भएको सेवाग्राही बताउँछन् । सोह्र जना स्थायी विशेषज्ञको दरबन्दी रहेको अस्पतालमा हाल एक जना मात्रै विशेषज्ञ डाक्टर कार्यरत छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विक पोखरेलबाहेक अन्य कुनै पनि विशेषज्ञ डाक्टर नरहेको अस्पतालले जनाएको छ । अस्पतालमा अहिले १० जना विशेषज्ञ डाक्टर करारमा कार्यरत भए पनि छ जना स्थायी दरबन्दी रहेको मेडिकल अधिकृतमध्ये अहिले एक जना मात्रै अस्पतालमा कार्यरत छन् । करारका १५ जना मेडिकल अधिकृत कार्यरत रहेको अस्पतालमा अहिले जम्मा पाँच जना मात्रै मेडिकल अधिकृत कार्यरत रहँदा अस्पतालको सेवा प्रभावित बनेको छ ।  

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारीले तत्काल डाक्टर पठाउने अस्पताल निरीक्षणका क्रममा जनाए पनि हालसम्म डाक्टर नआउँदा कोरोना सङ्क्रमितको उपचारका लागि अत्यावश्यक आइसियु सेवा बन्द हुने अवस्थामा पुगेको हो । आइसियु कक्षका लागि स्टाफ नर्स पर्याप्त भए पनि मेडिकल अधिकृत नुहँदा आइसियु चलाउन सक्ने अवस्था नरहेको अस्पतालले जनाएको छ । 

कोरोनाका जटिल बिरामीलाई आइसियु तथा भेन्टिलेटर आवश्यक पर्ने भएपछि सङ्घीय सरकार र गण्डकी प्रदेश सरकारले झण्डै रु डेढ करोडको लगानीमा आइसियु सेवा विस्तार गरेको थियो । 


प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १८:००
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका बिहीबार, फागुन १७, २०८०
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ शनिबार, फागुन १२, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता शनिबार, कात्तिक २५, २०८०
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल शुक्रबार, कात्तिक २४, २०८०
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता'
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता' शुक्रबार, कात्तिक १७, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्